बजेटको प्राथमिकतामा मधेश

  • जेठ १६, २०८३ | ७० पटक पढिएको | सीमा संदेश
alt

बालेन्द्र साह नेतृत्वको सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि सार्वजनिक गरेको बजेटले मधेश प्रदेशलाई विशेष प्राथमिकतामा दिँदै पूर्वाधार, स्वास्थ्य, कृषि, पर्यटन, खानेपानी र खेलकुद क्षेत्रमार्फत दीर्घकालीन विकासको योजना समेटिएको छ ।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संघीय संसद्को संयुक्त बैठकमा प्रस्तुत गरेको बजेटमा मधेशका विगतका योजनालाई निरन्तरता दिँदै नयाँ रणनीतिक विभिन्न परियोजना थपिएको छ । यसले प्रदेशको आर्थिक तथा सांस्कृतिक संरचनामा महत्वपूर्ण परिवर्तन ल्याउने अपेक्षा गरिएको छ । यसपटकको बजेटको सबैभन्दा चर्चित र बहसको केन्द्रमा रहेको विषय जनकपुरधामलाई धार्मिक तथा सांस्कृतिक पर्यटनको अन्तर्राष्ट्रिय केन्द्रका रूपमा विकास गर्ने घोषणा छ । सरकारले ऐतिहासिक जानकी मन्दिरलाई युनेस्कोको विश्व सम्पदा सूचीमा समावेश गर्ने प्रक्रिया अघि बढाउने औपचारिक तयारी गरेको छ ।

धार्मिक आस्थाको केन्द्र जनकपुरधामलाई विश्व मानचित्रमा स्थापित गर्ने उद्देश्यसहित सरकारको योजनामा यसलाई ‘विवाह गन्तव्य’ का रूपमा ब्राण्डिङ गर्ने अवधारणा समेटिएको छ । सोही लक्ष्यलाई समर्थन गर्न रामजानकी पथ र रामजानकी परिक्रमा सडकको स्तरोन्नतिका लागि समेत आवश्यक बजेट विनियोजन गरिएको छ । सरकारको योजना अनुसार जनकपुरधामलाई धार्मिक पर्यटनसँग मात्र होइन, सांस्कृतिक पहिचान र अन्तर्राष्ट्रिय आकर्षणसँग पनि जोड्ने प्रयास गरिएको देखिन्छ । पर्यटन विकासको दायरालाई अझ फराकिलो बनाउँदै सरकारले सप्तरीको सखडा, धनुषाको धनुषाधाम र बाराको गढीमाई क्षेत्रलाई धार्मिक–पर्यटन करिडोरका रूपमा विकास गर्ने घोषणा गरेको छ । यी क्षेत्रलाई एकीकृत धार्मिक मार्गसंग जोडेर आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्ने लक्ष्य बजेटमा समेटिएको छ ।

रेलमार्ग विस्तारलाई पनि सरकारले यसपटकको बजेटमा प्राथमिकतामा राखेको छ । बर्दिबास–काठमाण्डु द्रुत रेलमार्गको कामलाई अघि बढाइने, निर्माणाधीन बर्दिबास–विराटनगर रेलमार्गका लागि बजेट सुनिश्चित गरिने तथा जनकपुर–जयनगर–बर्दिबास रेलमार्गको बाँकी काम सम्पन्न गर्न आवश्यक रकम विनियोजन गरिएको छ । यसलाई मधेशको व्यापारिक गतिविधि विस्तार, सीमा व्यापार सुदृढीकरण र यातायात सञ्जाल सुदृढीकरणसँग जोडेर हेरिएको छ । खेलकुद पूर्वाधारतर्फ सरकारले ४ अर्ब ३ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।

मधेश प्रदेशमा आयोजना हुने प्रस्तावित ११ औँ राष्ट्रिय खेलकुद प्रतियोगितालाई लक्षित गर्दै आवश्यक पूर्वाधार निर्माण गरिने भएको छ । आगामी तीन वर्षभित्र कम्तीमा ८ हजार दर्शक क्षमताका १० वटा फुटबल रंगशालालाई फ्लडलाइटसहित स्तरोन्नति गर्ने योजना पनि समावेश गरिएको छ । यसका साथै विराटनगर, लहान, काठमाण्डु, पोखरा, सुर्खेत र धनगढीमा २ हजार दर्शक क्षमताका इन्डोर मल्टिपर्पोज स्टेडियम निर्माण गरिने घोषणा गरिएको छ । तर बजेट सार्वजनिक भएसंगै मधेशका दुई प्रमुख खेल संरचना—जनकपुरधामस्थित राम जानकी रंगशाला र वीरगञ्जको नारायणी रंगशाला—को विषयले व्यापक चर्चा पाएको छ ।

