वि.सं.२०८३ साल असोज ८ गते । बिहीबार । इस्वी सन् २०२६ सेप्टेम्बर २४ तारिख । नेपाल संवत् ११४६ । रौद्र संवत्सर । दक्षिणायन । शरद ऋतु । श्रीशाके १९४८ । भाद्र शुक्लपक्ष । तिथि–द्वादशी, बेलुकी ९ बजेर ५९ मिनेट उप्रान्त चतुर्दशी । नक्षत्र–धनिष्ठा, बिहान १० बजेर २५ उप्रान्त शतभिषा । योग–धृति, बेलुकी ४ बजेर ५७ मिनेट उप्रान्त शूल । करण–कौलव, बिहान ९ बजेर ४० मिनेट उप्रान्त तैतिल, बेलुकी ९ बजेर ५९ मिनेट उप्रान्त गर । आनन्दादिमा–श्रीवत्स योग । चन्द्रराशि–कुम्भ ।
काठमाडौँमा सूर्योदय बिहान ५ बजेर ५३ मिनेट । सूर्यास्त बेलुकी ५ बजेर ५६ मिनेट । दिनमान ३० घडी ९ पला।
- बिहान ५ बजेर ५३ मिनेटसम्म शुभ बेला ।
- बिहान ५ बजेर ५४ मिनेटदेखि बिहान ७ बजेर २४ मिनेटसम्म रोग बेला ।
- बिहान ७ बजेर २५ मिनेटदेखि बिहान ८ बजेर ५४ मिनेटसम्म उद्वेग बेला ।
- बिहान ८ बजेर ५५ मिनेटदेखि बिहान १० बजेर २४ मिनेटसम्म चर बेला ।
- बिहान १० बजेर २५ मिनेटदेखि बिहान ११ बजेर ५५ मिनेटसम्म लाभ बेला ।
- बिहान ११ बजेर ५६ मिनेटदेखि दिउँसो १ बजेर २५ मिनेटसम्म अमृत बेला ।
- दिउँसो १ बजेर २६ मिनेटदेखि दिउँसो २ बजेर ५६ मिनेटसम्म काल बेला ।
- दिउँसो २ बजेर ५७ मिनेटदेखि बेलुकी ४ बजेर २६ मिनेटसम्म शुभ बेला ।
- बेलुकी ४ बजेर २७ मिनेटदेखि बेलुकी ७ बजेर २६ मिनेटसम्म अमृत बेला ।
नोट : शुभकार्य तथा यात्रा गर्दै हुनुहुन्छ भने लाभबेला र अमृत बेलाको समय पारेर गर्नुहोला ।
राहुकाल
दिउँसो १ बजेर २५ मिनेटदेखि दिउँसो २ बजेर ५५ मिनेटसम्म राहुकाल रहनेछ ।
नोट :राहुकालको समयमा कुनै पनि शुभ कार्य गर्नु हुन्न भन्ने शास्त्रीय मान्यता रहेको छ ।
ब्रहा मुहूर्त
बिहान ४ बजेर १७ मिनेटदेखि बिहान ५ बजेर ५ मिनेटसम्म ब्रहा मुहूर्त रहनेछ ।
आजको राशिफल
- मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) आफन्त तथा मित्रहरूको सहयोग पाइने हुनाले मन प्रसन्न रहनेछ । राम्रो काम गरी समाजमा नाम कमाउन सकिनेछ । अध्ययनमा सुधार गर्दै राम्रो नतिजा हात पार्न सकिनेछ । माया प्रेमको गाँठो कसिलो भएर जानेछ । पैतृक धन तथा प्राकृतिक स्रोतको प्रयोग मार्फत आम्दानी गर्न सकिनेछ । सवारी साधन लाभ हुने योग रहेको छ । तर पनि देशभित्रको यात्राको सवालमा केही कठिनाइको सामना गर्नु पर्ने हुन सक्छ ध्यान दिनुहोला ।
- वृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) उच्च तथा विशिष्ट व्यक्तित्वसँग मित्रता बढ्नेछ । विभिन्न अवसरको सदुपयोग गर्दै राम्रा तथा परिणाममुखी काम गर्न सकिनेछ । राजनीति तथा समाजसेवामा जनताको समर्थन पाइनाले पद प्राप्तिको योग रहेको छ । अध्ययनमा प्रतिस्पर्धीहरूलाई किनारा लगाउँदै उत्कृष्ट नतिजा हात पार्न सकिनेछ । माया प्रेममा सामिप्यता बढेर जाने तथा यात्राको अवसर जुर्नेछ । यात्राको लागी भने समय मध्यम रहेको छ ।
- मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) कल्याणकारी तथा तारिफयोग्य काम गरी चर्चामा आउन सकिनेछ । भाग्य तथा समयले साथ दिने हुँदा सानो प्रयत्नले ठुला कामहरू बन्नेछन् । धर्म तथा आध्यात्मिक क्षेत्रमा ध्यान जाने हुनाले धार्मिक प्रतिष्ठान वा मन्दिर तिरको यात्रा हुनेछ । दाजुभाइ तथा जीवन साथीसँगको सम्बन्ध थप सुदृढ हुनेछ । लेखन कलाको माध्यमबाट आफ्ना विचारहरू मनमानसमा लैजान सकिनेछ । तर पनि मौसम तथा बाहिरी वातावरणको अध्ययन गरी यात्रा गर्नुहोला ।
- कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) सङ्कट व्यवस्थापनमा चालिएका कदमहरू निरर्थक हुनेछन् । गोप्य योजनाहरू बाहिरिन सक्छ ध्यान दिनुहोला । आफन्त तथा दिदी बहिनीहरूले पनि सहयोग गर्ने छैनन् । अल्छी गर्ने बानिले काम बाकी रहनेछ भने शरीर स्वास्थ्य नहुनाले आलस्यता बढेर जानेछ । व्यापारमा लगानी गरी हाल्ने समय नरहेकोले केहि समय पर्खनु नै राम्रो हुनेछ । लामो तथा छोटो दुरीको यात्रा गर्दा ध्यान दिनुहोला समय मध्यम रहेको छ ।
- सिंह(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) व्यापार तथा शेयर बजारमा उच्च प्रतिफल हात पार्न सकिनेछ । प्रेम तथा मित्रताको बन्धन कसिलो भएर जानेछ भने जीवन साथीको सहयोग पाइनाले राम्रा काम गर्न सकिनेछ । अध्ययनमा नतिजा आफैतिर ल्याउन सकिनेछ । अतिथिको रूपमा सम्मान पाइनुको साथै रमाइलो घुमघामको समेत अवसर आउनेछ । तर पनि भौतिक सम्पत्तिको प्रयोग तथा परिचालन गर्दा ध्यान दिनुहोला । बाहिरी वातावरण तथा मौसमको अध्ययन गरेर यात्राको तय गर्नुहोला ।
- कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) प्रतिस्पर्धी तथा सहपाठीहरूलाई किनारा लगाउँदै पढाइ लेखाइमा नतिजा हात पार्न सकिनेछ । नोकरीमा हुने प्रतिस्पर्धामा तपाईँको नाम अग्र स्थानमा आउनेछ । रोकिएर बसेका काम बन्ने तथा स्वास्थ्य सम्बन्धी समस्या झेल्नेहरूले मुक्ति पाउने समय रहेको छ । दाम्पत्य सम्बन्ध तथा प्रेम सम्बन्ध सुखी रहनेछ । मामा तथा मावली पक्षबाट सहयोग पाइनेछ । तर पनि यात्रा तथा मनोरञ्जनलाई स्थगित गर्नु नै राम्रो हुनेछ ।
- तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) अध्ययनमा भनेजस्तो उपलब्धि हासिल गर्न सकिनेछ । परिवार तथा सन्तानले व्यापारमा सहयोग गर्ने हुनाले मनग्गे धन आर्जन गर्न सकिनेछ । सेवामूलक काम वा शिक्षा क्षेत्रको कामबाट मनग्गे धन आर्जन गर्न सकिनेछ । प्रेममा रमाउन चाहनेहरूका लागी समय राम्रो रहेको छ । खाद्यान्न, निर्माण सामाग्री तथा बिलासी सामानको व्यापारमा उल्लेख्य वृद्धि हुनेछ । तर पनि यात्रा तथा पारिवारिक भेटघाटलाई केही स्थगित गर्नुहोला ।
- वृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) सहयोगी तथा प्रतिस्पर्धीहरूले तपाईँको काममा सहयोग नगर्न सक्छन् । पढ्ने लेख्ने काममा समय दिन नसक्दा अरू भन्दा पछि परिनेछ । आर्थिक रूपमा सम्पन्न हुनको लागी चालिएका कदममा बाधा तथा अवरोध हुनेछ । आमा तथा आफन्तसँग सामान्य कुरामा मनमुटाब सिर्जना हुने योग रहेको छ । यात्रा गर्दै हुनुहुन्छ भने समय मध्यम रहेको छ । तर पनि सवारी साधनको खरिद बिक्री तथा कृषि क्षेत्रमा काम गर्नेहरूले मनग्गे आम्दानी गर्न सक्नेछन् ।
- धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) साहसी तथा पराक्रमी क्रियाकलापमा भाग लिई नाम तथा दाम दुवै कमाउन सकिनेछ । अदालतबाट हुने न्याय सम्पादन तपाईँकै पक्षमा हुनेछ । लेखन, कला तथा साहित्यको क्षेत्र आजको दिन राम्रो रहेको छ । प्रेम सम्बन्धहरूमा आत्मीयता थप प्रगाढ हुनेछ । अनलाइन व्यापार, शेयर बजार तथा उद्योगमा लगानी गरी नाफा कमाउन सकिनेछ । विशिष्ट व्यक्तित्वबाट सम्मान पाइने योग रहेको छ । तर पनि देश भित्रको यात्रा गर्दा ध्यान दिनुहोला समय मध्यम रहेको छ ।
- मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) समयमा काम गरी प्रशंसक तथा समर्थकहरू जुटाउन सकिनेछ । बुद्धि तथा वाणीको माध्यमले धेरैको मन आफूतिर खिच्न सकिनेछ । गीत सङ्गीत तथा मोडलिङ पेसा व्यवसायमा समय लगानी गर्दै हुनुहुन्छ भने समय फलदायी रहेको छ । अध्ययनमा मन जानेछ भने खोजीमूलक क्षेत्रमा रुचि बढ्नेछ । तर पनि भेटघाट, यात्रा तथा मनोरञ्जनको लागी समय मध्यम रहेको छ ।
- कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा) व्यापारमा लगानी गरी धन आर्जन गर्न सकिनेछ । आर्थिक पक्ष मजभूत रहनेछ भने आर्थिक वृद्धिका लागी नयाँ अवसरहरू प्राप्त हुनेछन् । प्रणय सम्बन्धमा सुधारको सङ्केत देखिनेछ । दैनिक समस्याहरू सुल्झाउँदै बढ्न सकिनेछ । तर पनि बाहिरी वातावरण तथा मौसमको अध्ययन गरेर मात्र यात्रामा निस्कनु होला । भौतिक स्रोत साधनको प्रयोग गर्दा ध्यान दिनुहोला ।
- मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) दैनिक खर्च बढ्नेछ भने स्वास्थ्यमा समस्या आई औषधी खर्च बढेर जानेछ । पढाइ लेखाइमा मन नजाँदा अरू भन्दा पछि परिनेछ । व्यापार व्यवसायमा प्रशस्त समय खर्चिए मात्र आम्दानी हुनेछ । अग्रज तथा आफन्त सँग मनमुटाब सिर्जना हुनेछ । देशभित्रको यात्राको लागी समय मध्यम रहेको छ । तापनि लामो दुरीको विदेश यात्राको गतिलो सम्भावना रहेको छ भने विदेशमा बसेर काम गर्नेहरूका लागी समयले साथ दिनेछ ।
तपाईँको दिन शुभ रहोस् ।