बुवा र छोराको मिलेमतोमा अनियमितता !

  • साउन १३, २०८३ | ७२ पटक पढिएको | सीमा संदेश
alt

सिरहाको सुखीपुर नगरपालिका अन्तर्गत रहेको नगर अस्पतालका प्रमुख डा. लुस्युनकुमार यादवले साउन महिनाभरिको हाजिरी एकैदिन गरेको आरोप लागेको छ ।

अस्पतालको हाजिरी रजिस्टरमा साउन २८ गतेसम्मको उपस्थितिमा एकैपटक हस्ताक्षर गरिएको देखिएको छ । हाजिरी रजिस्टरको प्रतिलिपि अनुसार डा. यादवले आधा महिना पनि नबित्दै साउन २८ गतेसम्मको हाजिरी गरेका छन् । अस्पताल स्रोतको अनुसार उक्त हस्ताक्षर असार महिनाकै पहिलो सातामा गरिएको छ । अस्पतालका एक कर्मचारीका अनुसार डा. यादवले दैनिक हाजिरी नगरी दुई–तीन महिनाको हाजिरी एकैपटक गर्ने गरेका छन् ।

ती कर्मचारीले डा. यादव अस्पतालमा कहिलेकाहीँ मात्र आउने भए पनि पूरा उपस्थितिको हाजिरी हुने गरेको दाबी गरेका छन् । करिब चार वर्षअघि करार सेवाअन्तर्गत नवौं तहमा नियुक्त भएका डा. यादव सुखीपुर नगरपालिकाका मेयर रामऔतार यादवका छोरा हुन् । कर्मचारीको अनुसार नगर प्रमुखका छोरा भएकाले अस्पतालभित्र उनको कार्यशैलीबारे प्रश्न उठाउने वातावरण नरहेको छ ।

यस विषयमा प्रतिक्रिया माग्दा डा. यादवले आरोप अस्वीकार गरेका छन् । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चयचन्द्र साहले भने उक्त विषय आफ्नो जानकारीमा नरहेको प्रतिक्रिया दिएका छन् ।

यता मेयर रामऔतार यादवले भने यस विषयमा बोल्न चाहेनन् ।

ब्यारेजदेखि इटहरीसम्म कफ्र्यु

सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा दुई ...

आज गुरु पूर्णिमा र व्यास जयन्ती: गुरुप्रति सम्मान

आषाढ शुक्ल पूर्णिमाका दिन आज देशभर गायत्री, दीक्षा, वेद ...

भरियो अख्तियारको हिरासत

घुससहित पक्राउ परेका कर्मचारीले अख्तियार दुरुपयोग अनुसन ...

साउन १३ गते बुधबार, यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल साउन १३ गते । बुधबार । ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब