होटेलमा अनुगमन अखाद्य सामग्री प्रयोग गर्नेलाई जरिबाना

  • असार २१, २०८३ | १३६ पटक पढिएको | सीमा संदेश
alt

धनुषाका विभिन्न होटेलमा अनुगमनका क्रममा मानव स्वास्थ्यमा असर पर्ने अखाद्य तथा म्याद गुज्रिएका खाद्यसामग्री प्रयोग भएको भेटिएपछि १२ वटा होटेललाई पाँचदेखि ७५ हजार रुपियाँसम्म जरिबाना गरिएको छ । 

मधेश प्रदेशका गृह, सञ्चार तथा कानुनमन्त्री फकिरा महतोको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय धनुषा र खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय जनकपुरधामको संयुक्त टोलीले पूर्वपश्चिम राजमार्ग क्षेत्रमा सञ्चालित होटेल तथा जनकपुरधामका केही होटेलमा अनुगमन गरेको हो ।

मन्त्री महतोले सर्वसाधारणले होटेलमा गुणस्तरीय खाना पाउनुपर्ने अधिकार सुनिश्चित गर्न छड्के अनुगमन गरिएको बताउनुभयो । उहाँले अनुगमनका क्रममा कतिपय होटेलमा मानव स्वास्थ्यलाई गम्भीर असर पार्ने गरी अखाद्य सामग्री प्रयोग गरिएको तथा खानै नमिल्ने अवस्थाका खाद्यपदार्थसमेत फेला परेको जानकारी दिनुभयो । 

उहाँका अनुसार गुणस्तर परीक्षण गर्ने उपकरणसहित गरिएको अनुगमनमा होटेलले पटक पटक प्रयोग गरेर गुणस्तर गुमेको तेलको प्रयोग गरिएको तथा सरसफाइका न्यूनतम मापदण्डसमेत पालना नगरेको भेटिएको थियो ।ं

मन्त्री महतोले अखाद्यसामग्री प्रयोग गर्ने र उपभोक्ताको स्वास्थ्यसँग खेलबाड गर्ने होटेल व्यवसायीलाई कडा चेतावनी दिइएको बताउँदै आगामी दिनमा यस्ता गतिविधि दोहोरिए कानुन अनुसार थप कडा कारबाही गरिने बताउनुभयो । उहाँले होटेल व्यवसायीलाई खाद्यान्नको गुणस्तर, सरसफाइ र उपभोक्ताको स्वास्थ्यप्रति जिम्मेवार बन्न आग्रह गर्नुभयो । उहाँले पर्यटन तथा धार्मिक नगरीका रूपमा परिचित जनकपुरधामका होटेल व्यवसायी सरसफाइ र स्वस्थकर खाद्य सेवा उपलब्ध गराउन स्वयम् पनि जिम्मेवार बन्नुपर्ने बताउनुभयो ।  

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय जनकपुरधामका प्रमुख विमलकुमार दाहालले अनुगमन निरन्तर चलिरहने नियमित प्रव्रिmया भएको बताउनुभयो । विगतमा पनि अनुगमन हुँदै आएको बताउँदै उहाँले यस पटक जरिबानासहित कारबाही गरिएको उहाँले बताउनुभयो । 

उहाँका अनुसार पछिल्लो समय सोमबारदेखि मधेश प्रदेशका कानुनमन्त्री महतो र जिल्ला प्रशासन कार्यालय धनुषाको संयुक्त टोली बनाएर जाँच गरिएको हो । प्रमुख दाहालले पछिल्लो पाँच दिनको अवधिमा ५० भन्दा बढी होटेलको अनुगमन गरिएको जानकारी दिनुभयो । 

अनुगमनका क्रममा अधिकांश होटेलमा सरसफाइको अवस्था कमजोर रहेको, पटक पटक तताएर कालो बनेको पुरानो तेल प्रयोग गरिएको, झिँगा भन्किएको वातावरणमा खाना तयार पारिएको तथा मासुजन्य खाद्यसामग्री स्वच्छ अवस्थामा नभेटिएको उहाँले सुनाउनुभयो । 

प्रमुख दाहालले जनकपुरधामका नाम चलेका केही होटेलमा समेत सरसफाइसम्बन्धी गम्भीर कमजोरी भेटिएको बताउनुभयो । उहाँका अनुसार उपभोक्ता हित संरक्षण ऐन अनुसार कैफियत देखिएका होटेललाई जिल्ला प्रशासन कार्यालयमार्फत कारबाही गरिएको हो । उहाँले मन्त्री महतोको सव्रिmयतापछि अनुगमन अभियानलाई थप प्रभावकारी बनाइएको उल्लेख गर्दै आगामी दिनमा अनुगमनलाई निरन्तरता दिइने जानकारी दिनुभयो । 

अनुगमन टोलीमा सहभागी धनुषाका सहायक प्रमुख जिल्ला अधिकारी तथा बजार निरीक्षक कृष्ण गैरेले हालसम्म १२ वटा होटेललाई कसुरको प्रकृति अनुसार पाँच हजारदेखि ७५ हजार रुपियाँसम्म जरिबाना गरिएको बताउनुभयो । उहाँका अनुसार अनुगमनका क्रममा अखाद्य वस्तुको बिव्रmीवितरण, म्याद गुज्रिएका खाद्यसामग्रीको प्रयोग, फोहोर भान्सा तथा सरसफाइसम्बन्धी मापदण्डको उल्लङ्घन गरिएको भेटिएपछि उपभोक्ता हित संरक्षण ऐनबमोजिम कारबाही अघि गरिएको हो । 

गोलबजारमा सुनसरी घटनाको विरोधमा प्रदर्शन

सिरहा।सुनसरीको देवानगञ्ज गाउँपालिका ३, कप्तानगञ्जमा प्र ...

देवानगञ्जमा सुरक्षा व्यवस्था कडा : सद्भाव कायम राख

कोशी प्रदेशको सुनसरीमा दुई समुदायबीच भएको झडपपछ उत्पन्न ...

साउन १२ गते मंगलबार, यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल साउन १२ गते । मंगलबार । ...

गोलबाजरका स्थानीय धुँवा धुलोले आक्रान्त

गोलबजार । पूर्व–पश्चिम लोकमार्ग अन्तर्गत सप्तरीको ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब