गंगा नदीमा डुंगा पल्टिँदा १४ जनाको मृत्यु, ६ घाइते

  • असोज २८, २०८३ | ५८ पटक पढिएको | सीमा संदेश
alt

भारतको बिहारस्थित गंगा नदीमा डुंगा पल्टिँदा कम्तीमा १४ जनाको मृत्यु भएको छ । दुर्घटनामा परी ६ जना घाइते भएका छन् भने तीन जनालाई सकुशल उद्धार गरिएको छ।

भारतीय सञ्चारमाध्यम आजतकका अनुसार मङ्गलबार साँझ बिहारको राघोपुर विधानसभा क्षेत्रअन्तर्गत पर्ने रामपुर श्यामचन्द गाउँनजिकै यो दुःखद दुर्घटना भएको हो । उक्त डुंगामा २० जनाभन्दा बढी मानिसहरू सवार थिए । दुर्घटनामा ज्यान गुमाउनेहरूमा अधिकांश बालबालिका रहेको जानकारी दिइएको छ ।

डुंगामा सवार व्यक्तिहरू भोज खान गइरहेका बेला अचानक नदीमा डुंगा पल्टिएको बताइएको छ । घटनाको जानकारी पाउनासाथ स्थानीय प्रहरी तथा प्रशासनको टोली घटनास्थल पुगेर तीव्र रूपमा उद्धार अभियान चलाएको थियो । दुर्घटना के-कति कारणले भएको हो भन्ने विषयमा भने अहिलेसम्म स्पष्ट हुन सकेको छैन ।

बिहारका मुख्यमन्त्री सम्राट चौधरीले दुर्घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै मृतकका परिवारलाई जनही चार लाख भारतीय रुपैयाँ राहत दिने घोषणा गरेका छन् । उनले उद्धार कार्यलाई अझ तीव्र बनाउन र घाइतेहरूको उचित उपचारको व्यवस्था मिलाउन स्थानीय प्रशासनलाई निर्देशन दिएका छन् ।

यसै गरी भारतको बिहारका पूर्वउपमुख्यमन्त्री तथा राघोपुरका विधायक तेजस्वी यादवले पनि घटनाप्रति दुःख व्यक्त गरेका छन् । उनले स्थानीय बासिन्दा, प्रशासन र सम्बन्धित अधिकारीहरूसँग निरन्तर संवाद गरी उद्धार तथा घाइतेको उपचार कार्यलाई प्राथमिकताका साथ अगाडि बढाउन आग्रह गरेका छन् ।

यस्तै केन्द्रीय मन्त्री चिराग पासवानले पनि दुर्घटनामा भएको ठूलो मानवीय क्षतिप्रति शोक व्यक्त गरेका छन् । आफ्नो संसदीय क्षेत्रअन्तर्गत पर्ने राघोपुर दियारा क्षेत्रमा भएको यस दुर्घटनाका पीडित परिवारलाई तत्काल राहत उपलब्ध गराउन र घाइतेको उपचारमा विशेष ध्यान दिन उनले सम्बन्धित अधिकारीहरूलाई आग्रह गरेका छन् ।

गोलबजारमा ५३ ग्रामभन्दा बढी खैरो हेरोइनसहित दुईजना

सिरहा प्रहरीले प्रतिवन्धित लागु पदार्थ ब्राउनसुगरसहित द ...

नेपालमा प्रियागोल्ड बिस्कुट प्रतिबन्ध

भारतमा खाद्य सुरक्षा तथा स्वच्छतासम्बन्धी मापदण्ड गम्भी ...

गोलबजार नगरपालिकाका वडाध्यक्ष सोहेब अनवर पक्राउ

सिरहा । सिरहाको गोलबजार नगरपालिका वडानम्बर ११ का वडाध्य ...

कार्तिक ९ गते सोमबार, यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल कार्तिक ९ गते । सोमबार ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब