सिरहामा ५ जना सहित सामाजिक सद्भाव बिथोल्ने ३९ जना प्रहरी नियन्त्रणमा

  • साउन १६, २०८३ | १०१ पटक पढिएको | सीमा संदेश
alt

तराईका विभिन्न ६ जिल्लामा सामाजिक सद्भाव बिथोलेको आरोपमा प्रहरीले ३९ जनालाई नियन्त्रणमा लिएको छ।

केन्द्रीय प्रहरी प्रवक्ता डीआईजी अबिनारायण काफ्लेका अनुसार शुक्रबार पक्राउ परेका ती व्यक्ति अनुसन्धानका लागि प्रहरी हिरासतमा राखिएका छन् । उनीहरूले सामाजिक सद्भाव बिथोल्ने गतिविधि गरेको उनले बताए ।

शुक्रबार सबैभन्दा बढी धनुषामा पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालयको हिरासतमा २१ जनालाई राखिएको छ । त्यसबाहेक सिरहामा ५, सर्लाहीमा ९, पर्सामा १, महोत्तरीमा २ र सप्तरीमा १ जना नियन्त्रणमा छन्।

धनुषा, महोत्तरी र सिराहामा बिहीबार पक्राउ परेका २५ जनालाई आवश्यक अनुसन्धानपछि हाजिर जमानीमा छोडिएको प्रवक्ता काफ्लेले बताए । बिहीबार धनुषामा १२, महोत्तरीमा १० र सिराहामा १ जना पक्राउ परेका थिए।

रेशम चौधरीलाई राहत

नागरिक उन्मुक्ति पार्टीका संस्थापक नेता रेशम चौधरीलाई र ...

भन्सार छलीका १३ लाखभन्दा बढीका अवैध सामान बरामद

नेपाल–भारत सीमा जोडिएका जिल्लाका विभिन्न स्थानमा ...

असोज ७ गते बुधबार,यस्तो छ तपाईंलो राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल असोज ७ गते । बुधबार । इ ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब