सिरहामा ब्राउनसुगरजस्तो देखिने पदार्थसहित चार दिनमा चार पक्राउ

  • असार २२, २०८३ | १३७ पटक पढिएको | सीमा संदेश
alt

सिरहा प्रहरीले पछिल्लो चार दिनको अवधिमा जिल्लाको छुट्टाछुट्टै तीन ठाउँबाट एक भारतीयसहित चारजनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सिराहाका अनुसार आइतबार दिउँसो सिराहा नगरपालिका– १४ सिराहा–माडर सडकखण्डबाट प्रहरी चौकी खिरौनाबाट खटिएको प्रहरीले कर्जन्हा नगरपालिका– ४ का करिब ३२ वर्षीय दीपेशकुमार दासलाई प्लास्टिकबाहेक दुई ग्राम ८३० मिलिग्राम खैरोहिरोइनजस्तो देखिने पदार्थसहित पक्राउ गरिएको हो ।

माडरबाट सिराहातर्फ आउँदै गरेका दास चढेको ज.१२ प ४४५४ नम्बरको मोटरसाइकलको भाइजरमा लुकाएर ल्याइएको उक्त परिमाणको खैरोहिरोइनजस्तो देखिने पदार्थ बरामद भएको सिराहा प्रहरीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रमेशबहादुर पालले जानकारी दिए । 

त्यसअघि शुक्रबार दिउँसो प्रहरीले नवराजपुर गाउँपालिका– ५ झाँझपट्टीमा गोली प्रहार गरी भारतीय लागुऔषध कारोबारी समूहका भारतको बिहार राज्य, मधुवनी जिल्ला घर भएका करिब ३५ वर्षीय अब्दुल कलामलाई पक्राउ गरेको उनले बताए । उनका अनुसार लागुऔषधको कारोबार भइरहेको भन्ने गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय, महेशपुर पतारका प्रमुख प्रहरी निरीक्षक विशाल मल्लको कमान्डमा खटिएको प्रहरी टोलीलाई लक्षित गरी लागुऔषध कारोबारी समूहले गोली प्रहार गरेपछि प्रहरीले जवाफी फायर गरी कलामलाई पक्राउ गरेको हो ।

प्रहरीले कलामलाई पक्राउ गर्नुका साथै बिआर ३२ एआर ६०२४ नम्बरको मोटरसाइकल र प्लास्टिकसहित १२२.८ ग्राम ब्राउनसुगरजस्तो देखिने पदार्थ बरामद गरेको थियो । 

त्यसअघि गत बिहीबार लहान नगरपालिका– १२, जटियाही टोलबाट प्रहरीले स्थानीय करिब २७ वर्षीय विजयकुमार सदायलाई उनको कोठाबाट प्लास्टिकबाहेक २.४ ग्राम खैरो हिरोइनजस्तो पदार्थसहित पक्राउ गरेको थियो । घरमा उनको साथमै रहेका स्थानीय वृजेशकुमार चौधरीलाई समेत पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार पक्राउ गरिएका चारजनालाई जिल्ला प्रहरी र इलाका प्रहरी कार्यालय लहानमा राखेर थप अनुसन्धान भइरहेको छ । 

रेशम चौधरीलाई राहत

नागरिक उन्मुक्ति पार्टीका संस्थापक नेता रेशम चौधरीलाई र ...

भन्सार छलीका १३ लाखभन्दा बढीका अवैध सामान बरामद

नेपाल–भारत सीमा जोडिएका जिल्लाका विभिन्न स्थानमा ...

असोज ७ गते बुधबार,यस्तो छ तपाईंलो राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल असोज ७ गते । बुधबार । इ ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब