नक्कली वोरवेल पाइपसहित व्यवसायी प्रहरीको नियन्त्रणमा

  • असार १४, २०८३ | २३५ पटक पढिएको | सीमा संदेश
alt

गोलबजार । गोलबजार नगरपालिका ६ स्थित एक हार्डवेयर पसलबाट चर्चित मार्बल टेक्नो प्लास्ट कम्पनीको नामको लोगो र ब्राण्डिङ दुरुपयोग गरी नक्कली प्लास्टिक पाइप बिक्री–वितरण गर्नेगरेको पाइएपछि प्रहरीले छापा हानी ठूलो परिमाणमा पाइप बरामद गरेको छ।  अनियमित गतिविधि गरेको अभियोगमा व्यवसायी र ट्रकसमेत नियन्त्रणमा लिएको छ। 

शनिबार बिहान करिब १०ः३० बजे मार्बल टेक्नो प्लास्ट, विराटनगरका आधिकारिक डिस्ट्रीब्युटर अरुण साहले कम्पनीको नाम र ब्रान्डिङ दुरुपयोग गरी नक्कली पाइप बिक्रीका लागि ल्याइएको सूचना इलाका प्रहरी कार्यालय गोलबजारमा दिएका थिए। सोही सूचनाका आधारमा प्रहरी निरीक्षक गौरीशंकर साहको नेतृत्वमा खटिएको टोलीले गोलबजार नगरपालिका ६ मा रहेको नेहाल आइरन स्टोरमा छापा मारेको थियो। उक्त पसल सिरहा नगरपालिका २० लगडिगोठ निवासी साबिर खानले सञ्चालन गर्दै आएका छन्।

प्रहरीले मधेश प्रदेश ०३–००१ ख ९८८० नम्बरको ट्रकमा लोड गरिएको करिब १२५ थान नक्कली प्लास्टिक पाइप बरामद गरेको छ। पसलको गोदामबाट सोही ब्रान्डिङ गरिएका थप ३२७ थान पाइप फेला परेको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी डीएसपी रमेशबहादुर पालले जानकारी दिए। यससँगै प्रहरीले कुल ४५२ थान नक्कली पाइप बरामद गरेको हो। नेहाल आइरन स्टोरले उक्त पाइप जानकी प्लास्टिक कम्पनी, जनकपुर बाट खरिद गरेको त्यहाँ कार्यरत एक कर्मचारीले बताए।

प्रहरीका अनुसार ट्रक, बरामद पाइप तथा पसल सञ्चालक साबिर खानलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय सिरहामा राखेर थप अनुसन्धान भइरहेको छ। प्रारम्भिक अनुसन्धानबाट बरामद पाइपहरू मार्बल टेक्नो प्लास्टको नाम, लोगो र ब्रान्डिङ दुरुपयोग गरी बजारमा बिक्रीका लागि ल्याइएको आशंका गरिएको प्रहरीले जनाएको छ। घटनासम्बन्धी आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको छ।

यता, मार्बल टेक्नो प्लास्टका मार्केटिङ म्यानेजर सुदिप न्यौपानेले नेहाल आइरन स्टोरले करिब तीन वर्षदेखि कम्पनीको नाम प्रयोग गरी नक्कली पाइप बिक्री गर्दै आएको आरोप लगाए। उनका अनुसार बजार अनुगमनका क्रममा उपभोक्ताले आफूहरू मार्बल टेक्नो ब्रान्डकै पाइप प्रयोग गरिरहेको बताएपछि कम्पनीले बिक्री अभिलेखसँग तुलना गर्दा उक्त क्षेत्रमा कम्पनीबाट न्यून आपूर्ति नभएको देखिएको थियो। त्यसपछि अनुसन्धान गर्दै जाँदा कम्पनीकै नाम र ब्रान्डिङ दुरुपयोग गरी नक्कली पाइप बिक्री भइरहेको तथ्य फेला परेको उनले बताए।

न्यौपानेका अनुसार यसअघि पनि कम्पनीले सम्बन्धित व्यवसायीलाई यस्तो कार्य नगर्न मौखिक रूपमा सचेत गराएको उनले बताए। तर पुनः उही गतिविधि दोहोरिएको पाइएपछि अब कानुनअनुसार कारबाही प्रक्रिया अघि बढाइने उनले बताए। उनका अनुसार नक्कली उत्पादनको बिक्रीले कम्पनीको प्रतिष्ठामात्र होइन, उपभोक्ताको विश्वास र सुरक्षामाथि समेत गम्भीर असर पु¥याएको छ। 

यस घटनाले बजार अनुगमन प्रणालीमाथि पनि गम्भीर प्रश्न उठाएको छ। बजार अनुगमन गर्ने सरकारी निकाय हुँदाहुँदै लामो समयसम्म नक्कली सामान खुलेआम बिक्री भइरहनुले प्रभावकारी अनुगमनको अभाव देखिएको छ। यसले सरकोकारबाला निकायको मिलेमतो भएको हुन सक्ने स्थानीय उपभोक्ता तथा व्यवसायिक वृत्तबाट आशंका व्यक्त गरिएको छ।

उपभोक्तालाई गुणस्तरयुक्त सामग्रीको सट्टा नक्कली उत्पादन बिक्री गरी ठगी गरिएको आरोप लागिरहेका बेला दोषीमाथि कडा कानुनी कारबाही गरी बजारमा यस्ता गतिविधि दोहोरिन नदिने व्यवस्था गर्न सम्बन्धित निकायसँग स्थानीय व्यसायीले समेत माँग गरेको छ।

प्रधानमन्त्री मोदीको अध्यक्षतामा ब्रिक्स घोषणापत्र

नयाँ दिल्ली। भारतमा जारी १८औँ ब्रिक्स शिखर सम्मेलनको पह ...

‘मधेश राज्य’का लागि संघर्षको आह्वान : छठपछि सशक्त

९ दलीय सम्मलित गठन गरिएको अग्रगामी मोर्चाले मधेश प्रदेश ...

शिक्षामन्त्री पोखरेल सहभागी कार्यक्रममा रास्वपाकै

सिरहाको औरही गाउँपालिकामा आयोजित एक कार्यक्रममा पुगेका ...

भदौ २८ गते आइतबार, यस्तो छ तपाईं को राशिफल

वि.सं.२०८३ साल भाद्र २८ गते । आइतबार । ईश्वी सन् २०२६ स ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब