९० किलो गाँजा सहित सखुवानन्कारकट्टीमा एक जना पक्राउ

  • असोज २७, २०८३ | १५८ पटक पढिएको | सीमा संदेश
alt

 सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–५, कल्याणपुरबाट प्रहरीले ९० किलो लागुऔषध गाँजा बरामद गरेको छ।

जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार गए राति ११ बजे गाँजाको बिक्री भइरहेको भन्ने गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय लहान र महेशवारीबाट संयुक्त प्रहरी टोलीले खटिएको थियो । प्रहरी प्रवक्ता एवं डिएसपी रमेश बहादुर पालका अनुसार गाँजा सहित ४३ वर्षीय जगदिश यादवलाई पक्राउ परेका हुन् ।

टोलीले कल्याणपुरस्थित यादवको घरमा खानतलासी गर्दा सेतो बोराभित्र प्लास्टिकमा राखिएको अवस्थामा गाँजा फेला परेको जनाएको छ। बरामद गाँजा सहित यादवलाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय लहानमा राखिएको  र घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।

गोलबजारमा ५३ ग्रामभन्दा बढी खैरो हेरोइनसहित दुईजना

सिरहा प्रहरीले प्रतिवन्धित लागु पदार्थ ब्राउनसुगरसहित द ...

नेपालमा प्रियागोल्ड बिस्कुट प्रतिबन्ध

भारतमा खाद्य सुरक्षा तथा स्वच्छतासम्बन्धी मापदण्ड गम्भी ...

गोलबजार नगरपालिकाका वडाध्यक्ष सोहेब अनवर पक्राउ

सिरहा । सिरहाको गोलबजार नगरपालिका वडानम्बर ११ का वडाध्य ...

कार्तिक ९ गते सोमबार, यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल कार्तिक ९ गते । सोमबार ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब