भदौ १७ गते बुधबार,यस्तो छ तपाईंको राशिफल

  • भदौ १७, २०८३ | १२८ पटक पढिएको | सीमा संदेश
alt

आजको पञ्चाङ्ग

वि.सं.२०८३ साल भाद्र १७ गते । बुधबार । इस्वी सन् २०२६ सेप्टेम्बर २ तारिख । नेपाल संवत् ११४६ । रौद्र संवत्सर । दक्षिणायन । वर्षा ऋतु । श्रीशाके १९४८ । भाद्र कृष्णपक्ष । तिथि–षष्ठी, रातको ३ बजेर ४६ मिनेट उप्रान्त सप्तमी । नक्षत्र–भरुणी, रातको २ बजेर १३ मिनेट उप्रान्त कृतीका । योग–ध्रुव, बेलुकी १० बजेर ४३ मिनेट उप्रान्त व्याघात । करण–गर, बेलुकी ४ बजेर ४५ मिनेट उप्रान्त वणिज, रातको ३ बजेर ४६ मिनेट उप्रान्त भद्रा । आनन्दादिमा–काण योग । चन्द्रराशि–मेष ।

काठमाडौँमा सूर्योदय बिहान ५ बजेर ४३ मिनेट । सूर्यास्त बेलुकी ६ बजेर २२ मिनेट । दिनमान ३१ घडी ३८ पला ।

आजको बार बेला ।

  • बिहान ५ बजेर ४३ मिनेटसम्म लाभ बेला ।
  • बिहान ५ बजेर ४४ मिनेटदेखि बिहान ७ बजेर १८ मिनेटसम्म अमृत बेला ।
  • बिहान ७ बजेर १९ मिनेटदेखि बिहान ८ बजेर ५३ मिनेटसम्म काल बेला ।
  • बिहान ८ बजेर ५४ मिनेटदेखि बिहान १० बजेर २८ मिनेटसम्म शुभ बेला ।
  • बिहान १० बजेर २९ मिनेटदेखि मध्यान्ह १२ बजेर ३ मिनेटसम्म रोग बेला ।
  • दिउँसो १२ बजेर ४ मिनेटदेखि दिउँसो १ बजेर ३७ मिनेटसम्म उद्वेग बेला ।
  • दिउँसो १ बजेर ३८ मिनेटदेखि दिउँसो ३ बजेर १२ मिनेटसम्म चर बेला ।
  • दिउँसो ३ बजेर १३ मिनेटदेखि बेलुकी ४ बजेर ४७ मिनेटसम्म लाभ बेला ।
  • बेलुकी ४ बजेर ४८ मिनेटदेखि बेलुकी ७ बजेर ४७ मिनेटसम्म उद्वेग बेला ।

नोट : शुभकार्य तथा यात्रा गर्दै हुनुहुन्छ भने लाभबेला र अमृत बेलाको समय पारेर गर्नुहोला  ।

राहुकाल

दिउँसो १२ बजेर २ मिनेटदेखि दिउँसो १ बजेर ३७ मिनेटसम्म राहुकाल रहनेछ ।

नोट : राहुकालको समयमा कुनै पनि शुभ कार्य गर्नु हुन्न भन्ने शास्त्रीय मान्यता रहेको छ ।

ब्रहा मुहूर्त

बिहान ४ बजेर ९ मिनेटदेखि बिहान ४ बजेर ५७ मिनेटसम्म ब्रहा मुहूर्त रहनेछ ।

आजको राशिफल

  • मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) समाजसेवामा जनताको काम गर्न नसक्दा तपाईँको आलोचना हुनेछ । अरूलाई दिएको बचन पुरा गर्न नसक्दा आलोचनाको सिकार होइनेछ । नयाँ काम गर्नको लागी केही समय पर्खनु नै राम्रो रहेको छ । धन तथा सम्पत्ति अरूले नै लाने तथा उठ्नु पर्ने रकम नआउनाले खर्च अभाव हुनेछ । प्रविधिको प्रयोग गर्दा ध्यान दिनुहोला समय मध्यम रहेको छ । माया प्रेममा मनमुटाब बढ्नेछ भने दाम्पत्य जीवनमा उतार चढाव आउनेछ ।
  • वृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) धार्मिक तथा सामाजिक काममा सक्रिय रहँदा रहँदै दिन बित्नेछ । आर्थिक अवस्था सुदृढ बनाउन गरिएका पेसा व्यवसाय स्वतः स्फूर्त रूपमा सञ्चालन हुने हुँदा दैनिक खर्च सजिलै धान्न सकिनेछ भने केहि रकम बचत गर्न सकिनेछ । पढाइ लेखाइमा अलि बढी समय खर्चिने हो भने नतिजा आफैतिर ल्याउन सकिनेछ । माया प्रेममा एक अर्कालाई बुझ्न समय लागे पनि सम्बन्ध प्रगाढ हुनेछ । विदेश यात्रा हुनेछ भने विदेशमा बसेर काम गर्नेहररुका लागी दिन प्रभावकारी रहनेछ ।
  • मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) भौतिक सम्पत्तिहरू जुट्नेछन् भने उपहार प्राप्त हुने योग रहेको छ । नयाँ कामहरू गरेर आम्दानीका स्रोतहरू बढाउन सकिनेछ । सरकारी तथा पैतृक सम्पत्ति हात लागी हुने प्रशस्त सम्भावना रहेको छ । दाजुभाइ वा अग्रजहरूको सुझाव तथा सल्लाह मानेर अगाडी बढ्दा सफलता पाउन सकिनेछ । विद्यामा राम्रो प्रगति हुने हुँदा पढाइ लेखाइमा मन जानेछ । बौद्धिकता प्रयोग गरी समाजमा राम्रा काम गरेर देखाउन सकिनेछ भने आस मारेको काम बन्नाले उत्साह जाग्नेछ ।
  • कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) राजनीतिज्ञ तथा समाजसेवीहरूले जनताको काम गरी नाम कमाउने  योग रहेको छ । व्यापार तथा वित्तीय क्षेत्रको लगानीबाट थोरै भए पनि धन आर्जन गर्न सकिनेछ । कार्यक्षेत्रमा प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ । इमान्दारिता तथा लगनशीलताको उच्च मूल्याङकन हुनेछ । पढाइ लेखाइमा मन जाने तथा नतिजा हात पार्न सकिनेछ । प्रेमको डोरो कसिलो हुनेछ ।
  • सिंह(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) धार्मिक तथा आध्यात्मिक काममा समय व्यातित गर्न पाउँदा मन शान्त रहनेछ । भाग्य तपाईँको साथमा रहने हुनाले सानो परिश्रमले राम्रो काम गर्न सकिनेछ  । प्रेमिका तथा साथीभाइले सहयोग गर्ने हुनाले एक कदम अगाडी बढी प्रगति गर्न सकिनेछ । कार्यक्षेत्रमा तपाईँको कामको प्रशंसा हुनेछ । नयाँ कामको प्रस्ताव आउने तथा नोकरीमा बढुवा वा स्थानान्तरणको योग रहेको छ ।
  • कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) आफन्त तथा दिदी बहिनीको सहयोगले राम्रा काम गर्न सकिनेछ । प्रणय सम्बन्धमा रमाउन चाहनेहरूका लागी समय उत्तम रहेको छ । व्यापार तथा वित्तीय लगानीमा वृद्धि हुनेछ । शुभ तथा माङ्गलिक समारोहमा सहभागी भई मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । कर्म प्राप्तिको निमित्त लामो दुरीको यात्राको तय हुनेछ । लेखन तथा साहित्यमा बाकी रहेको कामहरू फत्ते गर्न सकिनेछ ।
  • तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) जीवन साथीको सहयोगले राम्रा तथा परिणाममुखी काम गर्न सकिनेछ भने माया प्रेममा सामिप्यता बढेर जानेछ । निर्माण सामाग्री तथा खाद्यान्नको व्यापार फस्टाएर जाने हुनाले दैनिकी सुदृढ हुनेछ । लामो दुरीको यात्राको प्रशस्त सम्भावना रहेको छ ।  प्रविधिको प्रयोग गरी आफ्ना भनाइहरू जनमानसमा लैजान सकिनेछ । विपत्तिमा परेमा मानिसहरुलाई सहयोग गर्न  सकिने तथा सामाजिक काममा समय व्यातित हुनेछ ।
  • वृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) व्यापार व्यवसायबाट नाफा कमाउन सकिनेछ । पुरानो रोग तथा समस्याहरू स्वतः ठिक भएर जानेछन् । मामा तथा मावलीबाट तपाईँको काममा सहयोग हुनेछ । पढाइ लेखाइमा अरूभन्दा अग्र पंतिमा तपाईँको नाम आउनेछ । माया प्रेममा नजिक भई रमाउन सकिनेछ । सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोग गरी आफ्ना भनाइहरू जनमानसमा लैजान सकिनेछ । ऋण तथा रोगबाट मुक्ति पाइनेछ ।
  • धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) व्यवसायमा काम गर्ने वातावरण बन्ने हुनाले आर्थिक अवस्था सुदृढ हुनेछ । औद्योगिक क्षेत्र तथा वित्तीय बजारमा लगानी गरी नाफा कमाउन सकिनेछ । आफन्त तथा सन्तानबाट तपाईँको काममा विशेष सहयोग प्राप्त हुनेछ । बौद्धिकताको प्रयोग गरी नाम तथा दाम कमाउन सकिनेछ । नयाँ विचार दिमागमा आउने हुनाले प्रविधिको प्रयोग गरी व्यवहारमा रूपान्तरण गर्न सकिनेछ । प्रेममा सफलता मिल्नेछ । पढाइकै सिलसिलामा यात्रा गर्ने अवसर जुर्नेछ ।
  • मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) समय राम्रो रहेकोले सवारी साधन र घरजग्गाको कारोबारबाट लाभ लिन सकिनेछ । आमा वा आफन्तको सहयोगले राम्रा तथा परिणाममुखी काम गर्न सकिनेछ । माया प्रेममा रमाउन चाहनेहरूका लागी समय उत्तम रहेको छ । सिजनेवल सामानको व्यापारमा उल्लेख्य वृद्धि हुनेछ । राजनीति तथा सामाजिक काममा जनताको आलोचनात्मक समर्थन प्राप्त हुनेछ । व्यापार तथा आर्थिक सुचांकमा वृद्धि हुनेछ ।
  • कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) सानो प्रयत्नले राम्रो काम गरी फाइदा लिन सकिनेछ भने प्रतिस्पर्धीहरू परास्त हुनेछन् । माया प्रेममा सामिप्यता बढेर जानेछ । अध्ययन अध्यापनमा प्रगति गरी गन्तव्य भेटाउन सकिनेछ । दाजुभाइ तथा छिमेकीहरूसँगको सम्बन्धमा सुधार भएर जानेछ भने आफन्तसँग गरिने व्यापार व्यवसायबाट प्रशस्त आम्दानी हुने ग्रहयोग रहेको छ । उत्पादित उद्योगमा लगानी बढाई भने जस्तो रुपैयाँ पैसा कमाउन सकिनेछ । छोटो तथा रमाइलो यात्रा गरी सकारात्मक नतिजा हात लगाउन सकिनेछ ।
  • मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) कार्यक्षेत्रमा तपाईँको बोलीको प्रभावले महत्त्वपूर्ण अर्थ राख्दछ । सामाजिक तथा पारिवारिक सम्बन्ध सुदृढ हुनेछ । नातागोताको सहयोगले सुरु गरेको कामहरू स्वतः स्फूर्त रूपमा अगाडी बढ्नेछन् । व्यापारमा लगानी गरी आर्थिक पक्ष सुदृढ बनाउन सकिनेछ । प्रेममा रमाउन चाहनेहरूका लागी समय राम्रो रहेको छ । अध्ययनमा अरूभन्दा एक कदम अगाडी बढी पुरस्कार तथा प्रशंसा पत्र आफूतिर ल्याउन सकिनेछ ।

तपाईँको दिन शुभ रहोस् ।

प्रधानमन्त्री मोदीको अध्यक्षतामा ब्रिक्स घोषणापत्र

नयाँ दिल्ली। भारतमा जारी १८औँ ब्रिक्स शिखर सम्मेलनको पह ...

‘मधेश राज्य’का लागि संघर्षको आह्वान : छठपछि सशक्त

९ दलीय सम्मलित गठन गरिएको अग्रगामी मोर्चाले मधेश प्रदेश ...

शिक्षामन्त्री पोखरेल सहभागी कार्यक्रममा रास्वपाकै

सिरहाको औरही गाउँपालिकामा आयोजित एक कार्यक्रममा पुगेका ...

भदौ २८ गते आइतबार, यस्तो छ तपाईं को राशिफल

वि.सं.२०८३ साल भाद्र २८ गते । आइतबार । ईश्वी सन् २०२६ स ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब