मोबाइल नष्ट गरेको विरोधमा सिरहामा परीक्षार्थीको प्रदर्शन

  • जेठ २६, २०८३ | १६४ पटक पढिएको | सीमा संदेश
alt

माध्यमिक शिक्षा परीक्षा (एसइई)का क्रममा सिराहामा जफत गरिएका मोबाइल फोन पानीमा डुबाएर नष्ट गरिएको विरोधमा विद्यार्थीहरूले प्रदर्शन गरेका छन्।

सिराहा सदरमुकामस्थित सूर्यनारायण सत्यनारायण मोर्बैता यादव बहुमुखी क्याम्पसबाट विद्यार्थी संगठनले जुलुस निकाल्दै जिल्ला प्रशासन कार्यालय सिराहा घेराउ गरेका हुन्। संयुक्त विद्यार्थी संगठनले विरोध प्रदर्शन गर्दै विद्यार्थीहरूको नष्ट गरिएको मोबाइलको क्षतिपूर्ति दिनुपर्ने माग गरेका छन्।

प्रदर्शनमा सहभागीहरूले ‘विद्यार्थीलाई क्षतिपूर्ति दे सरकार’, ‘विद्यार्थीमाथिको दमन बन्द गर’लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका थिए। नष्ट गरिएका मोबाइलको उचित मूल्यांकन गरी सम्बन्धित विद्यार्थीलाई क्षतिपूर्ति दिनुपर्ने विद्यार्थी नेता नवरत्न साहले बताए। विद्यार्थीमाथि हुने यस्तो दमन रोक्नुपर्ने भन्दै साहले घटनाको निष्पक्ष छानबिन गर्न माग गरेका छन्।

गत चैतमा सम्पन्न एसइई परीक्षाका क्रममा सिराहा जिल्लाका विभिन्न परीक्षा केन्द्रबाट ४९६ थान मोबाइल फोन र ५ थान स्मार्ट वाच बरामद गरिएको थियो। सो मोबाइल र स्मार्ट वाच सिराहाका प्रजिअ सुरेन्द्र पौडेलको विशेष निर्देशनमा सिराहा प्रहरीले नष्ट गरेको थियो। यो विषय सार्वजनिक भएपछि यसको चौतर्फी आलोचना भइरहेको छ।

विद्यार्थी संगठनले आफ्ना माग सम्बोधन नभए थप सशक्त आन्दोलनका कार्यक्रम घोषणा गर्ने चेतावनी दिएका छन्।

३६३ प्रहरी जवान सहायक हवल्दार बढुवाका लागि सिफारिस

काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालय, बढुवा समितिको ...

जेठ ३० गते शनिबार,यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल जेठ ३० गते । शनिबार । इ ...

भारतीय सुरक्षाकर्मी सुस्ता प्रवेश गरेपछि स्थानीयको

भारतीय सीमा सुरक्षाफोर्स (एसएसबी) नेपाली भूमि सुस्तामा ...

कमला पुलको माग गर्दै मधेश प्रदेश सभाअगाडि टायर बाल

मधेश प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको नी ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब