असोज ९ गते शुक्रबार,यस्तो छ तपाईंलो राशिफल
- असोज ९, २०८३ | ६७ पटक पढिएको | सीमा संदेश
आजको पञ्चाङ्ग
वि.सं.२०८३ साल असोज ९ गते । शुक्रबार । इस्वी सन् २०२६ सेप्टेम्बर २५ तारिख । नेपाल संवत् ११४६ । रौद्र संवत्सर । दक्षिणायन । शरद ऋतु । श्रीशाके १९४८ । भाद्र शुक्लपक्ष । तिथि–चतुर्दशी, बेलुकी १० बजेर १६ मिनेट उप्रान्त पूर्णिमा । नक्षत्र–शतभिषा, बिहान ११ बजेर ३४ उप्रान्त पूर्वाभाद्रपदा । योग–शूल, बेलुकी ४ बजेर १२ मिनेट उप्रान्त गंड । करण–गर, बिहान १० बजेर १२ मिनेट उप्रान्त वणिज, बेलुकी १० बजेर १६ मिनेट उप्रान्त भद्रा । आनन्दादिमा–सौम्य योग । चन्द्रराशि–कुम्भ ।
काठमाडौँमा सूर्योदय बिहान ५ बजेर ५४ मिनेट । सूर्यास्त बेलुकी ५ बजेर ५५ मिनेट । दिनमान ३० घडी ५ पला ।
दिन विशेष : अनन्त चतुर्दशीव्रत, कुमारी इन्द्रजात्रा, स्वां छाये, हरिसिद्धिमा दीप यात्रा, लङ्कुठँडार मष्टोपूजा, कपल्लेकी जात्रा डोटी ।
आजको बार बेला ।
- बिहान ५ बजेर ५४ मिनेटसम्म चर बेला ।
- बिहान ५ बजेर ५४ मिनेटदेखि बिहान ७ बजेर २४ मिनेटसम्म लाभ बेला ।
- बिहान ७ बजेर २५ मिनेटदेखि बिहान ८ बजेर ५४ मिनेटसम्म अमृत बेला ।
- बिहान ८ बजेर ५५ मिनेटदेखि बिहान १० बजेर २४ मिनेटसम्म काल बेला ।
- बिहान १० बजेर २५ मिनेटदेखि बिहान ११ बजेर ५५ मिनेटसम्म शुभ बेला ।
- बिहान ११ बजेर ५६ मिनेटदेखि दिउँसो १ बजेर २५ मिनेटसम्म रोग बेला ।
- दिउँसो १ बजेर २६ मिनेटदेखि दिउँसो २ बजेर ५५ मिनेटसम्म उद्वेग बेला ।
- दिउँसो २ बजेर ५७ मिनेटदेखि बेलुकी ४ बजेर २५ मिनेटसम्म गर बेला ।
- बेलुकी ४ बजेर २७ मिनेटदेखि बेलुकी ७ बजेर २५ मिनेटसम्म रोग बेला ।
नोट : शुभकार्य तथा यात्रा गर्दै हुनुहुन्छ भने लाभबेला र अमृत बेलाको समय पारेर गर्नुहोला ।
राहुकाल
बिहान १० बजेर २४ मिनेटदेखि बिहान ११ बजेर ५४ मिनेटसम्म राहुकाल रहनेछ ।
नोट : राहुकालको समयमा कुनै पनि शुभ कार्य गर्नु हुन्न भन्ने शास्त्रीय मान्यता रहेको छ ।
ब्रहा मुहूर्त
बिहान ४ बजेर १८ मिनेटदेखि बिहान ५ बजेर ६ मिनेटसम्म ब्रहा मुहूर्त रहनेछ ।
आजको राशिफल
- मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) माया प्रेममा सामिप्यता बढ्ने तथा पति पत्नी बिचको सम्बन्धमा सुधार भएर जानेछ । दाजुभाइले तपाईँको काममा आर्थिक सहयोग गर्ने हुनाले मन प्रसन्न रहनेछ । इच्छा तथा मनोकामनाहरू पुरा हुनेछन् । दिगो काम गरी आम्दानीका स्रोत बढाउन सकिनेछ । खाद्यान्न तथा औषधीजन्य सामानको व्यापारमा उल्लेख्य वृद्धि हुनेछ । तर पनि बाहिरी वातावरण तथा मौसमको अध्ययन गरेर मात्र यात्रामा निस्कनु होला ।
- वृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) पैतृक कामबाट लाभ लिन सकिने तथा पैतृक सम्पत्तिको प्रयोग गरी आर्थिक रूपमा सम्पन्न हुने योग रहेको छ । नयाँ काम पाउने तथा नोकरीमा उच्च पद प्राप्तिको गतिलो सम्भावना रहेको छ । लक्ष्य प्राप्तिको लागि चालिने पाइलाहरू सकारात्मक दिशामा अगाडी बढ्नेछन् । पढाइ लेखाइ अरूभन्दा एक कदम अगाडी नतिजा ल्याउन सकिनेछ । प्रेममा नजिक हुने समय रहेको छ । तर पनि यात्रा तथा मनोरञ्जनको लागी समय मध्यम रहेको छ ।
- मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) खोज तथा अनुसन्धानको क्षेत्रमा सकारात्मक उपलब्धि हासिल हुनेछ । स्वास्थ्य सबल हुनाले पुरुषार्थी काम गरी आम्दानी बढाउन सकिनेछ । माया प्रेमको डोरो कसिलो भएर जाने तथा पति पत्नी बिच अझ विश्वास बढेर जानेछ । नाफामूखी व्यापार भन्दा सेवामुखी व्यापार व्यवसाय फस्टाएर जानेछ । खाद्यान्न तथा औषधीजन्य समानको व्यापारबाट नाफा कमाउन सकिनेछ भने अध्यन व्यापारमा मन्दीको सामना गर्नुपर्नेछ । अध्ययन वा कामको सिलसिलामा लामो तथा छोटो दुरीको यात्रा स्थगित गर्नु नै हितकर हुनेछ ।
- कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) सवारी साधनको प्रयोग गर्दा वा चलाउँदा ध्यान दिनुहोला अप्रिय घटना नघट्ला भन्न सकिन्न । दिनभर व्यस्त भए पनि न्यून पारिश्रमिकमा चित्त बुझाउनु पर्दा मन खिन्न हुनेछ । खानपिन तथा बाहिरी वातावरणको ख्याल गर्नुहोला । पढाइ लेखाइमा समय दिन नसक्दा अरूभन्दा पछि परिने चिन्ताले सताउनेछ । व्यापार व्यवसायमा समय दिन नसक्दा घाटा लाग्ने योग रहेको छ भने आम्दानीका स्रोतहरू साँघुरिनेछन् । यात्रा भरसक स्थगित गर्नु नै हितकर हुनेछ ।
- सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) विभिन्न भौतिक तथा बिलासी सामानको प्रयोग गर्न पाइनेछ । पढाइ लेखाइ तथा खोजीमूलक क्षेत्रबाट नाम कमाउन सकिनेछ । माया प्रेममा सामिप्यता बढेर जाने तथा जीवन साथीको सहयोगले राम्रा काम गर्न सकिनेछ । औषधीजन्य तथा खाद्यान्नमा गरिएको लगानीबाट नाफा कमाउन सकिनेछ । बाहिरी वातावरण तथा मौसमको ध्यान दिएर मात्र यात्रामा निस्कनु होला ।
- कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) शत्रु घरमा गोचर गर्ने शुभ चन्द्रमाले ऋण, रोग तथा शत्रुलाई रिमोभ गर्दै अगाडी बढ्न सकिनेछ । साथीभाइ तथा इष्टमित्रबाट सहयोग पाइने हुनाले व्यवसायमा लगानी बढाई आम्दानी गर्न सकिनेछ । न्यायिक निर्णयहरू तपाईँकै पक्षमा हुनेछन् । पढाइ लेखाइमा मन जाने तथा थोरै समय दिँदा पनि नतिजा आफ्नै पोल्टोमा पार्न सकिनेछ । मामा तथा मावली पक्षबाट सहयोग प्राप्त हुनेछ । यात्रा गर्दा वा सवारी साधन चलाउँदा ध्यान दिनुहोला ।
- तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) खाद्यान्न तथा औषधीजन्य पेसा व्यवसायबाट मनग्गे धन आर्जन गर्न सकिनेछ । तपाईँले गरेको काममा सन्तान तथा छोराछोरीको पनि सहयोग प्राप्त हुनाले आम्दानी बढ्नेछ । प्रेममा रमाउन चाहनेहरूका लागी आजको दिन उत्तम रहेको छ । बौद्धिक कार्यक्रममा सहभागी भई आफ्नो प्रस्तुति प्रस्तुत गर्ने अवसर प्राप्त हुनेछ । अध्ययनमा भनेजस्तो नतिजा ल्याउन सकिनेछ । तर पनि यात्रा गर्दा वा सवारी साधन प्रयोग गर्दा ध्यान दिनुहोला ।
- बृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) आफन्तहरू टाढिने तथा पति पत्नी बिच सामान्य मनमुटाबको सिर्जना हुनेछ । पढाइ लेखाइमा समय दिन नसक्दा अरूभन्दा पछि परिनेछ । राजनीति तथा समाजसेवामा समय लगानी गर्नेहरूका लागी समय मध्यम भएकोले जनताबाट आलोचनात्मक समर्थन पाइनेछ । व्यापार व्यवसायमा नाफा कमाउन निकै नै समय खर्चनु पर्नेछ । अध्ययन वा कामको लागी यात्रा गर्दै हुनुहुन्छ भने केही दिनको लागी स्थगित गर्नुहोला ।
- धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) औषधीजन्य तथा दैनिक उपभोग्य सामानको व्यापार व्यवसायमा लगानी गरी नाफा कमाउन सकिनेछ । भौतिक स्रोत साधन जुट्नाले काम गर्न सहज हुनेछ । आँटिला तथा पुरुषार्थी काम गरी नाम तथा दाम दुवै कमाउन सकिनेछ । सामाजिक काम गरी जनताको समर्थन जुटाउन सकिनेछ । लेखेरै नाम तथा दाम दुवै कमाउन सकिनेछ । तर पनि भेटघाट, यात्रा तथा मनोरञ्जनको लागी समय मध्यम रहेको छ ।
- मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) पारिवारिक माहौलमा समय बित्ने तथा मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । घरायसी व्यापारमा समय व्यातित हुने तथा लगानी गरी मनग्गे धन आर्जन गर्न सकिनेछ । आफन्त तथा कुटुम्बको सहयोग पाइनाले कामहरू तीव्र गतिमा अगाडी बढाउन सकिनेछ । प्रणय सम्बन्धमा रमाउन चाहनेहरूका लागी समय राम्रो रहेको छ । तर पनि नदी तथा तटीय क्षेत्रमा यात्रा गर्दै हुनुहुन्छ धने ध्यान दिनुहोला ।
- कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) पारिवारिक माहौलमा समय बित्ने हुनाले दिन रमाइलो तथा उल्लासमय रहनेछ । महँगो तथा बिलासी वस्तुको प्रयोग गर्न पाइने योग रहेको छ । राजनीति तथा सामाजिक कार्यमा जनताको समर्थन रहनेछ भने प्रतिष्ठित काम गरी इज्जत कमाउन सकिनेछ । प्रेममा नजिक भई गफिने अवसर प्राप्त हुनेछ । अनलाइन व्यापार, टेक्निकल सामान तथा नयाँ प्रविधिको प्रयोग गरी आम्दानीमा वृद्धि गर्न सकिनेछ । तर पनि यात्रा गर्दै हुनुहुन्छ भने मौसम वा बाहिरी वातावरणको ध्यान दिनुहोला ।
- मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) लगानी गर्दा ध्यान दिनुहोला प्रतिफल पाउन निकै समय खट्नु पर्नेछ । पढाइ लेखाइमा अलि बढी मेहनतको खाँचो पर्ने देखिन्छ । व्यापारमा लगानी गर्नको लागी केही समय पर्खनु नै राम्रो रहेको छ । देशभित्रको यात्राको लागी समय मध्यम रहेको छ । तर पनि विदेशमा बसेर पेसा व्यवसाय गर्नेहरूका लागी समय फलदायी रहनेछ । तापनि लामो दुरीको विदेश यात्राको गतिलो सम्भावना रहेको छ ।
तपाईँको दिन शुभ रहोस् ।