यी ऐतिहासिक रंगशालालाई स्तरोन्नतिका लागि स्पष्ट कार्यक्रम नसमेटिएको भन्दै स्थानीय स्तरमा आलोचना बढेको छ । खेल पूर्वाधारको सन्दर्भमा लहानमा दुई हजार दर्शक क्षमताको इन्डोर मल्टिपर्पोज स्टेडियम निर्माण गरिने योजना भने बजेटमा समावेश गरिएको छ, जसलाई क्षेत्रीय खेलकुद विकासको प्रारम्भिक कदमका रूपमा हेरिएको छ । स्वास्थ्य क्षेत्रतर्फ मधेशको वीरगञ्जस्थित नारायणी अस्पताल, राजविराजको गजेन्द्रनारायण सिंह अस्पताल तथा रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको पूर्वाधार विकासलाई तीव्रता दिने घोषणा गरिएको छ ।

मधेश प्रदेशमै मिर्गौला उपचार केन्द्र र ट्रमा सेन्टर स्थापना गर्ने योजना पनि अघि बढाइएको छ । कृषि तथा सिचाइँ क्षेत्रलाई समेट्दै सिरहा–सप्तरीमा उत्पादन हुने आँपलाई औद्योगिक रूप दिने उद्देश्यसहित प्रशोधन केन्द्र स्थापना गरिने भएको छ भने सर्लाहीमा गोलभेडा प्रशोधन केन्द्र निर्माण गरिने योजना समावेश गरिएको छ । तराई–मधेशको जलचक्र सन्तुलन कायम गर्न पोखरी निर्माण, तटबन्ध, पहिरो नियन्त्रण र पानीका स्रोत संरक्षणका लागि करिब १ अर्ब रुपैयाँ छुट्याइएको छ । यसले दीर्घकालीन रूपमा जलस्रोत व्यवस्थापनमा योगदान पु¥याउने अपेक्षा गरिएको छ । खानेपानी संकट समाधानलाई पनि सरकारले प्राथमिकतामा राखेको छ । सुख्खा मौसममा देखिने पानी अभाव कम गर्न सामुदायिक स्तरमा डिप बोरिङसहितका आयोजना विस्तार गरिने भएको छ । ‘आर्सेनिक मुक्त तराई अभियान’ सञ्चालन गर्ने घोषणा गरिएको छ भने अधुरा रहेका २८० खानेपानी आयोजनालाई सम्पन्न गर्न २ अर्ब ५० करोड रुपैयाँ विनियोजन गरिएको छ ।

जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष सुरेन्द्र भण्डारीले बजेटबारे प्रतिक्रिया दिँदै आगामी आवको बजेट आकर्षक देखिए पनि कार्यान्वयन पक्ष कमजोर हुन सक्ने आशंका व्यक्त गरेका छन् । त्यस्तै नेपाल उद्योग वाणिज्य महासंघ मधेश प्रदेशका अध्यक्ष विजय साहले भने बजेटले मधेशलाई प्राथमिकतामा राखेको भन्दै सकारात्मक प्रतिक्रिया दिए । स्वास्थ्य, पर्यटन, कृषि र सिँचाइ क्षेत्रमा भएको लगानीले निजी क्षेत्रलाई समेत प्रत्यक्ष फाइदा पुग्ने उनको भनाइ छ । उनले कर छुट, अन्तःशुल्क छुट, डिजिटल भुक्तानी प्रोत्साहन, व्यवसायिक वातावरण सुधार र उद्योग सञ्चालन सहज बनाउने सरकारी घोषणाले व्यवसायिक वातावरण सुधार हुने विश्वास व्यक्त गरेका छन् ।

कमला पुलमा बजेटमा नपारिएको भन्दै आन्दोलन घोषणा

सिरहा । हुलाकी सडकअन्तर्गत सिरहा धनुषा जोेड्ने कमला नदी ...

साधु भेषमा लुक्दै फरार मेयर सिंह

किर्ते कागजात तथा नागरिकता प्रकरणसँग सम्बन्धित मुद्दामा ...

रामायन’ले मेरो जीवन बदल्यो, छोरीका लागि अझ राम्रो

मुम्बई । बलिउड अभिनेता रणवीर कपूरले बहुप्रतीक्षित फिल्म ...

विश्वभर एक अर्ब ३० करोड मानिस सुर्तीजन्य पदार्थको

आज विश्व सुर्तीजन्य पदार्थविरुद्धको दिवस विश्वका विभिन् ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब