एसईईमा जफत गरिएका मोबाइल नष्ट प्रकरण : क्षतिपूर्ति माग गर्दै सर्वोच्चमा रिट दर्ता

  • जेठ २७, २०८३ | १६२ पटक पढिएको | सीमा संदेश
alt

माध्यमिक शिक्षा परीक्षा (एसईई) का क्रममा सिरहाका विभिन्न परीक्षा केन्द्रबाट जफत गरिएका परीक्षार्थीका मोबाइल फोन र स्मार्टवाच पानीमा डुबाएर नष्ट गरिएको घटना विरुद्ध मंगलबार सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ।

अधिवक्ता अनिल कुमार साह तथा परीक्षार्थी विद्यार्थीहरू महेश कुमार महासेठ र रमण कुमार यादव लगायतले संयुक्त रूपमा दर्ता गरेको उक्त रिटमा नेपाल सरकार, गृह मन्त्रालय, मधेस प्रदेशको शिक्षा मन्त्रालय, राष्ट्रिय परीक्षा बोर्ड र जिल्ला प्रशासन कार्यालय सिरहा लगायतलाई विपक्षी बनाइएको छ ।

रिट निवेदक पीडित विद्यार्थी र अभिभावकहरूलाई बजार मूल्य र डेटा क्षतिको आधारमा उचित क्षतिपूर्तिको माग गरेका छन् । त्यस्तै कानुन विपरीत कार्य गर्ने जिम्मेवार अधिकारी र कर्मचारीहरूमाथि फौजदारी तथा विभागीय कारबाही हुनुपर्ने माग गरेका छन् ।

साथै भविष्यमा देशभरका परीक्षा केन्द्रहरूमा जफत गरिएका सामग्रीहरू नष्ट नगर्न आदेश जारी हुनुपर्ने पीडित विद्यार्थीको माग छ । गत चैतमा सम्पन्न एसईई परीक्षाका क्रममा मर्यादा विपरीत प्रयोग गरिएको भन्दै सिरहाका परीक्षा केन्द्रहरूबाट ७ थान आइफोन, ४८९ थान एन्ड्रोइड फोन र ५ थान स्मार्टवाच जफत गरिएको थियो । 

ती उपकरणहरूलाई जिल्ला परीक्षा समन्वय समिति सिरहाको निर्णय र तत्कालीन मधेस प्रदेशकी शिक्षा मन्त्रीको घोषणाका आधारमा जिल्ला प्रहरी कार्यालयको प्राङ्गणमा पानी भरिएको ड्रममा डुबाएर सामूहिक रूपमा नष्ट गरिएको थियो । उक्त घटनाको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि चौतर्फी विरोध सुरु भएको थियो ।

रिट निवेदकहरूले परीक्षामा मोबाइल निषेध गरिए पनि परीक्षा सकिएपछि जरिवाना लिएर वा अभिभावकको रोहबरमा फिर्ता गर्नुपर्नेमा स्वेच्छाचारी ढङ्गले नष्ट गरिएको दाबी गरेका छन् ।

रिटमा भनिएको छ,‘कुनै कानुनी प्रक्रिया नै पूरा नगरी करिब एक करोड रुपैयाँ बराबरको निजी सम्पत्ति नष्ट गरिनु कानुनी शासनको उपहास हो।’

३६३ प्रहरी जवान सहायक हवल्दार बढुवाका लागि सिफारिस

काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालय, बढुवा समितिको ...

जेठ ३० गते शनिबार,यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल जेठ ३० गते । शनिबार । इ ...

भारतीय सुरक्षाकर्मी सुस्ता प्रवेश गरेपछि स्थानीयको

भारतीय सीमा सुरक्षाफोर्स (एसएसबी) नेपाली भूमि सुस्तामा ...

कमला पुलको माग गर्दै मधेश प्रदेश सभाअगाडि टायर बाल

मधेश प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको नी ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब