अभिनेत्री काजल कर्णको गम्भीर आरोप: सुटिङमा हेपियो, जानीजानी कालो मेकअप दलियो

  • असार २७, २०८३ | १८४ पटक पढिएको | सीमा संदेश
alt

अभिनेत्री काजल कर्णले फिल्म सुटिङमा आफूलाई  मधेसी भनेर हेपेको बताएकी छन् । कर्णले नेपाली फिल्म ‘चिरञ्जीवी भव:’ को सेटमा आफूले जातीय र क्षेत्रीय पहिचानका आधारमा चरम अपमान भोग्नुपरेको खुलासा गरेकी हुन् ।

३५० भन्दा बढी थारु, भोजपुरी र मैथिली गीतहरूमा अभिनय गरिसकेकी काजलले  आफ्नो सामाजिक सञ्जालमा फिल्म सुटिङका क्रममा निर्देशकदेखि मेकअप आर्टिस्टसम्मले आफूलाई ‘मधेसी’ भएकै कारण मानसिक तनाव दिएको र अपमानित गरेको बताएकी हुन्।

काजलका अनुसार फिल्मको सेटमा सबैभन्दा पीडादायी क्षण मेकअपको समयमा भएको थियो। मेकअप आर्टिस्टले उनको अनुहारमा जानीजानी कालो रङ दलिदिएका थिए।

उनले भनिन्, `ओइ मधेसेनी भन्दै उनीहरू ममाथि खित्का छोडेर हाँसे। मेरो माटो र पहिचानको उपहास गरियो।´

काजलले सुटिङ सेटमा मुख्य अभिनेत्री प्रशंसा रायमाझी र चीफ एडी (सहायक निर्देशक) नेत्रबाट पनि अपमानित हुनुपरेको बताएकी छिन्। इटहरीको सुटिङ लोकेसनमा मेकअप रुममा प्रवेश गर्दा प्रशंसा रायमाझीले मेरो रुमको माहोल नबिगार्दिनुस् भन्दै आफूलाई राख्न नदिएको र चीफ एडीले उल्टै आफूलाई थर्काएको उनले बताएकी छिन्।

डिजाइनरले नाप लिएर पनि अन्तिम समयमा आफ्नै लुगा व्यवस्था गर्न भनिएको र प्रोडक्सन टिमले गाडीको व्यवस्था नगरी बिहानैदेखि सास्ती दिएको उनको गुनासो छ।

स्क्रिप्टमा नभएको काम र बिना सूचना निष्कासन

काजलका अनुसार उनलाई कलाकारको रूपमा नभई मजदुरको रूपमा व्यवहार गरियो। स्क्रिप्टमा कतै उल्लेख नभए पनि उनलाई जबरजस्ती फोहोर उठाउने र कुचो लगाउने दृश्यहरू गराइएको थियो।

पीडा त्यतिमा मात्र सीमित रहेन। इटहरीमा सुटिङ भइरहेका बेला बाँकी पारिश्रमिक माग्दा कार्यकारी निर्माता शैलेश खत्रीले झूट बोलेर बोलाएको र त्यहाँ पुग्दा आफ्नो ठाउँमा अर्कै कलाकार राखिसकिएको उनले बताइन्। निर्देशक दीपकप्रसाद आचार्यको आदेशमा आफूलाई कुनै पूर्व जानकारी बिना फिल्मबाट हटाइएको र लुगा लिन मात्र बोलाएको भन्दै अपमान गरिएको बताएकी छन् ।

नेपाली फिल्म उद्योगभित्र मधेसी कलाकारले भोग्नुपर्ने सङ्कीर्ण सोचको पर्दाफास गर्दै काजलले प्रश्न गरेकी छिन्– `के मधेसी हुनु नै हाम्रो गल्ती हो? के हामीले आफ्नो श्रमको मूल्य माग्नु अपराध हो?´

आफूलाई फिल्मबाट हटाइए पनि आफ्नो सपना र हिम्मत नहारको उनको भनाई छ । यश विषयमा फिल्म ‘चिरञ्जीवी भव:’ को निर्माण पक्षले भने मुख खोलेको छैन । 

गोलबाजरका स्थानीय धुँवा धुलोले आक्रान्त

गोलबजार । पूर्व–पश्चिम लोकमार्ग अन्तर्गत सप्तरीको ...

संकटमा मधेश सरकार

केन्द्र राजनीतिमा आएको उतार चढावले कांग्रेस नेतृत्वका म ...

सुनसरीमा डीजे बाजाको विवाद हिंसामा परिणत हुँदा एकक

बोलबम यात्राका लागि निस्किएका युवाले डीजे बाजा बजाएको व ...

साउन ११ गते सोमबार, यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल साउन ११ गते । सोमबार । ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब