सशस्त्रका डीएसपी हमालमाथि छानबिन

  • वैशाख १५, २०८३ | १५७ पटक पढिएको | सीमा संदेश
alt

सिरहाको बरियारपट्टीमा स्थानीयवासीहरुलाई सशस्त्र प्रहरी बल माडर सिरहाका डीएसपी विजय हमालले दुव्र्यवहार गरेको आरोपमा उनीमाथि छानबिन हुने भएको छ ।

हुलाकी राजमार्गअन्तर्गत पर्ने बरियारपट्टी सीमा क्षेत्रमा आइतबार सशस्त्र प्रहरीले अवैध डिजेल नियन्त्रणमा लिने क्रममा स्थानीयवासीहरुमाथि हातपात गरेको भन्दै डीएसपी हमालको कार्यशैलीको प्रतिवाद गरेका थिए । सोही क्रममा भारतीय नम्बर प्लेटको मोटरसाइकलमा सवार डीएसपी हमालले स्थानीयवासीहरुप्रति अभद्र व्यवहार गर्दै गालीगलौज गरेको आरोप लगाइएको छ ।

उक्त घटनाको भिडियो सामाजिक सञ्जाल अन्तर्गतको फेसबुकमा सार्वजनिक भएपछि विषय थप चर्चामा आएको छ । उक्त भिडियो भाइरल भएसंगै उनलाई आवश्यक छानबिनका लागि सशस्त्र प्रहरी बल मधेश प्रदेश बाहिनी–२ महोत्तरी तानिएको जनाइएको छ । सशस्त्र प्रहरी प्रवक्ता डीआईजी विष्णुप्रसाद भट्टले जनाए अनुसार घटनाबारे प्रारम्भिक छानबिन प्रक्रिया अघि बढाइएको छ ।

सो घटनासम्बन्धी थप अनुसन्धान भइरहेको रहेको र आवश्यक कारबाहीका लागि छानबिनसमेत थालिएको सशस्त्र प्रहरीले जनाएको छ ।

ब्यारेजदेखि इटहरीसम्म कफ्र्यु

सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा दुई ...

बुवा र छोराको मिलेमतोमा अनियमितता !

सिरहाको सुखीपुर नगरपालिका अन्तर्गत रहेको नगर अस्पतालका ...

आज गुरु पूर्णिमा र व्यास जयन्ती: गुरुप्रति सम्मान

आषाढ शुक्ल पूर्णिमाका दिन आज देशभर गायत्री, दीक्षा, वेद ...

भरियो अख्तियारको हिरासत

घुससहित पक्राउ परेका कर्मचारीले अख्तियार दुरुपयोग अनुसन ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब