सिरहा क्याम्पसमा वाणिज्य सङ्काय र पीजीडीई तर्फ आकर्षण बढ्दै सरकारले आंशिक क्याम्पसलाई गर्ने व्यवहारकै करण चुनौती

  • भदौ ८, २०८३ | ७९ पटक पढिएको | सीमा संदेश
alt

गोलबजार । सरकारले आंशिक क्याम्पसहरु प्रति  गरिरहेको व्यवहारका कारण एक समय सिरहा जिल्लामै उच्च शिक्षाको प्रमुख गन्तव्य मानिएको सूर्यनारायण सत्यनारायण मरबैता यादव बहुमुखी क्याम्पसमा पछिल्लो समय विद्यार्थी संख्या निरन्तर घट्दै गएको छ। विद्यार्थी आकर्षण कम हुँदै जाँदा क्याम्पसको पुरानो साख फर्काउनु चुनौतीपूर्ण बनेको छ।

विसं २०३९ सालमा स्थापना भएको यस क्याम्पसमा एक समय शिक्षा सङ्कायमा भर्ना हुन सोलुखुम्बु, खोटाङ, उदयपुर, भोजपुरलगायत पहाडी जिल्लादेखि सप्तरी, धनुषा र महोत्तरीसम्मका विद्यार्थीको ठुलो चाप रहन्थ्यो। २०६२ सालसम्म करिब सात हजार विद्यार्थी भर्ना भएकामध्ये छ हजारभन्दा बढी विद्यार्थी सिरहा आसपासका गाउँमा बस्दै तथा ट्युसन पढाएर आफ्नो खर्च व्यवस्थापन गर्दै नियमित कक्षामा सहभागी हुने गर्दथे।

त्यतिबेला नियमित कक्षा सञ्चालनका लागि क्याम्पसमा १४२ जना प्राध्यापक तथा कर्मचारी कार्यरत थिए। हाल यो संख्या घटेर २५ जनामा सीमित भएको क्याम्स प्रमुख सह प्रध्ययपक राजेश्वर प्रसाद यादबले बताए ।

दैनिक कक्षा व्यवस्थापनका लागि प्राध्यापक तथा कर्मचारीका आवश्यकता भएपनि त्रि.वि.ले उपलब्ध गराईरहेको छैन् । आंशिक रुपमा प्राध्यापक भर्नाका लागि विज्ञापन गरेपनि दरखास्त नपर्ने आवस्था रहको छ । विद्यार्थीलाई गुणस्तरी शिक्षा दिन र क्याम्पस व्यवस्थापन गर्न चुनौती भोग्नु परिरहेको प्रमख यादबले बताए।

उहाँका अनुसार सिरहा क्याम्पस आसपासमै आधा दर्जनभन्दा बढी कक्षा ११ र १२ सञ्चालनमा छन् । जसको सिधा प्रभाव आंशिक क्याम्पसमा परेको छ । अहिले पनि सिरहा क्याम्पसमा २१ सय विद्यार्थी रहका छन् । जसमध्ये नियमिति ४० प्रतिशत विद्यार्थीका उपस्थिति रहेका छन्। वाणिज्य सङ्काय र बीएड अन्तर्गत सञ्चालित पीजीडीई कार्यक्रमबाहेक अन्य सङ्कायमा विद्यार्थीको उपस्थिति कमजोर छ। विशेषगरी शिक्षा सङ्कायमा भर्नादर निरन्तर घट्दै गएको छ। 

विद्यार्थी उपस्थिति कम हुनुका मुल कारण उच्च शिक्षा अध्ययन गर्ने धेरै विद्यार्थी लोक सेवा कक्षा तयारी, प्राविधिक शिक्षाको तयारी र जागिरमा हरेको छ । पीजीडीइ, बि.आई.सि.टि.ई. र बि.आई.टि. मा राम्रो विदार्थी संख्या रहेका छन् । उपस्थिति पनि राम्रो रहेको छ । अन्य फ्यकेलटीहरुमा दैनिक विद्यार्थीलाई गुणस्तरी शिक्षा दिन र व्यवस्थापन गर्न समस्या रहेको प्रमुख यादबले स्वीकारे ।

अहिले भौतिक संरचना राम्रो भएको छ । विगतका आधारमा अहिले विद्यार्थी संख्या घटने आवस्थामा छ । त्रि.वि. को निर्देशन अनुसार उच्च शिक्षालाई गुणस्तर बनाउनका लागि आवश्यकता अनुसारको प्राध्यापक व्यवस्थापन नहुनु विद्यार्थी टिकाई राख्न समस्या भईरहेको छ । करार शिक्षाकहरु नीजि विद्यालयहरुमा अध्यायपन गराउन समय दिदै गर्दा  यता व्यवस्थापन मिलाउन निकै चुनौती रहेको छ।  विद्यार्थी संख्या घट्नुको मुख्य कारण मधेशका अधिकांश क्याम्पसले भोगिरहेको साझा समस्या रहेको प्रमुख यादबले बताए।

“प्रविणता प्रमाणपत्र तह (पीसीएल) हटाइएपछि कक्षा ११ र १२ गाउँगाउँमा सञ्चालन हुन थाले। त्यसपछि क्याम्पसमा विद्यार्थी संख्या एकाएक घट्यो। एसइईपछि अधिकांश विद्यार्थी काठमाडौँ, विराटनगरलगायतका सहरतर्फ जान थालेका छन्। पहाडी जिल्लामै क्याम्पस स्थापना भएपछि बाहिरबाट आउने विद्यार्थी पनि घटेका छन्,” उहाँले भन्नुभयो।

प्राध्यापक अशोक यादवले क्याम्पसको पुरानो साख फर्काउन पीसीएल तह पुनः सञ्चालन गर्नु आवश्यक रहेको बताउनुभयो। “सिरहा क्याम्पसको पुरानो पहिचान पुनः स्थापित गर्न प्रविणता प्रमाणपत्र तह पुनः सञ्चालन गर्नुको विकल्प देखिँदैन,” उहाँले भन्नुभयो।

साढे पाँच बिघा क्षेत्रफलमा फैलिएको क्याम्पसको खेलमैदान अहिले गाईभैँसी चराउने स्थलजस्तै बनेको छ। दक्षिणतर्फ रहेको छात्रावास जीर्ण अवस्थामा पुगेको छ। एक समय सयभन्दा बढी विद्यार्थी बस्ने छात्रावासमा पुनः विद्यार्थी बस्ने सम्भावना न्यून रहेको अधिकांश प्राध्यापकको बुझाइ छ।

क्याम्पसभन्दा बाहिर निर्माण भएको सडकको सतह क्याम्पसभन्दा अग्लो भएकाले बजार क्षेत्रको वर्षाको पानी क्याम्पस परिसरमा जम्मा हुने गरेको छ। जसका कारण वर्षायाममा क्याम्पसको अगाडि–पछाडि पानी भरिने समस्या देखिएको छ।

स्थानीयवासीका अनुसार २०६२ सालपछि क्याम्पसमा व्यवस्थापकीय कमजोरी र शैक्षिक अनुशासनमा आएको गिरावटले पनि विद्यार्थी बाहिरिने क्रम बढाएको हो। “बायोमेट्रिक हाजिरी गरेर दिनभर अन्य काममा लाग्ने प्रवृत्ति बढ्यो। विद्यार्थीलाई नियमित पढाउने वातावरण बन्न सकेन। राजनीति र विभिन्न पक्षको हस्तक्षेपले क्याम्पसको अवस्था कमजोर बन्दै गयो,” स्थानीयवासीले गुनासो गरे।

एक करोड रुपियाँभन्दा बढी लागतमा निर्माण सुरु गरिएको परीक्षा भवन अनियमितताको आरोपपछि अलपत्र परेको छ। यस विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ। आवश्यक मापदण्ड पूरा हुन नसक्दा क्याम्पस विश्वविद्यालय अनुदान आयोगको सुविधाबाट समेत वञ्चित भएको जनाइएको छ।

सिरहा नगरपालिकाले पाँच लाख रुपियाँको लागतमा निर्माण गर्न थालेको पर्खालसमेत पूरा हुन सकेको छैन। यद्यपि पछिल्लो समय केही सुधारका प्रयास भएका छन्। स्थापना कालमै निर्माण गरिएको ३५ कोठे भवनको दोस्रो तलाको मर्मतमा ४८ लाख रुपियाँ खर्च गरिएको छ। प्रदेश सरकारबाट प्राप्त २५ लाख रुपियाँबाट छात्रावास मर्मत भइरहेको छ। त्यस्तै २५ लाख रुपियाँमा शौचालय निर्माण तथा तीन लाख ५० हजार रुपियाँमा रङरोगन गरिएको छ।

वर्तमान सरकार गठनपछि क्याम्पस सुधारको माग चर्किएसँगै निमित्त क्याम्पस प्रमुख ब्रह्मदेव यादवले कर्मचारी तथा प्राध्यापकलाई नियमित उपस्थित हुन, जिम्मेवारीअनुसार कक्षा सञ्चालन गर्न तथा पूर्वस्वीकृतिबिना बाहिरी काम नगर्न सचेतपत्र जारी गर्नुभएको छ।

स्थानीय राजकिशोर यादवका अनुसार त्यसपछि केही सकारात्मक सुधार देखिन थालेको छ। उहाँले कतिपय सङ्कायमा अवकाशप्राप्त प्राध्यापकको रिक्त पदमा नयाँ नियुक्ति नभएको र क्याम्पसमा अझै पनि अनियमितताका समस्या रहेको बताउनुभयो। “पुरानो साख फर्काउन अझै धेरै काम गर्न बाँकी छ। वर्तमान गतिले मात्र त्यो सम्भव देखिँदैन,” उहाँले भन्नुभयो।

प्रेस युनियन सिरहा शाखामा सर्वसम्मत नेतृत्व चयन

नेपाल प्रेस युनियन सिरहा शाखाको आठौँ जिल्ला अधिवेशनले स ...

गोलबजारमा विद्युत् अनियमितताले खानेपानीको समस्या

सिरहाको गोलबजार नगरपालिका–१०, पुरानो चोहर्वास्थित ...

सिरहामा करेन्ट लागेर एकै दिन तीनजनाको मृत्यु

धानमा सिँचाइका लागि विद्युतीय मोटर चलाउन खोज्दा सिराहाम ...

फर्काउनैपर्छ गुमेको ‘गरिमा’

जितपुर–सिमराकी तीन वर्षीया  बालिका ‘गर ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब