५ करोडभन्दा बढीको तस्करीका सामान बरामद

  • साउन ४, २०८३ | ५८ पटक पढिएको | सीमा संदेश
alt

सीमावर्ती जिल्ला रौतहटले एक वर्षको अवधिमा प्रहरीले बिभिन्न मुद्दामा फैसला कार्यान्वयन गर्न ६९४ जनालाई पक्राउ, ४४८ फरार प्रतिवादीलाई कानुनी दायरामा ल्याउनुका साथै ५ करोड ९२ लाख रुपैयाँभन्दा बढी मूल्यका भन्सार छलीका सामान बरामद गरेको छ ।

आइतबार जिल्ला प्रहरी कार्यालय गौरमा आयोजित पत्रकार सम्मेलनमा वार्षिक प्रगति विवरण सार्वजनिक गर्दै एसपी सीताराम रिजाल ले वर्षभरि १ हजार १५२ वटा मुद्दा दर्ता भएको जानकारी दिएका छन् । तीमध्ये ६८० मुद्दा फछ् र्योट भइसकेका छन् भने ४७२ मुद्दा अनुसन्धानकै क्रममा छन् । यस्तै, दर्ता भएका ४ हजार ८५० ठाडा उजुरीमध्ये ४ हजार ३८० फछ् र्योट भइसकेका छन् भने ४७० उजुरी प्रक्रियामा रहेका छन् । लागुऔषध विरुद्धको अभियानमा प्रहरीले ३९ वटा मुद्दा दर्ता गरी ५१ जनालाई पक्राउ गरेको छ। यस अवधिमा ८४७ किलो ७२० ग्राम गाँजा, २५ ग्राम ५१० मिलिग्राम ब्राउन सुगर, ४ हजार २६५ नशालु एम्पुल तथा १३ हजार ९१६ वटा लागुऔषधजन्य ट्याब्लेट बरामद गरिएको एसपी रिजालले जानकारी दिएका छन् ।

अदालतको फैसला कार्यान्वयन अभियानअन्तर्गत पक्राउ परेका ४४८ फरार प्रतिवादीबाट ७६ वर्ष ११ महिना ११ दिन कैद सजाय कार्यान्वयन गरिएको छ भने ६९ लाख ७१ हजार ८७४ रुपैयाँ जरिवाना समेत असुल गरिएको प्रहरीले जनाएको छ । अवैध हातहतियार नियन्त्रण अभियानमा ६ थान हतियार र १९ राउण्ड गोली बरामद गरिएको छ भने ३ जना पक्राउ परेका छन्। यस्तै, नक्कली मुद्रासम्बन्धी ३ वटा मुद्दामा ७ जनाविरुद्ध कारबाही अघि बढाइएको छ। सो क्रममा १ लाख ३६ हजार रुपैयाँ बराबरका नक्कली नोट समेत बरामद गरिएको प्रहरीले जनाएको छ । ट्राफिक व्यवस्थापनतर्फ आर्थिक वर्षभरि १ हजार ८८ वटा सवारी दुर्घटना हुँदा ५३ जनाको मृत्यु तथा १ हजार ६९६ जना घाइते भएका छन्। ट्राफिक नियम उल्लंघन गर्ने १० हजार २५५ सवारी साधनलाई कारबाही गर्दा १ करोड १ लाख ३७ हजार रुपैयाँ राजस्व संकलन भएको छ ।

भन्सार छली नियन्त्रण अभियानमा प्रहरीले १८ जनालाई पक्राउ गरी १५५ वटा सवारी साधन नियन्त्रणमा लिएको छ । यस क्रममा ५ करोड ९२ लाख ५५ हजार ७२१ रुपैयाँ बराबरका राजस्व छलीका सामान भन्सार कार्यालयमा दाखिला गरिएको एसपी रिजालले बताए । उनका अनुसार यो उपलब्धि अघिल्लो आर्थिक वर्षको तुलनामा ५.२४ प्रतिशतले बढी हो । यसैगरी, स्रोत नखुलेको १३ लाख ६२ हजार २०० रुपैयाँसहित ४ जना पक्राउ परेका छन्। वन संरक्षण अभियानअन्तर्गत २२२ क्युबिक फिट सालको काठ बरामद गरी ५ लाख ९५ हजार २२५ रुपैयाँ राजस्व संकलन गरिएको छ भने २ जना पक्राउ परेका छन् ।

नदीजन्य पदार्थको अवैध उत्खनन नियन्त्रण अभियानमा ३० वटा सवारी साधन र ३ जनालाई नियन्त्रणमा लिई २ लाख ५७ हजार ३०० रुपैयाँ राजस्व संकलन गरिएको छ । घरेलु मदिरा उत्पादनविरुद्ध सञ्चालन गरिएको अभियानमा ५ वटा अवैध मदिरा भट्टी नष्ट, १ हजार ५४५ लिटर मदिरा, २ हजार लिटर कच्चा पदार्थ, एक सवारी साधन तथा मदिरा उत्पादनमा प्रयोग हुने विभिन्न सामग्री नष्ट गरिएको प्रहरीले जनाएको छ । सामुदायिक प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत वर्षभरि १५४ कार्यक्रम सञ्चालन गरिएको थियो।

साथै, एक वर्षको अवधिमा १ लाख ३३ हजार ७६४ सेवाग्राहीले जिल्ला प्रहरी कार्यालय रौतहटबाट विभिन्न प्रहरी सेवा प्राप्त गरेका छन् ।

गोलबजारमा सुनसरी घटनाको विरोधमा प्रदर्शन

सिरहा।सुनसरीको देवानगञ्ज गाउँपालिका ३, कप्तानगञ्जमा प्र ...

देवानगञ्जमा सुरक्षा व्यवस्था कडा : सद्भाव कायम राख

कोशी प्रदेशको सुनसरीमा दुई समुदायबीच भएको झडपपछ उत्पन्न ...

साउन १२ गते मंगलबार, यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल साउन १२ गते । मंगलबार । ...

गोलबाजरका स्थानीय धुँवा धुलोले आक्रान्त

गोलबजार । पूर्व–पश्चिम लोकमार्ग अन्तर्गत सप्तरीको ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब