गोलबजार झडपका घाइते एक जनालाई धरान पठाइयो

  • साउन १४, २०८३ | ६५ पटक पढिएको | सीमा संदेश
alt

सिरहा । गोलबजारमा बिहीबार दिउँसो भएको प्रदर्शनका क्रममा एक जनाको मृत्य र घाइते भएका एक जनालाई धरान पठाइएको छ ।

उनलाई सुरुमा नेपाली सेनाको हेलिकप्टरमार्फत काठमाडौं लाने तयारी गरिएको थियो । यद्यपि होस खुलेपछि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको हो ।

गोलबजारमा दुई पक्षबीच झडप हुँदा दुई जना गम्भीर घाइते भएका थिए । सुनसरीमा भएको दुई समुदायबीचको झडपको असर अन्य जिल्लामा परेको हो ।

कर्फ्यु आदेश जारी भए पनि प्रदर्शन जारी छ । आगजनी र तोडफोड हुन थालेपछि प्रहरीले गोली चलाएको हो ।

केहीबेरअघि प्रदर्शनकारीले एक मोटरसाइकल ग्यारेजका मोटरसाइकल निकालेर आगजनीसमेत गरेका थिए ।

आगजनीका कारण ११ वटा मोटरसाइकल नष्ट भएको प्रहरीले जनाएको छ ।

गोलबजारमा पनि स्थिति अशान्त बनेसँगै स्थानीय प्रशासनले कर्फ्यू आदेश जारी भइसकेको छ ।

कोशी घटनाको प्रभाव मधेशभर

सुनसरीको देवानगञ्जमा आइतबार राति भएको प्रहरी–प्रद ...

देवानगञ्ज घटनामा मृतकका परिवारसँग गृहमन्त्रीले गरे

देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको घटनामा ...

मधेशका ११ केन्द्रमा एमबीएस परीक्षा स्थगित

त्रिभुवन विश्वविद्यालयले मधेश प्रदेशका ११ केन्द्रमा पूर ...

साउन १५ गते शुक्रबार, यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल साउन १५ गते । शुक्रबार ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब