सिरहा नगरपालिकाका लेखा शाखामा वडाध्यक्षहरूले लगाए ताला

  • जेठ २०, २०८३ | १०४ पटक पढिएको | सीमा संदेश
alt

सिरहा । सिरहा नगरपालिकाको लेखा शाखामा मंगलबार तालाबन्दी गरिएको छ।

कार्यपालिका बैठक तत्काल बोलाउन, विकास योजनाहरू संशोधन गर्न तथा प्रमुख प्रशासकीय अधिकृतलाई नियमित रूपमा कार्यालयमा उपस्थित गराउन माग गर्दै दुई वडाका अध्यक्षहरूले लेखा शाखामा तालाबन्दी गरेका हुन् 

वडा नम्बर–२ का अध्यक्ष राकेशकुमार यादव र वडा नम्बर–६ का अध्यक्ष इन्द्रजित यादवले लेखा शाखामा तालाबन्दी गरेका हुन् ।

उनीहरुले नगरपालिकाको प्रशासनिक तथा विकास निर्माणसम्बन्धी काम प्रभावकारी रूपमा सञ्चालन हुन नसकेको आरोप लगाएका छन् ।

उनीहरूले आफ्ना मागहरू तत्काल सम्बोधन नभएसम्म दबाबमूलक कार्यक्रम जारी रहने चेतावनी समेत दिएका छन् ।

वडा अध्यक्षहरूको भनाइअनुसार लामो समयदेखि कार्यपालिका बैठक नियमित रूपमा बस्न नसक्दा महत्वपूर्ण निर्णयहरू प्रभावित भएका छन् ।

साथै, विकास योजनाको कार्यान्वयनमा समेत समस्या देखिएको उनीहरूको दाबी छ ।

प्रमुख प्रशासकीय अधिकृतको नियमित उपस्थितिको अभावले सेवाप्रवाह तथा विकास निर्माणका काममा प्रत्यक्ष असर परेको उनीहरूले बताएका छन् ।

नगर प्रमुख डा. नवीनकुमार यादवका अनुसार प्रमुख प्रशासकीय अधिकृत विनयकुमार सोनुले कार्यालयको जिम्मेवारीभन्दा राजनीति बढी गरेको आरोप लगाएका छन् ।

उनले प्रमुख प्रशासकीय अधिकृत नियमित रूपमा कार्यालयमा उपस्थित नभएको र आफ्नो सरुवाको प्रक्रिया अगाडि बढेपछि केही वडाका अध्यक्षहरूलाई उक्साएर तालाबन्दी गराएको दाबी गरे ।

यस विषयमा प्रतिक्रिया लिन प्रमुख प्रशासकीय अधिकृत विनयकुमार सोनुसँग सम्पर्क गर्ने प्रयास गरिएको भए पनि उनको मोबाइल स्विच अफ रहेको छ ।

मिर्चैयाबाट भरुवा कन्दुक बरामद

सिरहा प्रहरीले मिर्चैयाको जङ्गलक्षेत्रबाट वेवारीसे अवस् ...

सशस्त्र प्रहरीमा खुल्यो ठूलो संख्यामा भर्ना

सशस्त्र प्रहरीले ठूलो संख्यामा नयाँ जनशक्ति भर्ना खोलेक ...

आमा सुरक्षा कार्यक्रमको धज्जी उडाइयो

प्रत्येक नागरिकको स्वास्थ्य सेवामा सामान पहुँच र निशुल् ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब