भोटेकोशी बाढी अपडेट : मृत्यु ८२३,सनाखत ३२, सम्पर्कविहीन करिब ४५ सय

  • भदौ १५, २०८३ | ६७ पटक पढिएको | सीमा संदेश
alt

आइतबार रातिसम्म बाढीपहिरोमा ज्यान गुमाएका व्यक्तिका आठ सयभन्दा बढी शव भेटिए पनि अधिकांशको सनाखत हुन सकेको छैन । पहिचान खुल्न नसकेका शवको संख्या बढ्दै जाँदा खोज तथा उद्धारसँगै शव व्यवस्थापन सरकारका लागि थप चुनौतीपूर्ण बनेको छ । शवको सनाखतमा सघाउन भारतीय फरेन्सिक टोली पनि आइतबार नेपाल आएको छ।

तथ्यांकअनुसार हालसम्म भेटिएका शवमध्ये चार प्रतिशत पनि सनाखत हुन सकेको छैन । ‘आइतबार बेलुकासम्म ८२३ शव भेटिएका छन् र त्यसमा ३२ जनाको मात्र सनाखत भएको छ,’ प्रहरी प्रवक्ता अविनारायण काफ्लेले भने, ‘धेरै शव क्षतविक्षत भएकाले पनि सनाखतमा समस्या भएकोजस्तो देखिन्छ । हामीले सबै शवको फोटो वेबसाइटमा राखेका छौँ र हेल्प डेस्कमार्फत पनि सहजीकरण गरिरहेका छौँ ।’

सनाखतमा ढिलाइ भएर शवहरू राख्न ठाउँ नभएपछि सरकारले ‘एयरटाइट’ प्लास्टिक झोलामा प्याक गरेर माटोमुनि राख्न थालेको छ । शवको डिएनए र औँठाछाप लिएर पछि सनाखत भएको अवस्थामा परिवारलाई दिने गरी यसरी गाड्न थालिएको छ । जुन शैलीप्रति कतिपयले भने आलोचना गरिरहेका छन् । 

 प्रहरी प्रवक्ता अविनारायण काफ्ले भन्छन्–आइतबार बेलुकासम्म ८२३ शव भेटिएका छन् र त्यसमा ३२ जनाको मात्र सनाखत भएको छ । धेरै शव क्षतविक्षत भएकाले पनि सनाखतमा समस्या भएकोजस्तो देखिन्छ । हामीले सबै शवको फोटो वेबसाइटमा राखेका छौँ र हेल्प डेस्कमार्फत पनि सहजीकरण गरिरहेका छौँ ।

गृह मन्त्रालयका अधिकारी भने अस्थायी व्यवस्थापनको विकल्प नभएको बताउँछन् । शव राख्ने ठाउँ न्यून भएको र त्यसका लागि तत्काल ठुला रेफ्रिजेनेटर व्यवस्थापन हुन नसक्ने अवस्था भएकाले जमिनमुनि राख्न थालिएको उनीहरूको भनाइ छ । आइतबारसम्म २२८ शव जमिनमुनि गाडिएको छ । 

बेत्रावतीमा बल्ल पुग्यो प्रहरी टोली
बाढीले ठुलो क्षति पुर्‍याएको नुवाकोट र रसुवाको सीमाक्षेत्र बेत्रावतीमा खोज तथा उद्धारका लागि बल्ल प्रहरी टोली खटिएको छ । आइतबार एसएसपीको कमान्डमा प्रहरी टोली बेत्रावतीमा खटिएको छ । शवको मुचुल्का गर्नेदेखि फरेन्सिकसहितको टोली खटिएको अधिकारीहरूले जनाएका छन् ।

बेत्रावती बजारमा बाढीले सयौँ घर बगाएको छ । शवका कारण सो क्षेत्रमा दुर्गन्ध फैलिन थालिसकेको स्थानीयले बताएका छन् । घरमै भएको अवस्थामा कतिपयलाई बगाएको थियो । त्यस्तै, सो क्षेत्रबाट धेरै सार्वजनिक सवारी पनि यात्रुसहित बाढीले बगाएको छ । त्यस्तै, रसुवामा पनि प्रहरीको फरेन्सिकसहितको टोली आइतबारदेखि खटिएको प्रहरी प्रवक्ता डिआइजी आफ्लेले बताए । 

बाढीपीडित क्षेत्रमा अपराधका घटना 
बाढीपीडित क्षेत्रमा चोरीका घटना बढ्न थालेका छन् । बाढीले क्षतिग्रस्त घरमा अनधिकृत मान्छे प्रवेश गर्नेदेखि कतिपयको लुटपाटसमेत भएको उजुरी प्रहरीमा परेका छन् । बट्टार बजारमा एक वृद्धाको कानको मुन्द्रा लुछिएको छ । सुरक्षाकर्मी उद्धार र राहतमा केन्द्रित हुँदा चोरीका घटना बढ्न थालेका हुन् ।

प्रधानमन्त्री मोदीको अध्यक्षतामा ब्रिक्स घोषणापत्र

नयाँ दिल्ली। भारतमा जारी १८औँ ब्रिक्स शिखर सम्मेलनको पह ...

‘मधेश राज्य’का लागि संघर्षको आह्वान : छठपछि सशक्त

९ दलीय सम्मलित गठन गरिएको अग्रगामी मोर्चाले मधेश प्रदेश ...

शिक्षामन्त्री पोखरेल सहभागी कार्यक्रममा रास्वपाकै

सिरहाको औरही गाउँपालिकामा आयोजित एक कार्यक्रममा पुगेका ...

भदौ २८ गते आइतबार, यस्तो छ तपाईं को राशिफल

वि.सं.२०८३ साल भाद्र २८ गते । आइतबार । ईश्वी सन् २०२६ स ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब