देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको घटनामा परी मृत्यु भएका ओमप्रकाश मेहता र जयप्रकाश मेहताका परिवार तथा गृह मन्त्रालयबीच विभिन्न माग सम्बोधन गर्ने गरी सहमति भएको छ।
त्यस्तै, घटनाको निष्पक्ष र प्रभावकारी छानबिन गरी दोषीमाथि प्रचलित कानुनबमोजिम आवश्यक कारबाही प्रक्रिया तत्काल अघि बढाउने सहमति भएको छ।
घटनाबारे अध्ययन गर्न गठित छानबिन समितिले पेस गर्ने प्रतिवेदनका सुझाव तथा सिफारिसलाई प्रचलित कानुनबमोजिम यथाशीघ्र कार्यान्वयन गर्न आवश्यक प्रक्रिया अघि बढाउने सहमति पनि भएको छ।
त्यसैगरी, मृतकहरूको सम्झनामा गाउँपालिकाको उपयुक्त क्षेत्रमा स्थानीय सरकारसँगको समन्वयमा स्मृति पार्क निर्माण गर्ने सहमति भएको छ।
सहमतिमा आज (शुक्रबार) दिउँसो २ बजे मृतकको दाहसंस्कार गर्ने पनि उल्लेख गरिएको छ।

Copyright © 2020 / 2026 - Seema Sandesh Daily.com All rights reserved