गोलबजारमा पिडीत परिवारमाथि प्रहरीले दुव्र्यवहार गरेको आरोप

  • असार २७, २०८३ | २०८ पटक पढिएको | सीमा संदेश
alt

करिब दुई महिनाअघि सिरहाको गोलबजार नगरपालिका–११ बलकावामा भएको कुटपिट घटनामा न्याय नपाएको भन्दै इलाका प्रहरी कार्यालय गोलबजार पुगेका पीडित परिवारले आफूहरूमाथि प्रहरीले दुव्र्यवहार गर्दै आफन्तलाई नियन्त्रणमा लिएको आरोप लगाएका छन् ।

प्रहरीले सो आरोप अस्वीकार गर्दै कार्यालयमा भएको हो–हल्ला नियन्त्रण गर्नका लागि मात्र एक जनालाई नियन्त्रणमा लिइएको जनाएको छ । पीडित पक्षका अनुसार बाख्रासम्बन्धी सामान्य विवादबाट सुरु भएको झडपमा समसाद लहेरी, उनकी पत्नी जरिना खातुन तथा रुबो खातुन र कैस खातुनबीच कुटाकुट भएको थियो ।

झगडा छुट्याउन पुगेकी जरिना खातुनसमेत कुटपिटमा परेकी थिइन् । घटनामा श्रीमान–श्रीमती दुवै घाइते भएपछि उनीहरूलाई सुरुमा गोलबजारस्थित एक निजी स्वास्थ्य संस्थामा उपचार गराइएको थियो । अवस्था गम्भीर भएपछि थप उपचारका लागि विराटनगरस्थित न्युरो अस्पताल लगिएको र १२ दिन उपचारपछि घर फर्किएको परिवारले जनाएको छ ।

घटनापछि वडा कार्यालयदेखि प्रहरी प्रशासनसम्म पटकपटक गुहार्दा पनि हालसम्म न्याय नपाएको पीडित पक्षको गुनासो छ । जरिना खातुनका अनुसार घटनासम्बन्धी निवेदन दिएको करिब दुई महिना बितिसक्दा पनि प्रहरीले कुनै ठोस कारबाही अघि बढाएको छैन ।

पीडितका अनुसार बिहीबार बिहान करिब ११ बजे छलफलका लागि इलाका प्रहरी कार्यालय गोलबजारमा बोलाइए पनि विपक्षी पक्ष उपस्थित भएन । त्यसपछि आफूहरूलाई मात्र पटकपटक बोलाएर फर्काउने गरिएको भन्दै गुनासो राख्दा प्रहरीले गालीगलौज गर्दै कार्यालयबाट बाहिर निकालेको जरिनाको आरोप छ ।

समसाद लहेरीले पनि प्रहरीको व्यवहारप्रति असन्तुष्टि जनाउँदै आफूले विरोध जनाएपछि आफ्ना भतिजा अफ्ताव लहेरीलाई प्रहरीले नियन्त्रणमा लिएको दाबी गरेका छन् । उता, जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता डीएसपी रमेशबहादुर पालले भने पीडित पक्षले लगाएको आरोप अस्वीकार गरेका छन् । उनका अनुसार घटनामा कुनै व्यक्तिलाई मुद्दाका आधारमा थुनामा नराखिएको र कार्यालयमा हो–हल्ला तथा तनावको अवस्था सिर्जना भएपछि स्थिति सामान्य बनाउनका लागि मात्रै एक जनालाई नियन्त्रणमा लिइएको हो ।

डीएसपी पालले घटनाबारे थप जानकारी संकलन भइरहेको र आवश्यक अनुसन्धानपछि कानुनअनुसार प्रक्रिया अघि बढाइने बताए ।

रेशम चौधरीलाई राहत

नागरिक उन्मुक्ति पार्टीका संस्थापक नेता रेशम चौधरीलाई र ...

भन्सार छलीका १३ लाखभन्दा बढीका अवैध सामान बरामद

नेपाल–भारत सीमा जोडिएका जिल्लाका विभिन्न स्थानमा ...

असोज ७ गते बुधबार,यस्तो छ तपाईंलो राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल असोज ७ गते । बुधबार । इ ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब