सिरहामा अवैध उत्खननमा प्रयोग भएका ११ सवारी साधन नियन्त्रणमा

  • असार २, २०८३ | ३२५ पटक पढिएको | सीमा संदेश
alt

सिरहा । सिरहा प्रहरीले जिल्लाको छुट्टा-छुट्टै स्थानबाट अवैध रुपमा उत्खनन तथा ओसारपोसारमा प्रयोग भएका १० वटा टिपर र एउटा स्काभेटर नियन्त्रणमा लिएको छ ।

प्रहरीले गोलबजार नगरापलिका-३ गागनखोलनबाट ८ वटा टिपर र सिरहा नगरापलिका-१३ गमहरियास्थित कमला नदीबाट दुईवटा टिपर र एउटा स्काभेटर नियन्त्रणमा लिएको हो ।

अवैध रुपमा ग्राभेल उत्खनन भइरको सूचना पाउनसाथ इकाला प्रहरी कार्यालय गोलबजार र सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस क्याम्प गोलबजारबाट खटिएको संयुक्त प्रहरी टोलीले ग्राभेल लोड गरेको ना.४ख. ८३७३, ना.८ख १५१९, ना.३ख ३८११, ना.६ख ६९८८, म.प्र. ०१–००१ क् ०५१४, बा. प्र. ०३–००१ क ०३३८, प्र. २–०१–००१ क् ०१९० र म.प्र. ०३–००१क ३८९३ नम्बरको टिपर नियन्त्रणमा लिएको हो ।

अवैध उत्खनन भइरहेको भन्ने जानकारी पाएर पुगेका प्रहरीलाई देखेर सबै टिपरका चालकहरू टिफर छोडेर फरार भएको इलाका प्रहरी कार्यालय गोलबजारका प्रमुख इन्सपेक्टर सुधन केसीले जानकारी दिए ।

प्रहरीलाई देखेपछि सबै टिपरका चालक टिपर छोडेर फरार भएकाले अन्य सवारी चालकको सहयोगमा नियन्त्रणमा लिइएका सवारी साधन कार्यालयमा ल्याइपुर्‍याइएको इन्सपेक्टर केसीले बताए।

उनले अहिलेसम्म कोही टिपर धनी र चालक सम्पर्कमा नआएको बताए ।

त्यसैगरी, सिरहा १३ गमरियास्थिक कमला नदीबाट अवैध रुपमा बालुवा उत्खनन गरिरहेको अवस्थामा प्र.२-०-१-००१ख ०२०३, लु २ख. १८७७, ना.१ख ३५८१ नम्बरको टिपर र स्काभेटर नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सिरहका निमित्त सूचना अधिकारी इन्सपेक्टर नरेश लिम्बुले जानकारी दिए ।

नियन्त्रणमा लिएका सबै वारी साधन आवशयक कारबाहीको लागि सम्बन्धित पालिकामा बुझाएको प्रहरीले जनाएको छ ।

सिरहाबाट जुवातास खेलिरहेको अवस्थामा एक भारतीयसहित

जुवातास खेलिरहेको अवस्थामा जिल्ला सदरमुकाम सिराहास्थित ...

पदभार ग्रहण गर्दै मुख्यमन्त्री यादवले भने–मधेशमा स

मधेशका मुख्यमन्त्री सरोजकुमार यादवले पद तथा गोपनीयताको ...

मंसिर ७ गते सोमबार, यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल मंसिर ७ गते । सोमबार । ...

पिडीतलाई गालीगलैज गर्ने प्रहरीलाई कारवाही

पिडीतलाई गाली गलौज गर्ने प्रहरी अधिकारीमाथि कारवाही प्र ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब