आज कुष्माण्डा देवीको पूजा-आराधना गरिँदै

  • असोज २८, २०८३ | ५१ पटक पढिएको | सीमा संदेश
alt

शारदीय नवरात्रको चौथो दिन आज आश्विन शुक्ल चतुर्थीका अवसरमा विभिन्न शक्तिपीठ, देवी मन्दिर तथा घरघरका पूजा कोठाहरूमा नवदुर्गा भवानीको चौथो स्वरूप कुष्माण्डा देवीको विधिपूर्वक पूजा-आराधना गरिँदैछ ।

पौराणिक मान्यताअनुसार सृष्टिको रचना हुनुअघि चारैतर्फ अन्धकार रहेको अवस्थामा यिनै देवीले आफ्नो शक्तिले ब्रह्माण्डको रचना गरेकी थिइन् । आफ्नो बलले ब्रह्माण्ड उत्पन्न गरेकाले यिनलाई ुकुष्माण्डाु तथा सृष्टिको आदिस्वरूपा र आदिशक्तिकी देवी भन्ने गरिन्छ । उष्णता तथा शीतलतालाई समतुल्य बनाई सृष्टि गर्ने शक्ति भएकी यी देवीको बास सूर्यमण्डलभित्र रहने धार्मिक विश्वास छ ।

आठ वटा हात भएकी यी अष्टभूजा देवीको वाहन सिंह हो । यिनका सात हातमा क्रमशः कमण्डलु, धनुष, बाण, कमल पुष्प, अमृतपूर्ण कलश, चक्र र गदा तथा आठौँ हातमा सर्वसिद्धि र निधि प्रदान गर्ने माला रहेको छ । देवीले हातमा सृष्टिको आधार मानिने रक्तपूर्ण दुई वटा घडा समेत लिएकी छन् । यिनको भक्तिपूर्वक पूजा-आराधना गर्नाले आयु, यश, बल एवं आरोग्य वृद्धि हुने विश्वास गरिन्छ ।

कुष्माण्डा देवीलाई कुभिण्डोको बलि प्रिय लाग्ने गर्दछ । संस्कृतमा कुभिण्डोलाई 'कुष्माण्डा' भनिने र यसलाई देवीको प्रतीक मानेर शक्ति पीठहरूमा विधिपूर्वक पूजा तथा बलि चढाउने परम्परा रहेको छ । साथै, यस दिन देवीलाई मालपुवा प्रसादका रूपमा चढाउने, दान गर्ने र ग्रहण गर्ने चलन छ, जसबाट बुद्धिको विकास हुने शास्त्रीय मान्यता छ ।

शास्त्रोक्त विधिअनुसार बिहान सबेरै नित्यकर्म सकेर शुद्ध वस्त्र धारण गरी कलश, दीप र गणेश स्थापना गरेर संकल्पसहित कुष्माण्डा देवीको पूजा गरिन्छ । पूजामा कमल तथा राता फूल, पञ्चामृत, फलफूल र नैवेद्य अर्पण गरिन्छ । पूजाका क्रममा देवीको ध्यान मन्त्र ‘सुरासम्पूर्णकलशं रुधिराप्लुतमेव च । दधाना हस्तपद्माभ्यां कूष्माण्डा शुभदास्तु मे ।।’ उच्चारण गर्दै कुष्माण्डा स्तोत्र, कवच वा दुर्गा सप्तशती चण्डी पाठ गरी आरती र प्रसाद वितरण गर्ने गरिन्छ ।

नवरात्रको चौथो दिन आज पनि देशभरका प्रमुख नवदुर्गा मन्दिर तथा शक्ति पीठहरूमा कुष्माण्डा देवीको दर्शन एवं पूजाआजाका लागि बिहानैदेखि भक्तजनहरूको भीड लागेको छ ।

सिरहामा हवाई फायर गरेर लागुऔषध कारोबारी पक्राउ

सिरहामा प्रहरीले हवाई फायर गरेर लागुऔषध कारोबारीलाई पक् ...

कार्तिक १२ गते बिहीबार ,यस्तो छ तपाईंको राशिफल

वि.सं.२०८३ साल कार्तिक १२ गते । बिहीबार । ईश्वी सन् २०२ ...

तत्कालीन नगरप्रमुखसहित सात जनाविरुद्ध एक करोड ६० ल

गोलबजार नगरपालिका, सिराहका तत्कालीन नगर प्रमुख देवनाथ स ...

भ्रष्टाचारको पैसा लुकाउने नयाँ शैली– नगद होइन, जग्

भ्रष्टाचार गरेर कमाएको पैसा लुकाउन र वैध देखाउन घुस लिन ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब