भदौ ८ गते सोमबार, यस्तो छ तपाईंको राशिफल

  • भदौ ८, २०८३ | ७७ पटक पढिएको | सीमा संदेश
alt

आजको पञ्चाङ्ग : वि.सं. २०८३ साल भाद्र ८ गते, सोमबार। ईश्वी सन् २०२६ अगस्ट २४ तारिख। नेपाल संवत् ११४६।

रौद्र संवत्सर। दक्षिणायन। वर्षा ऋतु। श्रीशाके १९४८। श्रावण शुक्लपक्ष। तिथि– द्वादशी, अहोरात्र। नक्षत्र– पूर्वाषाढा, बेलुकी ९ बजेर १० मिनेट उप्रान्त उत्तराषाढा। योग– प्रीति, बिहान ८ बजेर ५८ मिनेट उप्रान्त आयुष्मान। करण– बव, बेलुकी ४ बजेर ४७ मिनेट उप्रान्त बालव। आनन्दादिमा– सिद्धि योग। चन्द्रराशि– धनु।

काठमाडौँमा सूर्योदय बिहान ५ बजेर ३९ मिनेटमा। सूर्यास्त बेलुकी ६ बजेर ३१ मिनेटमा। दिनमान ३२ घडी १२ पला।

आजको बार बेला

  • बिहान ५:३९ बजेसम्म – अमृत बेला
  • बिहान ५:४० देखि बिहान ७:१५ बजेसम्म – काल बेला
  • बिहान ७:१६ देखि बिहान ८:५२ बजेसम्म – शुभ बेला
  • बिहान ८:५३ देखि बिहान १०:२९ बजेसम्म – रोग बेला
  • बिहान १०:३० देखि मध्याह्न १२:०५ बजेसम्म – उद्वेग बेला
  • दिउँसो १२:०६ देखि दिउँसो १:४२ बजेसम्म – चर बेला
  • दिउँसो १:४३ देखि दिउँसो ३:१८ बजेसम्म – लाभ बेला
  • दिउँसो ३:१९ देखि बेलुकी ४:५५ बजेसम्म – अमृत बेला
  • बेलुकी ४:५६ देखि बेलुकी ७:५५ बजेसम्म – चर बेला

नोट: शुभकार्य तथा यात्रा गर्दै हुनुहुन्छ भने लाभ बेला र अमृत बेलाको समय पारेर गर्नुहोला।

राहुकाल

बिहान ७ बजेर १५ मिनेटदेखि बिहान ८ बजेर ५२ मिनेटसम्म राहुकाल रहनेछ।

नोट: राहुकालको समयमा कुनै पनि शुभ कार्य गर्नु हुँदैन भन्ने शास्त्रीय मान्यता रहेको छ।

ब्रह्म मुहूर्त

बिहान ४ बजेर ३ मिनेटदेखि बिहान ४ बजेर ५१ मिनेटसम्म ब्रह्म मुहूर्त रहनेछ।

आजको राशिफल

  • मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): लामो समयदेखि रोकिएका कामहरू बन्नुका साथै गरिरहेको कामबाट मनग्गे आम्दानी हुनेछ। आफन्त तथा जीवनसाथीको साथ पाइने हुनाले मन प्रसन्न रहनेछ। समाजमा तारिफयोग्य काम गरी नाम कमाउन सकिनेछ भने सामाजिक क्षेत्रमा नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्नेछ। उच्च शिक्षाका लागि लामो दूरीको यात्रा हुनेछ। व्यापार तथा सेयर बजारमा लगानी गर्ने समय रहेको छ। घरायसी सुखसुविधा भरपुर मात्रामा प्रयोग गर्न पाइनेछ।
  • वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो): सामान्य कुरामा अलमलिँदा उपलब्धिमूलक कामहरू गुम्न सक्छन्। भौतिक सम्पत्ति तथा सवारीसाधनको प्रयोग गर्दा दुर्घटना हुन सक्छ, ध्यान दिनुहोला। आफन्त तथा दिदीबहिनीहरूसँग मनमुटाव सिर्जना हुनेछ। ऋण, रोग तथा सङ्कटको सामना गर्नुपर्ने हुन सक्छ। तापनि प्रयत्न गर्दा नसोचेको धन तथा सम्पत्ति प्राप्त हुने ग्रहयोग रहेको छ। वित्तीय बजार तथा उद्योगमा लगानी गरी नाफा कमाउन सकिनेछ।
  • मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा): भौतिक सम्पत्ति तथा ब्रान्डेड वस्तुको व्यापार व्यवसाय फस्टाएर जाने हुनाले मनग्गे धन आर्जन गर्न सकिनेछ। सेयर बजार तथा औद्योगिक क्षेत्रमा लगानी गर्ने समय रहेको छ। शैक्षिक तथा व्यावसायिक यात्राको प्रशस्त सम्भावना रहेको छ। नयाँ काम पाउने तथा गरिरहेको काममा बढुवा हुनेछ। अध्ययनमा सहजै सफलता हात पार्न सकिनेछ। मायाप्रेमको डोरो कसिलो भएर जानेछ भने जीवनसाथीको सहयोग पाइनेछ।
  • कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): मायाप्रेम तथा पारिवारिक जीवन सन्तोषप्रद हुनेछ। विद्या र बुद्धिको प्रयोगमार्फत मनग्गे आम्दानी गर्न सकिनेछ। न्यायिक निर्णय तपाईंकै पक्षमा फैसला हुनेछ। प्रतिस्पर्धा तथा यस्तै क्रियाकलापमा भाग लिई नाम कमाउन सकिनेछ। पुराना ऋण चुक्ता गर्न सकिनेछ भने पुराना रोगहरू केही भए स्वतः ठिक हुनेछन्। व्यापार तथा वित्तीय क्षेत्रमा लगानी विस्तार गरी भविष्यमा मनग्गे आर्थिक लाभ लिन सकिनेछ।
  • सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): व्यापारमा प्रशस्त फाइदा हुनाले थप लगानी गर्ने वातावरण बन्नेछ। सेयर बजार तथा अनलाइन व्यापारबाट मनग्गे आम्दानी हुनेछ। स्थायी सम्पत्ति तथा मन परेको सामान उपहारका रूपमा प्राप्त हुनेछ। सन्तान तथा अनुयायीको साथले उपलब्धिमूलक काम गर्न सकिनेछ। छुट्टिएका प्रेम सम्बन्धहरू पुनः सुचारु हुनेछन्। पढाइलेखाइमा मन जाने हुनाले बौद्धिक क्षेत्र बलियो हुनेछ।
  • कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो): आफन्तहरू टाढिने तथा पतिपत्नीबीच सामान्य मनमुटाव सिर्जना हुनेछ। पढाइलेखाइमा समय दिन नसक्दा अरूभन्दा पछि परिनेछ। राजनीति तथा समाजसेवामा समय लगानी गर्नेहरूका लागि समय मध्यम रहेकोले जनताबाट आलोचनात्मक समर्थन पाइनेछ। व्यापार व्यवसायमा नाफा कमाउन निकै नै समय खर्चिनुपर्नेछ। तर पनि कृषि तथा पशुपालन व्यवसायलाई समयसापेक्ष आधुनिकीकरण गरी प्रशस्त रुपैयाँ–पैसा कमाउन सकिनेछ।
  • तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते): न्यायिक निर्णयहरू तपाईंकै पक्षमा हुनेछन् भने प्रतिस्पर्धामा तपाईंको नाम अग्रस्थानमा आउनेछ। पढाइलेखाइमा भनेजस्तो प्रगति गर्न सकिनेछ। खेलकुद वा पराक्रमी क्रियाकलापमा भाग लिई नाम तथा दाम दुवै कमाउन सकिनेछ। मायाप्रेमको डोरो कसिलो भएर जानेछ भने जीवनसाथीको सहयोगले राम्रा काम गर्न सकिनेछ। उद्योग, सेयर बजार तथा व्यापारमा लगानी गर्ने समय रहेको छ।
  • वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु): व्यापारबाट मनग्गे धन आर्जन गर्न सकिनेछ भने नयाँ सेयर बजारमा लगानी गर्ने अवसर जुर्नेछ। सापटी लगिएका धन तथा सम्पत्ति फिर्ता हुने योग रहेको छ। अध्ययनमा मन जाने हुनाले नतिजा तपाईंकै पोल्टोमा पर्नेछ। गीतसङ्गीत तथा मोडलिङ पेसा व्यवसायमा समय खर्चिनेहरूका लागि समय फलदायी रहनेछ। परिवारका साथ मिष्ठान्न भोजन ग्रहण तथा रमाइलो गर्ने अवसर जुर्नेछ।
  • धनु (ये, यो, भा, भि, भु, ध, फा, ढा, भे): अध्ययनमा सुधार भएर जानेछ भने अरूलाई पछाडि छोडेर अग्रपङ्क्तिमा तपाईंको नाम आउनेछ। परिवारका साथ रमाइलो वातावरणमा स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ। मिहिनेत गर्दा आँटेको काम बन्नेछ भने जुझारु कार्यशैलीले लक्ष्य तथा गन्तव्य पहिल्याउन सहज हुनेछ। व्यवसाय फस्टाएर जाने तथा आम्दानीमा बढोत्तरीको योग रहेको छ। राजनीतिमा पद प्राप्तिको योग रहेको छ।
  • मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि): स्वदेशी सामानको उत्पादन तथा बिक्री घट्न सक्छ भने विदेशी सामानको व्यापार व्यवसाय फस्टाएर जानेछ। वित्तीय क्षेत्रमा लगानीका लागि केही समय कुर्नुहोला। स्वास्थ्यसम्बन्धी सामान्य समस्या देखापर्न सक्ने वा यात्रा गर्दा असजिलो परिस्थितिको सामना गर्नुपर्ने हुन सक्छ। न्यून पारिश्रमिकमा दिनभर समय व्यतीत गर्नुपर्दा अन्य काममा समय दिन सकिनेछैन। मायाप्रेममा सामान्य मनमुटाव सिर्जना हुनेछ।
  • कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा): व्यापार वा औद्योगिक क्षेत्रमा लगानी गरी आर्थिक क्षेत्र बलियो बनाउन सकिनेछ। प्राकृतिक स्रोत तथा पैत्रिक सम्पत्तिको प्रयोगमार्फत मनग्गे धन आर्जन गर्न सकिनेछ। रमाइलो जमघटमा सामेल भई मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ। प्रयत्न गर्दा भइपरी आउने समस्याहरू सहजै समाधान हुनेछन्। अध्ययन वा कामको सवालमा लामो दूरीको यात्राको योग रहेको छ।
  • मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि): समाजमा नेतृत्वदायी भूमिकामा बसेर काम गर्न सकिने तथा मान, सम्मान, इज्जत र प्रतिष्ठामा वृद्धि भएर जानेछ। नयाँ काम गर्न सकिनेछ भने नोकरीमा बढुवा हुने योग रहेको छ। व्यापार तथा सेयर बजारमा लगानी गर्ने समय रहेको छ। कृषि तथा पशुपालन व्यवसायमा समय व्यतीत हुनेछ। पढाइलेखाइमा मन जानेछ भने अध्ययनकै सवालमा प्रविधिको प्रयोग गर्न सकिनेछ।

तपाईंको दिन शुभ रहोस्।

सिरहा क्याम्पसमा वाणिज्य सङ्काय र पीजीडीई तर्फ आकर

गोलबजार । सरकारले आंशिक क्याम्पसहरु प्रति  गरिरहेक ...

प्रेस युनियन सिरहा शाखामा सर्वसम्मत नेतृत्व चयन

नेपाल प्रेस युनियन सिरहा शाखाको आठौँ जिल्ला अधिवेशनले स ...

गोलबजारमा विद्युत् अनियमितताले खानेपानीको समस्या

सिरहाको गोलबजार नगरपालिका–१०, पुरानो चोहर्वास्थित ...

सिरहामा करेन्ट लागेर एकै दिन तीनजनाको मृत्यु

धानमा सिँचाइका लागि विद्युतीय मोटर चलाउन खोज्दा सिराहाम ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब