मिटरब्याजी रामबाबु साह पुर्पक्षका लागि कारागार चलान

  • साउन १, २०८३ | १६५ पटक पढिएको | सीमा संदेश
alt

चन्द्रनिगाहपुरका कपडा व्यापारी रामबाबु साह कलवार मिटरब्याजका नाममा ठगी गरेपछि पुर्पक्षका लागि कारागार चलान भएका छन् ।

अनुचित लेनदेन (मिटरब्याज) को आरोप खेप्दै आएका कलवारलाई जिल्ला अदालत रौतहटले पुर्पक्षका लागि कारागार चलान गर्ने आदेश दिएको हो । बुधबार जिल्ला अदालत, गौरका न्यायाधीश दुर्गाप्रसाद भट्टराईको इजलासले कलवारविरुद्ध प्रारम्भिक प्रमाण पर्याप्त देखिएको ठहर गर्दै मुद्दाको अन्तिम फैसला नआउञ्जेल थुनामै राखेर सुनुवाइ अघि बढाउन आदेश दिएको हो ।

कलवारविरुद्ध अनुचित लेनदेन (मिटरब्याज) तथा सरकारी कागजात कीर्तेसम्बन्धी मुद्दा दर्ता भएको छ । उनीमाथि वृन्दावन नगरपालिका–१ का वडाध्यक्ष रामनाथ सहनीको हस्ताक्षर किर्ते गरी कवाली तमसुक तयार पारेको आरोप छ । सोही जाहेरीका आधारमा प्रहरीले अनुसन्धान अघि बढाएको थियो ।

गत जेठ ३१ गते पक्राउ परेका कलवार अदालतको आदेशपछि कारागार पठाइएका छन् । यस प्रकरणमा अर्को रोचक पक्ष पनि बाहिरिएको छ ।
 

२०८० जेठ २८ गते मेची–महाकाली बुहारी संयुक्त आवाजले चन्द्रपुर नगरभित्रका विभिन्न वडामा वितरण गर्ने सिरक–डसनाका लागि कलवार सञ्चालक रहेको साह वस्त्रालय बाट करिब १० लाख रुपैयाँ बराबरको सामग्री खरिद गरेको थियो । संस्थाले भुक्तानीका लागि १० लाख रुपैयाँको चेक दिएको भए पनि कलवारले त्यसले मात्र नपुग्ने भन्दै ‘ग्यारेन्टी’ का नाममा व्यक्तिको निजी चेकसमेत मागेको थियो ।

त्यसक्रममा चन्द्रपुर नगरपालिकाको न्यायिक समितिको रोहबरमा संस्थाकी मधेश प्रदेश संयोजक पूजा पाठकले आफ्नो व्यक्तिगत चेक उपलब्ध गराएकी थिइन् ।

पाठकका अनुसार पछि संस्थाको चेकबाट १० लाख रुपैयाँ भुक्तानी भइसके पनि कलवारले व्यक्तिगत चेक फिर्ता नगरी उल्टै दुरुपयोग गर्न थाले । चेक माग्दा “हरायो, केही हुँदैन” भन्दै टार्ने गरेको र केही समयपछि अदालतबाट पत्र आएपछि मात्रै चेकको दुरुपयोग भएको थाहा पाएको भनाइ छ ।

त्यसपछि न्यायिक समितिको निर्णयसमेत प्रमाणका रूपमा संलग्न गर्दै पाठकले पनि जिल्ला अदालत रौतहटमा मुद्दा दायर गरेकी थिइन् ।

चन्द्रनिगाहपुर क्षेत्रमा कलवारको नाम यसअघि पनि कथित ‘मिटरब्याजी व्यापारी’ का रुपमा पटक–पटक जोडिँदै आएको थियो । पछिल्लो अदालतको आदेशसँगै ती आरोप अब औपचारिक कानुनी परीक्षणको चरणमा प्रवेश गरेका छन् ।

यद्यपि, कानुनअनुसार अदालतबाट अन्तिम फैसला नभएसम्म कुनै पनि अभियुक्तलाई दोषी ठहर गर्न मिल्दैन । अहिलेको आदेश अनुसन्धान तथा मुद्दाको सुनुवाइ प्रभावकारी बनाउनका लागि पुर्पक्षमा थुनामा राख्ने प्रकृतिको मात्रै हो ।

रौतहटमा पछिल्ला समय मिटरब्याज र अनुचित लेनदेनविरुद्ध पीडितहरू सडकदेखि अदालतसम्म संघर्षरत रहेका बेला चर्चित व्यापारीलाई कारागार पठाउने अदालतको आदेशलाई धेरैले अर्थपूर्ण रूपमा हेरेका छन् । अब सबैको नजर अन्तिम फैसलातर्फ केन्द्रित भएको छ । रामबाबु साह कलवार भारतीय नागरिकताधारी समेत रहेको आरोप लाग्दै आएको छ ।

रेशम चौधरीलाई राहत

नागरिक उन्मुक्ति पार्टीका संस्थापक नेता रेशम चौधरीलाई र ...

भन्सार छलीका १३ लाखभन्दा बढीका अवैध सामान बरामद

नेपाल–भारत सीमा जोडिएका जिल्लाका विभिन्न स्थानमा ...

असोज ७ गते बुधबार,यस्तो छ तपाईंलो राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल असोज ७ गते । बुधबार । इ ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब