खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

  • असार २९, २०८३ | १८८ पटक पढिएको | सीमा संदेश
alt

गोलबजार नगरपालिका- ७ स्थित पुरानो चाेक चोहर्वाको पशु हाटबजार परिसरमा बाटोमा हाल्न माटो खनेको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु भएको छ । 

कवाडी संकलनको काम गर्दै आएका अवास शेखका छोरीहररू १२ वर्षीया छोरी सबनम खातुन, १० वर्षीया रुविना खातुन र छोरा ८ वर्षीय साफुल शेखको खाल्डोमा जमेको पानीमा डुबेर मृत्यु भएको हो । रौतहट जिल्लाको झिंगहर्वा- २ स्थायी घर भई गोलबजार- ७ मा लामो समयदेखि डेरा गरी बस्दै आएका शेखका पाँच सन्तानमध्ये तीनजना छोराछोरी आइतबार दिउँसो करिब अढाइ बजे घरबाट खेल्न निस्किएको जनाइएको छ। 

डेरानजिकै रहेको खाल्डोमा जमेको पानीमा खेल्ने क्रममा उनीहरू डुबेको स्थानीय मनोज महतोले जानकारी दिए। बालबालिका डुबेको हल्ला भएपछि जम्मा भएका स्थानीयले उद्धार गरी स्थानीय स्वास्थ्य संस्थामा पुर्याएको भए पनि तीनैजनालाई मृत घोषणा गरेको थियो। प्रहरीले खाल्डोमा अझै बालबालिका डुबेको हुन सक्ने आशंकामा दमकलको सहयोगमा उक्त खाल्डोको पानी फालेको थियो।  

बालबालिकाको शव पोस्टमार्टमका लागि लहानस्थित रामकुमार शारदाउमाप्रसाद मुरारका प्रादेशिक अस्पताल पठाइएको प्रहरीले जनाएको छ । बाटोमा हाल्ने माटो खन्ने क्रममा स्थानीयले नखन्न अनुरोध गरे पनि निर्माण उपभोक्ता समितिले नमानेको स्थानीय बताउँछन्।

स्थानीयले जनप्रतिनिधिको आडमा जथाभावी माटो खन्ने र उपयोग नै नहुने ठाउँमा बाटो बनाउँदा तीन बालबालिकाको अनाहकमा ज्यान गएको स्थानीयको आरोप छ। 

कसरी भयो घट्ना ?

दैनिकजस्तै आइतबार बिहान पनि सबिना खातुनले आफ्ना छोराछोरीलाई उठाइन्खाना खुवाइन् र जीविकोपार्जनका लागि फोहोर तथा प्लास्टिक संकलन गर्न जाने तयारी गरिरहेकी थिइन् 

विद्यालय बिदा भएकाले छोराछोरीलाई घरमै छाडेर जेठी छोरी सबनमसँग बाहिर जाने योजना थियो। तर बिहानै वर्षा सुरु भएपछि उनी छोराछोरीसँगै घरमै बसिन्।

दिउँसो करिब २:३० बजे आमा सबिनालाई जानकारी नदिई जेठी छोरी सबनमसहित पाँचै जना छोराछोरी खेल्न भन्दै घरबाट नजिकैको पशुहाट बजारतर्फ गएका थिए ।

केहीबेरपछि खाल्डोमा डुबेका बालबालिकालाई स्थानीय युवाले मोटरसाइकलमा उपचारका लागि लैजाँदै गरेको देखेका एक छिमेकीले सबिनालाई उनका छोराछोरी डुबेको खबर सुनाए 

खबर सुन्नासाथ समिना अचेत भइन् । सबिनाकी बहिनी कुलसुम खातुनका अनुसारसुरुमा एउटा बालिकालाई अस्पताल लगिएको देखेपछि परिवारका सदस्यहरू बजारतर्फ दौडिएका थिए 

घरबाट निस्केका पाँच बालबालिकामध्ये दुई जना मात्र फर्किएको थाहा पाएपछि स्थानीयको सहयोगमा खोजी गरिएको थियो 

खोजतलासका क्रममा बाँकी दुई जना बालबालिका खाल्डोमा मृत अवस्थामा फेला परेका थिए। समिनाका श्रीमान् अवास शेख शारीरिक रूपमा अशक्त भएकाले विगत दुई वर्षदेखि आफ्नै गृह जिल्ला रौतहटको जिगरवा गाउँमा बसेर सामान्य रोजगारी गर्दै आएका छन्।

परिवारको अधिकांश जिम्मेवारी सबिनाकै काँधमा रहेको र उनी नै छोराछोरीको पालनपोषण गर्दै आएकी थिइन् । श्रीमानले समय–समयमा थोरै आर्थिक सहयोग पठाउने गरे पनि परिवारको दैनिकी मुख्यतः सबिनाकै श्रममा निर्भर रहेको बहिनी कुलसुमले बताइन्।

मृतकहरू अवास शेखका छोरी १२ वर्षीया सबनम खातुन र १० वर्षिया रुबिना खातुन तथा छोरा -७ वर्षीय साइफुल शेख रहेका छन् ।

रौतहट जिल्लाको जिगरवा स्थायी घर भएका अवास शेख करिब तीन दशकदेखि गोलबजार नगरपालिका–७ मा परिवारसहित बसोबास गर्दै आएका थिए।

सोही खाल्डो गा-गोरु र भैंसी लगायतका पशुहरूका लागि पानी खानका लागि बनाइएको थियो । घटनापछि स्थानीयवासी तथा सुरक्षाकर्मीले उद्धार गरी उपचारका लागि अस्पताल पुर्‍याए पनि चिकित्सकले उनीहरूलाई मृत घोषणा गरेका छन्। घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

गोलबजारमा सुनसरी घटनाको विरोधमा प्रदर्शन

सिरहा।सुनसरीको देवानगञ्ज गाउँपालिका ३, कप्तानगञ्जमा प्र ...

देवानगञ्जमा सुरक्षा व्यवस्था कडा : सद्भाव कायम राख

कोशी प्रदेशको सुनसरीमा दुई समुदायबीच भएको झडपपछ उत्पन्न ...

साउन १२ गते मंगलबार, यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल साउन १२ गते । मंगलबार । ...

गोलबाजरका स्थानीय धुँवा धुलोले आक्रान्त

गोलबजार । पूर्व–पश्चिम लोकमार्ग अन्तर्गत सप्तरीको ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब