नवराजपुरमा सशस्त्र प्रहरीद्वारा करिब ४० लाख बराबरको ओखरसहित ट्रक नियन्त्रणमा

  • जेठ ३, २०८३ | २१५ पटक पढिएको | सीमा संदेश
alt

सिरहा । सिरहाको नवराजपुर गाउँपालिका क्षेत्रमा सशस्त्र प्रहरीले करिब ४० लाख रुपैयाँ बराबरको ओखर, टुथपेस्ट तथा फेर एण्ड लब्लीसहित ट्रक नियन्त्रणमा लिएको छ ।

विशेष सूचनाका आधारमा खटिएको सशस्त्र प्रहरी बलको टोलीले स १ ख ५३५ नम्बरको ट्रक नियन्त्रणमा लिएको हो । नेपालबाट भारततर्फ अवैध रूपमा तस्करी गर्न लागिएको आशङ्कामा ट्रकलाई चालकसहित नियन्त्रणमा लिइएको सशस्त्र प्रहरीले जनाएको छ ।

नियन्त्रणमा लिइएको ट्रक हाल सिरहाको सन्हैठास्थित सशस्त्र प्रहरी बल नेपाल नम्बर ७ गण सिरहामा राखिएको सशस्त्र प्रहरी नायव उपरीक्षक (डिएसपी) श्याम बाबु यादवले जानकारी दिए।

उनका अनुसार बरामद सामानको यकिन परिमाण तथा मूल्याङ्कन कार्य भइरहेको छ । अहिले नै सम्पूर्ण विवरण भन्न सकिने अवस्था छैन, भोलि बिहान मात्रै सामानको परिमाण र मूल्याङ्कन सार्वजनिक गर्न सकिन्छ डिएसपी यादवले बताए ।

ट्रक नियन्त्रणमा लिन प्रहरी र तस्करहरूबिच झडप समेत भएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ७ गण सिरहाले जनाएको छ । यो विषय थप अनुसन्धान भइरहेको सशस्त्र प्रहरी नायव उपरीक्षक (डिएसपी) श्याम बाबु यादवले जानकारी दिए ।

सिरहामा राष्ट्रिय परिचयपत्र बनाउनै सास्ती

 राष्ट्रिय परिचयपत्र बनाउन जिल्ला प्रशासन कार्यालय ...

अस्पतालबाहिर सुत्केरी गराइएको घटनामा ६ जना कर्मचार

गजेन्द्रनारायण सिंह अस्पताल, राजविराजको मूल गेटबाहिर एक ...

युएईविरुद्ध आसिफको शतक

एसीसी प्रिमियर कपको फाइनल खेलमा आसिफ शेखले शतक बनाएका छ ...

भदौ २७ गते शनिबार, यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल भाद्र २७ गते । शनिबार । ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब