मधेश प्रदेशका ८ वटै पत्रकार महासंघ शाखालाई कार्यालय सामग्री हस्तान्तरण

  • भदौ ५, २०८३ | १३० पटक पढिएको | सीमा संदेश
alt

मधेश प्रदेश सरकारको गृह, सञ्चार तथा कानुन मन्त्रालयले प्रदेशका आठवटै जिल्लास्थित नेपाल पत्रकार महासंघका शाखालाई कार्यालय सामग्री हस्तान्तरण गरेको छ।

मन्त्रालयले आयोजना गरेको कार्यक्रममा आठवटै जिल्ला शाखाका अध्यक्ष, सचिव तथा कोषाध्यक्षको उपस्थितिमा सामग्री हस्तान्तरण गरिएको हो। प्रत्येक शाखालाई एक-एक थान कम्प्युटर सेट, प्रिन्टर र प्रोजेक्टर उपलब्ध गराइएको हो ।

सामग्री हस्तान्तरण गर्दै गृह, सञ्चार तथा कानुनमन्त्री फकिरा महतोले पत्रकारिता लोकतन्त्रको महत्वपूर्ण आधारस्तम्भ रहेको बताए । उनले राज्यका गतिविधि, नागरिकका समस्या र जनताको आवाज सम्बन्धित निकायसम्म पुर्‍याउन सञ्चार क्षेत्रको भूमिका महत्वपूर्ण बताए ।

मन्त्री महतोले समाजमा भ्रमपूर्ण सूचना तथा असत्य समाचार फैलिन नदिन तथ्यमा आधारित, जिम्मेवार र सन्तुलित पत्रकारितालाई प्राथमिकता दिनुपर्नेमा जोड दिए ।

पत्रकारिता क्षेत्रको स्वतन्त्रता, व्यावसायिकता तथा संस्थागत विकाससँग सम्बन्धित समस्या समाधानका लागि सरकार, मिडिया काउन्सिल र नेपाल पत्रकार महासंघबीच समन्वय तथा सहकार्यलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता समेत उनले व्यक्त गरे ।

सिरहामा राष्ट्रिय परिचयपत्र बनाउनै सास्ती

 राष्ट्रिय परिचयपत्र बनाउन जिल्ला प्रशासन कार्यालय ...

अस्पतालबाहिर सुत्केरी गराइएको घटनामा ६ जना कर्मचार

गजेन्द्रनारायण सिंह अस्पताल, राजविराजको मूल गेटबाहिर एक ...

युएईविरुद्ध आसिफको शतक

एसीसी प्रिमियर कपको फाइनल खेलमा आसिफ शेखले शतक बनाएका छ ...

भदौ २७ गते शनिबार, यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल भाद्र २७ गते । शनिबार । ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब