भगवानपुरबाट २१ लाख बढीको मदिरा र कार नियन्त्रणमा

  • साउन ८, २०८३ | ५० पटक पढिएको | सीमा संदेश
alt

सिरहा । सशस्त्र प्रहरीले सिरहाबाट भारततर्फ लैजाँदै गरेको अवस्थामा मदिरा र मदिरा लैजान प्रयोग भएको गाडी नियन्त्रणमा लिएको छ ।

सशस्त्र प्रहरी बल नेपाल नं. ७ गणबाट खटिएको प्रहरी टोलीले करिब २१ लाख २७ हजार २१० रुपैयाँ बराबरको अवैध मदिरा र कार नियन्त्रणमा लिएको हो ।

सशस्त्र प्रहरीका अनुसार बिहीवार बिहान करिब २:०५ बजे सिरहाको भगवानपुर गाउँपालिका–३ धाँतीस्थित दशगजा नजिक सीमा क्षेत्रमा सीमा सुरक्षा गुल्म मुख्यालय इनर्वाबाट खटिएको ९ सदस्यीय मोबाइल गस्ती टोलीले शंकास्पद अवस्थामा रहेको डिएल–७ च ९७९२ नम्बरको सेतो रङको मारुती सुजुकी कार जाँच गर्ने क्रममा ठूलो परिमाणमा अवैध मदिरा फेला पारेको हो।

बरामद मदिरामा ब्ल्याक ओक, अर्ना क्यान बियर, बाह्रसिङ्गे बियर तथा कस्तुरी मदिरा रहेका छन्।

कारसहित बरामद गरिएको मदिराको कुल अनुमानित मूल्य २१ लाख २७ हजार २१० रुपैयाँ रहेको सशस्त्र प्रहरी बल नेपाल नं. ७ गण सिरहाका प्रमुख एसपी सुमनजङ थापा मगरले जानकारी दिए।

प्रहरीका अनुसार कार चालक भने फरार छन् ।

सर्पको टोकाइले मृत्यु भएपछि क्षतिपूर्ति माग्दै सडक

भागवानपुर । सिरहाको भगवानपुर गाउँपालिका–१ स्थित भ ...

भोजपुरी सुपरस्टार खेसारी लाल यादवविरूद्ध उजुरी दर्

भोजपुरी अभिनेत्री अञ्जना सिंहले भोजपुरी सुपरस्टार खेसार ...

पूर्वमन्त्री गुप्ताले स्वीकारे गल्ती : चालकलाई मा

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सिरहा निर्वाचन ...

सीमा क्षेत्रबाट १८ लाख बढीको अवैध सामान बरामद

सिरहा । सशस्त्र प्रहरी बल नेपाल नम्बर ७ गण हेडक्वार्टर ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब