हात्ती मारेको अभियोगमा पक्राउ

  • कार्तिक १, २०८३ | ७६ पटक पढिएको | सीमा संदेश
alt

हात्ती मारेर गाडेको आरोपमा शुक्रबार एक जनालाई पक्राउ गरिएको छ ।

हनुमाननगर कङ्कालिनी नगरपालिका–१ स्थित रहेको धानखेतमा हात्तीलाई मारेर गाडेको भेटिएपछि एक जनालाई पक्राउ गरिएको हो । घटनाका विषयमा थप अनुसन्धान भइरहेकाले पक्राउ गरिएको व्यक्तिको नाम सार्वजनिक गरिएको छैन।

नियमित गस्तीमा आउने कोशीटप्पु वन्यजन्तु आरक्षको टोलीले कङ्कालिनी मन्दिरदेखि करिब एक किलोमिटर उत्तरपूर्व धान खेतमा हात्तीलाई मारेर गाडेको भेटेका हुन्। हात्तीलाई खाल्डोमा पुरेर माथिबाट परालले छोपेको भेटेको डिभिजन वन कार्यालय सप्तरीका प्रमुख मनोज ठाकुरले जानकारी दिए।

उनले भने, “गाडिएको हात्तीलाई बाहिर निकालेर अहिले पोष्टमार्टम भइरहेको छ ।” हात्तीलाई दुई–तीन दिनअघि नै मारेर गाडेको हुनसक्ने आशङ्का गरिएको छ।

हात्ती मरेको कारणबारे तत्काल खुल्न नसकेको र अनुसन्धान भइरहेको कोशी टप्पु वन्यजन्तु आरक्षलाई उद्धृत गर्दै डिभिजन प्रमुख ठाकुरले बताए।

गोलबजारमा ५३ ग्रामभन्दा बढी खैरो हेरोइनसहित दुईजना

सिरहा प्रहरीले प्रतिवन्धित लागु पदार्थ ब्राउनसुगरसहित द ...

नेपालमा प्रियागोल्ड बिस्कुट प्रतिबन्ध

भारतमा खाद्य सुरक्षा तथा स्वच्छतासम्बन्धी मापदण्ड गम्भी ...

गोलबजार नगरपालिकाका वडाध्यक्ष सोहेब अनवर पक्राउ

सिरहा । सिरहाको गोलबजार नगरपालिका वडानम्बर ११ का वडाध्य ...

कार्तिक ९ गते सोमबार, यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल कार्तिक ९ गते । सोमबार ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब