इन्डोनेसियामा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प

  • साउन ३०, २०८३ | ११३ पटक पढिएको | सीमा संदेश
alt

शनिबार बिहान पूर्वी इन्डोनेसियाको फ्लोरेस टापुमा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ।

स्थानीय सञ्चारमाध्यमका अनुसार यस भूकम्पमा परी कम्तीमा दुई जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्। भूकम्पको धक्कापछि हजारौँ मानिस घर छोडेर भागेका छन्। इन्डोनेसियाको भूभौतिक एजेन्सी बीएमकेजीका अनुसार बिहान ४:५८ बजे फ्लोरेसको उत्तरी तट नजिक एन्डे सहरबाट ६८ किलोमिटर उत्तर-उत्तरपश्चिममा भूकम्पको केन्द्रबिन्दु थियो। १५ किलोमिटर गहिराइमा गएको उक्त भूकम्पपछि ६.१ म्याग्निच्युडको परकम्पसहित धेरै परकम्पहरू गएका छन्।

पश्चिम नुसा तेंगारा र दक्षिण सुलावेसीसम्मै भूकम्पको धक्का महसुस गरिएको थियो। नागेकियो र बिमा क्षेत्रमा झन्डै एक मिनेटसम्म निकै ठूलो झट्का महसुस भएको राष्ट्रिय विपद् न्यूनीकरण एजेन्सीका प्रवक्ता डोडी युलेओवाले बताए। उनले अहिले तत्काल ठूलो क्षति भएको आधिकारिक जानकारी नआएको जानकारी दिए।

भूकम्प लगत्तै बीएमकेजीले सुनामीको चेतावनी जारी गर्दै मानिसहरूलाई सुरक्षित स्थान वा अग्लो ठाउँमा जान आग्रह गरेको थियो। नागेकियो क्षेत्रका स्थानीय बासिन्दाहरू समुद्रको पानी पछि हटेको देखेपछि सुरक्षित स्थानतर्फ भागेका थिए। यद्यपि, केही समयपछि सुनामीको चेतावनी हटाइएको छ।

बीएमकेजीका निर्देशक विजेयन्तोले समुद्रको सतहको निरन्तर निगरानी भइरहेको बताए। उनले भने, ‘हामीले सुनामी चेतावनी समाप्त गरेका छौँ तर समुद्री सतहको निगरानी गरिरहनेछौँ।’

सामाजिक सञ्जालमा सार्वजनिक भएका केही भिडियोहरूमा मौमेरे सहरका केही भवनका भागहरू भत्किएको र मानिसहरू चिच्याउँदै सडकमा दौडिरहेको देखिन्छ। एन्डे जिल्लाको अस्पतालले बिरामीहरूलाई भवनबाट बाहिर निकालेर सुरक्षित स्थानमा राखेको छ।

उता, अष्ट्रेलियाको सुनामी चेतावनी केन्द्रले भने आफ्नो क्षेत्रमा कुनै खतरा नभएको स्पष्ट पारेको छ। एजेन्सी

प्रधानमन्त्री मोदीको अध्यक्षतामा ब्रिक्स घोषणापत्र

नयाँ दिल्ली। भारतमा जारी १८औँ ब्रिक्स शिखर सम्मेलनको पह ...

‘मधेश राज्य’का लागि संघर्षको आह्वान : छठपछि सशक्त

९ दलीय सम्मलित गठन गरिएको अग्रगामी मोर्चाले मधेश प्रदेश ...

शिक्षामन्त्री पोखरेल सहभागी कार्यक्रममा रास्वपाकै

सिरहाको औरही गाउँपालिकामा आयोजित एक कार्यक्रममा पुगेका ...

भदौ २८ गते आइतबार, यस्तो छ तपाईं को राशिफल

वि.सं.२०८३ साल भाद्र २८ गते । आइतबार । ईश्वी सन् २०२६ स ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब