मधेशका निलम्बित सांसद सिंहलाई भ्रष्टाचार मुद्दामा चार वर्ष कैद

  • जेठ २०, २०८३ | १२४ पटक पढिएको | सीमा संदेश
alt

मधेश प्रदेशका निलम्बित सांसद तथा पूर्वराज्यमन्त्री सरोजकुमार सिंहलाई भ्रष्टाचार मुद्दामा चार वर्ष कैद सजाय सुनाएको छ। विशेष अदालतले उनलाई दोषी ठहर गरी मंगलबार सजाय सुनाएको हो। 

विशेष अदालतका न्यायाधीशहरू सुदर्शनदेव भट्ट, उमेश कोइराला र विदुर कोइरालाको इजलासले उनलाई चार वर्ष कैद र ३८ लाख ५० हजार एक सय ३९ रुपैयाँ जरिवानाको सजाय सुनाएको हो। 

उपभोक्ता समितिहरूसँग घुस लिएको प्रमाण भेटिएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनलाई गत वर्ष पक्राउ गरी अनुसन्धान गरेको थियो। जसमा उनी दोषी ठहर भएका हुन्। सांसद विकास कोषको रकमबाट उनले ३७ प्रतिशतसम्म कमिसन लिएको खुलेको थियो। त्यस्तो कमिसन उनको खातामै बरामद भएको थियो। 

उनी महोत्तरी क्षेत्र नम्बर ४(ख) बाट निर्वाचित सांसद हुन्। सिंह जनता समाजवादी पार्टीका नेता हुन्। 

गोलबाजरका स्थानीय धुँवा धुलोले आक्रान्त

गोलबजार । पूर्व–पश्चिम लोकमार्ग अन्तर्गत सप्तरीको ...

संकटमा मधेश सरकार

केन्द्र राजनीतिमा आएको उतार चढावले कांग्रेस नेतृत्वका म ...

सुनसरीमा डीजे बाजाको विवाद हिंसामा परिणत हुँदा एकक

बोलबम यात्राका लागि निस्किएका युवाले डीजे बाजा बजाएको व ...

साउन ११ गते सोमबार, यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल साउन ११ गते । सोमबार । ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब