सिरहामा करेन्ट लागेर एकै दिन तीनजनाको मृत्यु

  • भदौ ८, २०८३ | ९७ पटक पढिएको | सीमा संदेश
alt

धानमा सिँचाइका लागि विद्युतीय मोटर चलाउन खोज्दा सिराहामा आइतबार एकै दिन तीनजनाको मृत्यु भएको छ। नवराजपुर–४ सुन्दरपुर गाउँका २८ वर्षीय पशुपति शर्मा तथा लक्ष्मीपुरपतारी गाउँपालिका–५ खरुकियाहीका ५५ वर्षीय पुलकित मण्डल र ४५ वर्षीय मोहम्मद इसा अन्सारीको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार सुन्दरपुर गाउँका शर्मा धान सिँचाइको मोटर चलाउन आइतबार बिहान खेत गएका थिए । खेतमा पानी तान्ने विद्युतीय मोटरको तार जोड्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको नवराजपुर आधारभूत अस्पतालमा उपचारका क्रममा मृत्यु भएको सिराहा प्रहरीले जनाएको छ । 

लक्ष्मीपुरपतारी ५ का वडाध्यक्ष ब्रह्मदेव यादवका अनुसार पुलकित मण्डल भने धानखेती हेर्न गएका थिए । तर, विद्युतीय मोटरमा जोडेको तारमा अल्झिँदा करेन्ट लागेर घटनास्थलमै उनको मृत्यु भएको हो । अन्सारी धानखेतमा पानी लगाउन गएका थिए । मोटरमा तार जडान गर्ने क्रममा करेन्ट लागेर मृत्यु भएको इलाका प्रहरी कार्यालय महेशपुर पतारले जनाएको छ । महेशपुर पतार प्रहरीका प्रमुख प्रहरी निरीक्षक विशाल मल्लका अनुसार करेन्ट लागेर मृत्यु भएका तीनैजनाको शव पोस्टमार्टमका लागि लहानस्थित रामकुमार शारदा उमाप्रसाद मुरारका प्रादेशिक अस्पताल पठाइएको छ । 

औरही गाउँपालिका– ४ का किसान गंगाराम यादवले सिँचाइका लागि अन्य विकल्प नहुँदा किसान विद्युतीय मोटर प्रयोग गर्न बाध्य रहेको र दुर्घटना बढिरहेको बताए । औरही– ४ का वडाध्यक्ष सुरेन्द्रप्रसाद यादवले विद्युतीय सामान र तारको कारणले कुनै समस्या आएमा नेपाल विद्युत् प्राधिकरणले महिनाैँसम्म वास्ता नगर्दा समस्या बढेको बताए । 

पानी तान्ने मोटरसहित घरायसी उपयोगसम्बन्धी विद्युतीय उपकरण चलाउँदा सामान्य सावधानीसमेत नअपनाउँदा मानवीय क्षति भइरहेकाले सजगता अपनाउनुपर्ने प्राधिकरण मधेश प्रदेश प्रमुख शम्भु  कुसियत यादवले बताए । विद्युतीय सामग्री चलाउनुअघि सावधानीपूर्वक हेर्ने र नांगो तार प्रयोग गर्दै नगर्ने, सिँचाइका लागि चिसो भुइँमा तारले छुने भएकाले तारलाई मुसाले काटे–नकाटेको राम्ररी हेरेर मात्र प्रयोग गर्नुपर्ने बताए । 

एक वर्षमा गुमाए ५० जनाले ज्यान
सिराहामा एक वर्षमा करेन्ट लागेर ५० जनाले ज्यान गुमाएका छन् । जिल्ला प्रहरी कार्यालय सिराहाका अनुसार आव ०८२/०८३ मा करेन्ट लागेका एक सय २६ वटा घटना भएका थिए । ती घटनामा ५० जनाको मृत्यु र ७५ जना घाइते भएको तथ्यांक छ ।

 करेन्टसम्बन्धी घटनामा मृत्यु भएकामध्ये धेरैजसो खेतीपातीका लागि विद्युतीय मोटर जडान गर्दा र केही घरायसी काममा प्रयोग हुने विद्युतीय उपकरण चलाउँदा करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका साउनमा मात्र करेन्टसम्बन्धी भएका नौवटा घटनामा तीनजनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् । 

सिरहा क्याम्पसमा वाणिज्य सङ्काय र पीजीडीई तर्फ आकर

गोलबजार । सरकारले आंशिक क्याम्पसहरु प्रति  गरिरहेक ...

प्रेस युनियन सिरहा शाखामा सर्वसम्मत नेतृत्व चयन

नेपाल प्रेस युनियन सिरहा शाखाको आठौँ जिल्ला अधिवेशनले स ...

गोलबजारमा विद्युत् अनियमितताले खानेपानीको समस्या

सिरहाको गोलबजार नगरपालिका–१०, पुरानो चोहर्वास्थित ...

फर्काउनैपर्छ गुमेको ‘गरिमा’

जितपुर–सिमराकी तीन वर्षीया  बालिका ‘गर ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब