लहान खानेपानी संस्थानद्वारा बक्यौता असुलीमा कडाइ

  • साउन ५, २०८३ | १७५ पटक पढिएको | सीमा संदेश
alt

नेपाल खानेपानी संस्थान लहानले लामो समयदेखि महसुल नतिर्ने उपभोक्ताबाट बक्यौता असुली अभियानलाई तीव्र बनाएको छ। संस्थानले घरदैलो कार्यक्रम सञ्चालन गर्नुका साथै बक्यौता नतिर्ने उपभोक्ताको खानेपानी धारा काट्ने कामलाई अघि बढाएको हो।

शाखा प्रमुख राकेश गोइतका अनुसार हालसम्म महसुल नबुझाउने १४० जना उपभोक्ताको धारा काटिएको छ। बक्यौता रकम भुक्तानी गरे लगत्तै पुनः धारा जडान गरिने व्यवस्था गरिएको उनले बताए। उनका अनुसार हाल रु ७१ लाख ८० हजार ३१६ बक्यौता रकम असुल हुन बाँकी छ।

बक्यौता नतिर्ने उपभोक्ताको विवरण सङ्कलन गरी कालोसूचीमा राख्ने तयारीसमेत भइरहेको प्रमुख गोइतले जानकारी दिए। उनका अनुसार लहान नगरपालिकाको मात्रै रु २६ लाख बक्यौता बाँकी छ । नगरपालिकाका विभिन्न वडामा जडान गरिएका सार्वजनिक धाराको महसुल भुक्तानी हुन नसक्दा समस्या देखिएको भन्दै उनले सार्वजनिक स्थानमा जडान गरिएका ५६ वटा धारामध्ये हाल १४ वटा मात्रै सञ्चालनमा रहेका जानकारी दिए।

साथै घरेलु तथा साना उद्योग कार्यालय, सडक डिभिजन कार्यालय, यान्त्रिक कार्यालय, रामकुमार उमाप्रसाद स्मारक अस्पताल, रेडक्रस सोसाइटीलगायत सरकारी निकाय तथा विभिन्न व्यक्ति र संस्थाबाट पनि बक्यौता उठाउन बाँकी रहेका प्रमुख गोइतले बताए। सेवा नियमित र प्रभावकारी बनाउन समयमै महसुल तिर्न सबै उपभोक्तालाई आग्रह गर्दै बक्यौता असुली अभियानलाई अझ कडाइका साथ लागू गरिने उनको भनाइ छ।

सिरहाबाट जुवातास खेलिरहेको अवस्थामा एक भारतीयसहित

जुवातास खेलिरहेको अवस्थामा जिल्ला सदरमुकाम सिराहास्थित ...

पदभार ग्रहण गर्दै मुख्यमन्त्री यादवले भने–मधेशमा स

मधेशका मुख्यमन्त्री सरोजकुमार यादवले पद तथा गोपनीयताको ...

मंसिर ७ गते सोमबार, यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल मंसिर ७ गते । सोमबार । ...

पिडीतलाई गालीगलैज गर्ने प्रहरीलाई कारवाही

पिडीतलाई गाली गलौज गर्ने प्रहरी अधिकारीमाथि कारवाही प्र ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब