भदौ २२ गते सोमबार, यस्तो छ तपाईंको राशिफल

  • भदौ २२, २०८३ | ११४ पटक पढिएको | सीमा संदेश
alt

 

आजको पञ्चाङ्ग

वि.सं.२०८३ साल भाद्र २२ गते । सोमबार । इस्वी सन् २०२६ सेप्टेम्बर ७ तारिख । नेपाल संवत् ११४६ । रौद्र संवत्सर । दक्षिणायन । वर्षा ऋतु । श्रीशाके १९४८ । भाद्र कृष्णपक्ष । तिथि–एकादशी, बेलुकी ४ बजेर २ मिनेट उप्रान्त द्वादशी । नक्षत्र–पुनर्वशु, बेलुकी ६ बजेर २२ मिनेट उप्रान्त तिष्य । योग–व्यातिपात, बिहान ७ बजेर ४७ मिनेट उप्रान्त वरियान । करण–बालव, बेलुकी ४ बजेर २ मिनेट उप्रान्त कौलव, रातको २ बजेर ५३ मिनेट उप्रान्त तैतिल । आनन्दादिमा–धुम्र योग । चन्द्रराशि–मिथुन, मध्यान्ह १२ बजेर ४५ मिनेट उप्रान्त कर्कट  ।

काठमाडौँमा सूर्योदय बिहान ५ बजेर ४५ मिनेट । सूर्यास्त बेलुकी ६ बजेर १६ मिनेट । दिनमान ३१ घडी १८ पला ।

आजको बार बेला ।

  • बिहान ५ बजेर ४५ मिनेटसम्म अमृत बेला ।
  • बिहान ५ बजेर ४६ मिनेटदेखि बिहान ७ बजेर १९ मिनेटसम्म काल बेला ।
  • बिहान ७ बजेर २० मिनेटदेखि बिहान ८ बजेर ५३ मिनेटसम्म शुभ बेला ।
  • बिहान ८ बजेर ५४ मिनेटदेखि बिहान १० बजेर २७ मिनेटसम्म रोग बेला ।
  • बिहान १० बजेर २८ मिनेटदेखि मध्यान्ह १२ बजेर १ मिनेटसम्म उद्वेग बेला ।
  • दिउँसो १२ बजेर २ मिनेटदेखि दिउँसो १ बजेर ३५ मिनेटसम्म चर बेला ।
  • दिउँसो १ बजेर ३६ मिनेटदेखि दिउँसो ३ बजेर ९ मिनेटसम्म लाभ बेला ।
  • दिउँसो ३ बजेर १० मिनेटदेखि बेलुकी ४ बजेर ४३ मिनेटसम्म अमृत बेला ।
  • बेलुकी ४ बजेर ४४ मिनेटदेखि बेलुकी ७ बजेर ४३ मिनेटसम्म चर बेला ।

नोट : शुभकार्य तथा यात्रा गर्दै हुनुहुन्छ भने लाभबेला र अमृत बेलाको समय पारेर गर्नुहोला  ।

राहुकाल

बिहान ७ बजेर १९ मिनेटदेखि बिहान ८ बजेर ५३ मिनेटसम्म राहुकाल रहनेछ ।

नोट : राहुकालको समयमा कुनै पनि शुभ कार्य गर्नु हुन्न भन्ने शास्त्रीय मान्यता रहेको छ ।

ब्रहा मुहूर्त

बिहान ४ बजेर ११ मिनेटदेखि बिहान ४ बजेर ५९ मिनेटसम्म ब्रहा मुहूर्त रहनेछ ।

आजको राशिफल

  • मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) पारिवारिक सम्बन्ध सुदृढ हुनेछ भने प्रेममा रमाउन चाहनेहरूका लागी समयले साथ दिनेछ । आमा वा आफन्तको सहयोगले राम्रा तथा उपलब्धिमूलक कामहरू गर्न  सकिनेछ । घरजग्गा तथा सवारी साधनको जोड्न सकिने वा खरिद बिक्रीबाट लाभ लिन सकिनेछ । राजनीति तथा सामाजिक काममा जनताको काम गर्न सकिने हुनाले प्रतिष्ठामा वृद्धि हुनेछ । औद्योगिक क्षेत्र, वित्तीय बजार तथा व्यापारबाट आम्दानी गर्न सकिनेछ ।
  • वृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) समाजमा गुमेको साख फिर्ता हुनुको साथै आफ्नो वर्चस्व बढाउन सकिनेछ । समयको भरपुर सदुपयोग गरी भाग्य वृद्धि गर्न सकिने साथै दिगो फाइदा हुने काम आरम्भ गर्न सकिनेछ । नियमित काममा दाजुभाइ तथा आफन्तको सहयोग हुने हुँदा मन प्रसन्न हुनेछ । छोटो, रमाइलो तथा उपलब्धिमूलक यात्रा हुने अधिक सम्भावना रहेको छ । खानपान तथा मनोरञ्जनमा समय व्यातित हुनेछ ।
  • मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) माया प्रेममा सामिप्यता बढेर जाने तथा मिल्ने साथीको सहयोगले कामहरू बन्नेछन् । पढाइ लेखाइमा सुधार गर्दै सफलताको नजिक पुग्न सकिनेछ ।  सानो प्रयत्नले राम्रो काम गरी फाइदा लिन सकिनेछ भने प्रतिस्पर्धा परास्त हुनेछन् । पराक्रमी क्रियाकलापमा सहभागी भई भरपुर मनोरञ्जन गर्न सकिनेछ । छिमेकीहरू माझ राम्रो कामगरि प्रसिद्धि कमाउन सकिनेछ । दाजुभाइ तथा बन्धुबान्धबको सहयोग पाइने हुनाले जोसिलो काम गर्ने जाँगर आउनेछ ।
  • कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) पुराना कमीकमजोरी सुधार्दै नयाँ काममा हात हाल्न सकिनेछ । पारिवारिक माहौलमा जमघट भई मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर आउनेछ । माया प्रेममा रमाइलो गर्दै समय व्यातित गर्ने समय रहेको छ । व्यापार, शेयर बजार तथा औद्योगिक क्षेत्रमा लगानी गरी आर्थिक अवस्था सुधार्न सकिनेछ । राजनीतिज्ञ तथा पत्रकारको लागी समय राम्रो रहेको छ ।  बिहानको समयमा लामो दुरीको यात्राको योग रहेको छ । स्वास्थ्य सम्बन्धी समस्या बढ्न सक्छ ।
  • सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) विदेशी सामानको व्यापारबाट मनग्गे लाभ लिन सकिनेछ । विदेशी लगानीबाट सञ्चालित संस्थामा काम पाइने वा विदेश यात्राको प्रबल सम्भावना रहेको छ । खानपान तथा मनोरञ्जनमा समय व्यातित हुनेछ । औद्योगिक क्षेत्र तथा वित्तीय क्षेत्रमा आज गरिने लगानीबाट आम्दानी गर्न सकिनेछ । तर पनि स्वास्थ्य सम्बन्धी समस्या आउन सक्छ ध्यान दिनुहोला । राज्यसँग सम्बन्धित काम गर्दा ख्याल गर्नुहोला जरिवाना पनि हुन सक्छ ।
  • कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) साथीभाइ, बन्धुवान्धव तथा इष्टमित्रको सहयोगले राम्रा तथा परिणाममुखी काम गर्न सकिनेछ । व्यापार तथा उद्योगमा लगानी गरी मनग्गे लाभ लिन सकिनेछ । शिक्षा तथा शिक्षा पेसासँग सम्बन्धित कामबाट रुपैयाँ पैसा कमाउन सकिनेछ । माया प्रेमको डोरो कसिलो भएर जानेछ भने जीवन साथीको सहयोगले उपलब्धिमूलक काम गर्न सकिनेछ । पैतृक धन तथा सम्पत्तिको प्रयोग मार्फत आम्दानी बढाउन सकिनेछ ।
  • तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) राजनीति तथा समाजसेवामा समय लगानी गर्नेहरूका लागी जनताको समर्थन पाइने तथा पद प्राप्तिको योग रहेको छ । पढाइ लेखाइमा मन जाने तथा नतिजा आफैतिर ल्याउन सकिनेछ । नयाँ काम पाइने वा नोकरीमा बढोत्तरीको योग रहेको छ । व्यवसाय वा वित्तीय बजारमा लगानी बढाइ मनग्गे धन आर्जन गर्न सकिनेछ । प्राकृतिक स्रोत तथा सम्पत्तिको प्रयोग गरी आए बढाउन सकिनेछ ।
  • वृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) बिहानको समय मध्यम रहेकोले स्वास्थ्यमा समस्या आई सुरु गरेका कामहरू सम्पादन गर्न सकिने अवस्था रहने छैन । सहयोग गर्ने भन्दा आश्वासन बाढ्नेहरु धेरै भेटिनेछन् । मध्यान्हबाट समय राम्रो रहेकोले आफन्त तथा अग्रजहरूको सहयोगले राम्रा तथा परिणाममुखी काम गर्न सकिनेछ । नयाँ काम पाउने तथा सुगम स्थानमा स्थानान्तरणको बलियो सम्भावना रहेको छ । कृषि तथा पशुपालन व्यवसाय फस्टाएर जानेछ । धार्मिक पुस्तक अध्ययन गरी बौद्धिक क्षेत्र फराकिलो बनाउन सकिनेछ ।
  • धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) नसोचेको धन तथा सम्पत्ति हात लागी हुनेछ भने चिट्ठा प्राप्तिको गतिलो योग रहेको छ । आफन्त तथा दिदी बहिनीबाट सहयोग तथा समर्थन पाइनेछ । शुभचिन्तकको सुझावलाई शिरोधार्य गर्दै अगाडी बढ्न सके फाइदा हुनेछ । माया प्रेममा नजिक भई आफ्ना कुराहरू राख्न सकिनेछ । प्रयत्न गर्दा पदीय जिम्मेवारी प्राप्त हुनेछ । व्यावसायिक यात्राको तय गर्न सकिनेछ भने कर्मफल प्राप्त हुनाले मन प्रसन्न हुनेछ ।
  • मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) आफन्त तथा प्रियजनसँगको भेटघाटले दिन रमाइलोसँग बिताउन सकिनेछ । माया प्रेममा नजिक हुन सकिने तथा जीवन साथीको सहयोगले राम्रा कामहरू हुनेछन् । आÏनै मेहनतले जीवन शैलीमा उल्लेख्य परिवर्तन गर्न सकिनेछ । आपत् बिपतमा परेका मानिसहरूलाई सहयोग गर्न सकिनेछ । खाद्यान्न तथा औषधीजन्य सामानको व्यापारबाट उल्लेख्य वृद्धि हुनेछ ।
  • कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) पुराना विवादहरू साम्य हुनेछन् भने न्यायिक निर्णय तपाईँकै पक्षमा फैसला हुनेछ । पढाइ लेखाइमा प्रतिस्पर्धीहरूलाई किनारा लगाउँदै उत्कृष्ट नतिजा तपाईँको हातमा पर्नेछ । माया प्रेमका कोपिलाहरू फक्रनेछन् भने पति पत्नीको सहयोगले उपलब्धिमूलक कामहरू गर्न सकिनेछ ।  ऋण, रोग तथा सङ्कटको सामना गर्ने शक्ति जुटाउन सकिनेछ । व्यापार, वित्तीय बजार तथा उत्पादनमुखी व्यवसायबाट लाभ लिन सकिनेछ ।
  • मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) शुभचिन्तक तथा आफन्तको साथ सहयोगले उपलब्धिमूलक कामहरू गर्न सकिनेछ । बौद्धिकताको प्रयोग मार्फत चेतनाको स्तर उकास्न सकिनेछ । माया प्रेमको गाँठो सकिनेछ । शिक्षा क्षेत्रसँग सम्बन्धित व्यापारमा लगानी गरी मनग्गे धन आर्जन गर्न सकिनेछ । मन परेको मानिसबाट उपहार तथा भौतिक सम्पत्ति प्राप्त हुनेछ । राज्यको नजिक भएर काम गर्नेहरूले पद पाउने योग रहेको छ । बिहानको समयमा यात्रा गर्दा वा सवारी साधनको प्रयोग गर्दा ध्यान दिनुहोला ।

तपाईँको दिन शुभ रहोस् ।

सिरहामा राष्ट्रिय परिचयपत्र बनाउनै सास्ती

 राष्ट्रिय परिचयपत्र बनाउन जिल्ला प्रशासन कार्यालय ...

अस्पतालबाहिर सुत्केरी गराइएको घटनामा ६ जना कर्मचार

गजेन्द्रनारायण सिंह अस्पताल, राजविराजको मूल गेटबाहिर एक ...

युएईविरुद्ध आसिफको शतक

एसीसी प्रिमियर कपको फाइनल खेलमा आसिफ शेखले शतक बनाएका छ ...

भदौ २७ गते शनिबार, यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल भाद्र २७ गते । शनिबार । ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब