ट्युसन पढाइदिने भन्दै छात्रामाथि यौन दुर्व्यवहार गरेकाे आरोपमा शिक्षक पक्राउ

  • असार २, २०८३ | २३३ पटक पढिएको | सीमा संदेश
alt

बैतडीको दशरथचन्द नगरपालिकाको एक विद्यालयमा अध्ययनरत छात्रामाथि जबर्जस्ती करणीको प्रयास गरेको अभियोगमा शिक्षक पक्राउ परेका छन्। एसइई पूरक परीक्षाको तयारीमा जुटेकी छात्रालाई ट्युसन पढाइदिने भन्दै विद्यालयमै बोलाएर जबर्जस्ती करणीको प्रयास गरेको आरोपमा नरेश चन्द पक्राउ परेका हुन्।

कक्षाकोठामै यौन दुर्व्यवहार गरेको घटना सार्वजनिक भएपछि फरार भएका चन्दलाई प्रहरीले बैतडी सदरमुकामबाट पक्राउ गरेको हो। पीडित छात्रा एसइईको ग्रेडवृद्धिका लागि पूरक परीक्षाको तयारी गरिरहेकी थिइन्। उनलाई ट्युसन पढाइदिने भन्दै चन्दले एक्लै बोलाउने गरेको र कक्षामै पटकपटक दुर्व्यवहार गरेको परिवारजनले बताएका छन्।

ट्युसन पढाउने नाममा शिक्षकले निरन्तर दुर्व्यवहार गर्न थालेपछि पीडित छात्राले साथीहरूलाई पनि सँगै ल्याउने कुरा गरेकी थिइन्। चन्दले साथीहरू आएपछि पढाइ राम्रो नहुने भन्दै एक्लै आउन दबाब दिएपछि उनले ट्युसन पढ्नै छाडिन्। त्यसपछि आमाले जबर्जस्ती पठाउन खोज्दा कक्षाकोठामै जबर्जस्ती करणीको प्रयास गरेको कुरा खुलेको पीडित छात्राको परिवारले बताएका छन्।

चन्दमाथि कारबाहीको माग राख्दै पीडित छात्राकी आमाले जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएपछि उनीमाथि अनुसन्धान सुरु गरिएको प्रहरी निरीक्षक सुरज सिंहले बताए। नाबालिकामाथि यौन दुर्व्यवहार गरेको जाहेरीका आधारमा चन्दमाथि बाल यौन दुरुपयोग कसुरमा अनुसन्धान सुरु गरिएको सिंहले जानकारी दिए।

केही दिनअघि भएको उक्त घटनापछि चन्दलाई विद्यालयले हाजिर नगराउने निर्णय गरेको छ। त्यसपछि उनी विद्यालय नआएको प्रधानाध्यापकले बताए। उनले यसअघि पनि विद्यालयका छात्राहरूमाथि दुर्व्यवहार गर्ने गरेको स्थानीयको आरोप छ।

रेशम चौधरीलाई राहत

नागरिक उन्मुक्ति पार्टीका संस्थापक नेता रेशम चौधरीलाई र ...

भन्सार छलीका १३ लाखभन्दा बढीका अवैध सामान बरामद

नेपाल–भारत सीमा जोडिएका जिल्लाका विभिन्न स्थानमा ...

असोज ७ गते बुधबार,यस्तो छ तपाईंलो राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल असोज ७ गते । बुधबार । इ ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब