घुस रकमसहित सव डिभिजन वन प्रमुख पक्राउ

  • असार २४, २०८३ | १७६ पटक पढिएको | सीमा संदेश
alt

सिरहाको बन्दीपुरस्थित सव डिभिजन वन कार्यालयका प्रमुख रामकेवल राय यादव १२ हजार रुपैयाँ घुस रकमसहित पक्राउ परेका छन् ।

महोत्तरीको बर्दिवासस्थित अख्तियार दुरुपयोग अनुसन्धानबाट आएको टोलीले मंगलबार दिउँसो कर्जन्हा नगरपालिका ४ भुल्केबाट उनलाई सेवाग्राहीबाट लिएको १२ हजार रुपैयाँ घुस रकमसहित पक्राउ गरेको हो ।

कर्जन्हा नगरपालिका २ बन्दीपुरमा संचालित सः मिल तथा फर्निचर उद्योगले विभिन्न स्थानबाट ल्याएको काठको प्रति ट्रक चार हजार रुपैयाँको दरले यादवले लिएको १२ हजार रुपैयाँसहित नियन्त्रणमा लिइएको अख्तियारले जनाएको छ ।

काठ ल्याउन पटक पटक घुस रकम मागेर हैरानी गरेका गुनासो गर्दै सेवाग्राही अख्तियार पुगेपछि स्टिङ् अप्रेसन गरी नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाएको जनाइएको छ । आगामी साउनमा सेवा निवृक्त हुन लागेका यादव मंगलबार दिउँसो करिब ३ बजेसम्म लहानस्थित डिभिजन वनको काम भ्याएर फर्किएको बतााइएको छ। 

मिर्चैयाबाट भरुवा कन्दुक बरामद

सिरहा प्रहरीले मिर्चैयाको जङ्गलक्षेत्रबाट वेवारीसे अवस् ...

सशस्त्र प्रहरीमा खुल्यो ठूलो संख्यामा भर्ना

सशस्त्र प्रहरीले ठूलो संख्यामा नयाँ जनशक्ति भर्ना खोलेक ...

आमा सुरक्षा कार्यक्रमको धज्जी उडाइयो

प्रत्येक नागरिकको स्वास्थ्य सेवामा सामान पहुँच र निशुल् ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब