विशेष सम्पादकीय

  • साउन ६, २०८३ | ५२ पटक पढिएको | सीमा संदेश
alt

आजदेखि सीमा सन्देश दैनिक पत्रिका सातौँ वर्ष पुरा गरेर आठौँ वर्षमा प्रवेश गरेको छ । संघर्ष र सफलताका यी सात वर्षमा सीमा सन्देश दैनिकसँग प्रत्यक्ष–अप्रत्यक्ष जोडिनुभएका सबै पाठक, दर्शक, संघसंस्था, व्यक्तित्व, विज्ञापनदाता, कर्मचारी, पत्रकारलगायत सबै सुभेच्छुकमा सीमा सन्देश परिवार हार्दिक धन्यवाद व्यक्त गर्दछ । साथै वार्षिक उत्सवको यो सुखद अवसरमा आगामी वर्षहरुलाई पनि जनपक्षिय पत्रकारिताको बलियो मिडिया निर्माण गर्न सीमा सन्देश उस्तै लगन र स्वाभिमानका साथ लागिरहने प्रतिबद्धता पनि व्यक्त गर्दछ ।

गरिब, उपेक्षित र सीमान्तकृत जनताको आवाज बोकेर हिँडिने कुनै पनि पाइला सहज हुँदैन । सीमा सन्देशले पनि आफ्नो सात वर्षे यात्रामा अनेकौं कठिनाईको सामना गरेको छ । थुप्रै असुविधाको बीचबाट सानो टिमले शुरु गरेको सीमा सन्देश दैनिकसँग शुवातमा आफ्नै विवेक र पसिनाको बल सिवाय केही थिएन । सबैभन्दा ठूलो शक्ति भनेको आत्मविश्वास र जनताको सत्य बोल्ने साहस हो भन्ने विचारलाई पक्रेर सीमा सन्देशले सात वर्षसम्म संघर्षका असंख्य पाइलाहरु नेपाली समाजको हाइवेमा दर्ज गरिरह्यो।

संचार विस्फोटको आजको युगमा टेलिभिजन, रेडियो, अनलाइन, युटुव लगायतका मिडियाको हुलमा छापा माध्यमले  नयाँ ढङ्गले संघर्ष गर्नु परिरहेको छ । सत्यलाई असत्य र असत्यलाई सत्य सावित गर्ने हजारौं प्रयत्न हरेक दिन नेपाली मिडियाको दुनियाँमा ‘बिजनेस’ पनि चलिरहन्छ । यो चुनौतीलाई सामना गर्दै सीमा सन्देशले जनताको सत्य बोल्ने बलियो शक्ति संस्थागत गरेको तथ्य नेपाली जनताका सामु राख्दा आज हामी गौरवान्वित महसुस गरिरहेका छौं। 

स्थानीय राजनीतिक, सामाजिक र आर्थिक मुद्दाहरूमा विशेष केन्द्रित सीमा सन्देशका समाचार, खोजमूलक रिपोर्टहरूका अतिरिक्त कृषि, शिक्षा, विज्ञान प्रविधि, सांस्कृतिक गतिविधि, जीवनशैली, स्वास्थ्य, खेलकुद, मनोरञ्जन र साहित्यसँग सम्बन्धित सामग्रीहरू प्रकाशन हुन्छन् । त्यसैगरी, विश्वभर सुखदुःखका हालखबर र अन्तर्राष्ट्रिय समाचार पनि यिनमा प्रकाशन हुन्छन् ।

नेपाली जनताको दशकौँदेखिको सङ्घर्ष र त्याग तथा नेपाल आमाका हजारौँ सर्वोत्तम छोराछोरीको बलिदानको बदलामा हामीले सङ्घीय लोकतान्त्रिक गणतन्त्र पाएका छौँ । यो युगीन परिवर्तनको रक्षा र नेपाली नागरिकको भलोका पक्षमा अहोरात्र पहरेदारी गर्न हामी प्रतिबद्ध छौँ ।
राष्ट्रियता, सङ्घीय लोकतान्त्रिक गणतन्त्र, समावेशिता, नागरिक अधिकार, सुशासन, प्रेस स्वतन्त्रताका पक्षमा हामी अग्रमोर्चामा अविचलित छौँ । राष्ट्रिय अखण्डताको रक्षा तथा क्षेत्रीय, जातीय र धार्मिक सद्भाव संवद्र्धनप्रति हामी समर्पित छौँ ।

स्थापनादेखि आजसम्मका अनुभवले आगामी यात्रा अझ परिपक्व बनाउन हामीलाई सघाउने छन् । यो सुखद क्षणमा हामी हर्षित मात्रै छैनौँ, मुलुकको समृद्धि र नागरिकको सुख, शान्ति र सम्मानका लागि अझ उन्नत स्तरको पत्रकारिता गर्ने साहस पनि बटुलेका छौँ ।

हामी चाहन्छौँ– हाम्रो देश सुन्दर त छँदैछ, यो सुशासनयुक्त र समृद्धसमेत बनोस् । तर व्यवस्था परिवर्तनका अनेक उपलब्धिहरू हासिल भए पनि दिगो सुशासन र समृद्धि प्राप्तिको उत्कट जनआकाङ्क्षा र अपेक्षा अधुरै छन् । त्यसका लागि जिम्मेवारीपूर्ण ढङ्गले समर्पित हुनैपर्ने दायित्वबोध हामीले गरेका छौँ ।

जेनजी विद्रोह पछि भएको आमनिर्वाचनबाट नयाँ राजनीतिक शक्तिको झन्डै दुई तिहाइको सरकार बनेको छ । जनताले भ्रष्टाचारमुक्त र सुशासनयुक्त शासन हुने अपेक्षा र विश्वासका साथ प्राप्त जनादेशमाथि धोका दिने छुट यो सरकारलाई छैन । जनताका आशा–अपेक्षामा तुषारापात नहोस् भनी हामी सरकार र सम्बद्ध सबै पक्षलाई प्रोत्साहन तथा सकारात्मक खबरदारी गरिरहने छौँ । 

यस सुखद अवसरमा सीमा सन्देश दैनिकको सङ्घर्षपूर्ण तर गौरवमय यात्राका दुःखसुखमा अविच्छिन्न साथ सहयोग, माया र विश्वास गर्नु हुने हाम्रा आदरणीय पाठक–दर्शक, विद्वान् लेखक, सूचनाका श्रोतहरू, विज्ञापनदाता एवं समस्त शुभेच्छुकहरूप्रति हार्दिक आभार प्रकट गर्दै भविष्यमा पनि यस्तै न्यानो साथ सहयोग र सद्भावको अपेक्षा गरेका छौँ।

नेकपा–एमालेबीच तीनबुँदे सहमति : संयुक्त सरकार गठन

अदालतको आदेशपछि तत्कालीन नेपाल कम्युनिष्ट पार्टी  ...

धर्मेन्द्र प्रधानको राजीनामा स्वीकृत, प्रल्हाद जोश

भारतका शिक्षामन्त्री धर्मेन्द्र प्रधानले पदबाट राजीनामा ...

मधेशका १० पालिकामा कृषिको नमूना कार्यक्रम सञ्चालन

कृषि, वन तथा पर्यावरण मन्त्रालयले मधेश प्रदेशका १० वटा ...

सर्पको टोकाइले मृत्यु भएपछि क्षतिपूर्ति माग्दै सडक

भागवानपुर । सिरहाको भगवानपुर गाउँपालिका–१ स्थित भ ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब