सिराहाको सीमा क्षेत्रबाट १५ लाख बढीको अवैध सामान बरामद

  • साउन २, २०८३ | १९४ पटक पढिएको | सीमा संदेश
alt

सिराहा । सशस्त्र प्रहरी बल नम्बर ७ गण हेड क्वटर सिराहाले सीमा क्षेत्रको विभिन्न स्थानबाट  १५ लाख बढीको अवैध सामानहरू बरामद गरी भन्सार कार्यालय बुझाएको छ। 

किराना सामान, कपडा, मदिरा तथा पेय पदार्थ र दुई थान मोटरसाइकलसहित रु १५ लाख ४८ हजार ८७० रुपैयाँ मूल्य बराबरको भन्सार छलीका सामानहरू शुक्रवार बरामद गरी सिराहा भन्सार कार्यालयमा बुझाएको हो।  

गस्तीको क्रममा नेपाल भारत सीमा क्षेत्रबाट बीआर ३२ एए ९०८ र बीआर ३२ एफ ६५९७ नम्बरको मोटरसाइकल सहितको उक्त सामाग्री रितपूर्वक बरामद गरी आवश्यक कार्वाहकीको लागि भन्सार कार्यालय बुझाएको सशस्त्र प्रहरी बल नम्बर ७ गण हेडक्वटर सिरहाका सूचना अधिकारी सीयाराम चौधरीले जानकारी दिए।

कपडा तथा किराना सामानहरू भारतबाट नेपाल तर्फ अवैध रूपमा आउने र मदिरा भारत तर्फ जाने गर्दछ।

त्यसैगरी, सशस्त्र प्रहरी बल नम्बर ७ गण हेड क्वटर सिराहाले गत असार महिनामा मात्र एक करोड ५६ लाख मूल्य बराबरको चोरी पैठारीको सामान बरामद गरी भन्सार कार्यालयमा बुझाएको छ।

रेशम चौधरीलाई राहत

नागरिक उन्मुक्ति पार्टीका संस्थापक नेता रेशम चौधरीलाई र ...

भन्सार छलीका १३ लाखभन्दा बढीका अवैध सामान बरामद

नेपाल–भारत सीमा जोडिएका जिल्लाका विभिन्न स्थानमा ...

असोज ७ गते बुधबार,यस्तो छ तपाईंलो राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल असोज ७ गते । बुधबार । इ ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब