सुखीपुरमा करेन्ट लागेर १६ वर्षीय किशोरको मृत्यु

  • असार १७, २०८३ | १३४ पटक पढिएको | सीमा संदेश
alt

राष्ट्रिय धान दिवसका अवसरमा धान रोपाइँका लागि खेतमा पानी लगाउने क्रममा करेन्ट लागेर सिरहामा एक किशोरको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सुखीपुर नगरपालिका–८ निवासी सुरेश पण्डितका १६ वर्षीय छोरा बिपिन पण्डित रहेका छन् ।

स्थानीयका अनुसार धान रोपाइँका लागि मोटरबाट खेतमा पानी तान्ने क्रममा मोटरमा विद्युत् सर्ट भएपछि करेन्ट प्रवाह हुँदा बिपिनलाई करेन्ट लागेको थियो। करेन्ट लागेर उनी घटनास्थलमै अचेत भएका थिए ।

घटनापछि तत्काल उपचारका लागि लहानस्थित अस्पताल पुर्‍याइएको थियो। तर उपचारका क्रममा चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।

घटनाबारे आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

गोलबजारमा सुनसरी घटनाको विरोधमा प्रदर्शन

सिरहा।सुनसरीको देवानगञ्ज गाउँपालिका ३, कप्तानगञ्जमा प्र ...

देवानगञ्जमा सुरक्षा व्यवस्था कडा : सद्भाव कायम राख

कोशी प्रदेशको सुनसरीमा दुई समुदायबीच भएको झडपपछ उत्पन्न ...

साउन १२ गते मंगलबार, यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल साउन १२ गते । मंगलबार । ...

गोलबाजरका स्थानीय धुँवा धुलोले आक्रान्त

गोलबजार । पूर्व–पश्चिम लोकमार्ग अन्तर्गत सप्तरीको ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब