चन्दा सहयोगबाट सर्पदंशका बिरामी दाजुभाइको उपचार हुदै

  • भदौ ६, २०८३ | ९५ पटक पढिएको | सीमा संदेश
alt

सिराहाको दक्षिणी सीमावर्ती भगवानपुर गाउँपालिका– २, गम्हरिया गाउँका विपन्न परिवारका सहोदर दाजुभाइलाई सुतेको ओछ्यानमै विषालु सर्पले डसेपछि आफन्त र मनकारीहरूको आर्थिक सहयोगमा उपचार चलिरहेको परिवारजनले जनाएको छ।

स्थानीय अशोक भगत र बबिताकुमारी भगतका तीन सन्तानमध्ये जेठो छोरा करिब ११ वर्षीय प्रियांसु भगत र सात वर्षीय दिव्यांसु भगतलाई गत बुधबार राति सुतेकै ओछ्यानमा करेत सर्पले डसेपछि विराटनगरस्थित विराट नर्सिङ होममा उपचार भइरहेको छ। राजनीतिकर्मीसमेत रहेका छिमेकी रामनाथ यादवका अनुसार सात धुर घडेरीबाहेक अन्य केही नभएकाले मजदुरी गरेर हातमुख जोड्दै आएको भगत परिवारलाई दुई नाबालकको उपचारमा स्थानीय गाउँले, युवा, व्यवसायीहरूले चन्दा सहयोग संकलनमार्फत उपचार चलिरहेको छ।

‘अहिलेसम्म स्थानीय युवाहरूले डिजिटल अभियानमार्फत तीन लाख रुपैयाँभन्दा बढी आर्थिक सहयोग संकलन गरी उपचारका लागि पठाइएको छ,’ उनले भने, ‘त्यसबाहेक स्थानीय गाउँलेहरूले पनि दुई नाबालकको उपचारका लागि आफ्नो गच्छेअनुसार सम्बन्धित परिवारलाई आर्थिक सहयोग गरिरहेका छन्।’ गाउँनजिकैको बालासुन्दरी मावि कक्षा ६ मा पढिरहेका प्रियांसुको अवस्था अझै गम्भीर रहेकाले भेन्टिलेटरमा राखेर उपचार भइरहेको र कान्छो दिव्यांसुको अवस्था खतरामुक्त रहेको जानकारी पाएको उनले बताए। दिव्यांसु पनि सोही विद्यालयमा कक्षा तीनमा पढिरहेका परिवारले जनाएको छ।

सर्पदंशका दुई नाबालक बिरामीको उपचारका लागि लहान उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्षसमेत रहेका युवा व्यवसायी विकास शारदा, समाजसेवी जयकिशोर यादव, व्यवसायी रामउदगार महतोलगायत अन्य सर्वसाधारणले पनि उपचारका लागि आर्थिक सहयोग गरिरहेको परिवारले जनाएको छ।

प्रधानमन्त्री मोदीको अध्यक्षतामा ब्रिक्स घोषणापत्र

नयाँ दिल्ली। भारतमा जारी १८औँ ब्रिक्स शिखर सम्मेलनको पह ...

‘मधेश राज्य’का लागि संघर्षको आह्वान : छठपछि सशक्त

९ दलीय सम्मलित गठन गरिएको अग्रगामी मोर्चाले मधेश प्रदेश ...

शिक्षामन्त्री पोखरेल सहभागी कार्यक्रममा रास्वपाकै

सिरहाको औरही गाउँपालिकामा आयोजित एक कार्यक्रममा पुगेका ...

भदौ २८ गते आइतबार, यस्तो छ तपाईं को राशिफल

वि.सं.२०८३ साल भाद्र २८ गते । आइतबार । ईश्वी सन् २०२६ स ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब