ब्राउनसुगरजस्तो देखिने पदार्थसहित पक्राउ

  • साउन १, २०८३ | १०१ पटक पढिएको | सीमा संदेश
alt

बटुवाको आवरणमा पैदल हिँडेर सीमावर्ती भारतीय बजार हुँदै नेपालतर्फ आउँदै गरेका सिन्धुलीका एक व्यक्ति ब्राउनसुगरजस्तो देखिने पदार्थसहित सिराहामा पक्राउ गरेका छन् । जिल्ला प्रहरी कार्यालय सिराहाका अनुसार सिराहा नगरपालिका– १७ माडरस्थित इलाका प्रहरी कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले सिन्धुलीको कमलामाई नगरपालिका– ६ घर भएका करिब ४४ वर्षीय महेशकुमार थापालाई बुधबार साँझ पक्राउ गरेको हो ।

शंकास्पद अवस्थामा आउँदै गरेका थापामाथि शंका लागेर रोकेर खानतलासी गर्दा पाइन्टको खल्तीबाट प्लास्टिकबाहेक नौ ग्राम ब्राउनसुगरजस्तो देखिने पदार्थ बरामद भएको सिराहा प्रहरीका प्रहरीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रमेशबहादुर पालले जानकारी दिए । 

ब्राउनसुगरजस्तो देखिने पदार्थ बरामद भएपछि तत्काल थापालाई नियन्त्रणमा लिई जिल्ला प्रहरीमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । त्यसअघि प्रहरीले सिराहाको मिर्चैया नगरपालिका– ६ कटारी चोकबाट ३० असारको राति बेकरी पसलमा लुकाएर राखिएको प्लास्टिकबाहेक ७० मिलिग्राम ब्राउनसुगजस्तो देखिने पदार्थ, २२ हजार २५० रुपैयाँ नगद, पाँच थान मोबाइल बरामदसँगै बेकरी सञ्चालक मिर्चैया– १ का करिब ३५ वर्षीय उमेश श्रेष्ठ, मिर्चैया– ८ जीवा टोलका करिब ३२ वर्षीय चन्द्रप्रसाद गिरी, मिर्चैया– ६ का करिब २१ वर्षीय देवकुमार पासवानलाई पक्राउ गरेको थियो ।

गोलबजारमा सुनसरी घटनाको विरोधमा प्रदर्शन

सिरहा।सुनसरीको देवानगञ्ज गाउँपालिका ३, कप्तानगञ्जमा प्र ...

देवानगञ्जमा सुरक्षा व्यवस्था कडा : सद्भाव कायम राख

कोशी प्रदेशको सुनसरीमा दुई समुदायबीच भएको झडपपछ उत्पन्न ...

साउन १२ गते मंगलबार, यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल साउन १२ गते । मंगलबार । ...

गोलबाजरका स्थानीय धुँवा धुलोले आक्रान्त

गोलबजार । पूर्व–पश्चिम लोकमार्ग अन्तर्गत सप्तरीको ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब