मधेशको नयाँ सरकारबारे एमाले र जसपा नेपालबीच छलफल

  • कार्तिक १, २०८३ | ११३ पटक पढिएको | सीमा संदेश
alt

मधेश प्रदेशमा नयाँ सरकार गठनबारे नेकपा एमाले र जसपा नेपालबीच छलफल भएको छ ।

एमाले अध्यक्ष केपी शर्मा ओली, जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव सहित दुवै पार्टीका नेताहरुले आज छलफल गरेका हुन् ।

छलफलमा जसपा नेपालका मधेश प्रदेश संसदीय दलका नेता सरोज कुमार यादव समेत थिए ।

जसपा नेपालकै नेतृत्वमा नयाँ सरकार गठन गर्ने गरी छलफल भएको एक नेताले बताए ।

ती नेताका अनुसार जसपा नेपाल संसदीय दलका नेता सरोज कुमार यादवको नेतृत्वमा नयाँ सरकार बनाउने गरी नयाँ गठबन्धन बनाउने प्रयास भइरहेको छ ।

हिजो शुक्रबार मात्रै नेकपा एमालेले नेपाली कांग्रेस नेतृत्वको मधेश सरकारबाट अलग हुँदै समर्थन फिर्ता लिएको थियो ।

मधेश प्रदेश सभामा जसपा नेपाल सबैभन्दा ठूलो दल हो । उसको २७ सिट छ । दोस्रो ठूलो दल एमालेको २३ सिट छ ।  कांग्रेसको २२ र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को १५ सिट मात्र छ ।

कुल १०७ सिट रहेको मधेश प्रदेशसभामा सरकारको आवश्यक बहुमतका लागि ५४ सिट आवश्यक पर्छ ।

गोलबजारमा ५३ ग्रामभन्दा बढी खैरो हेरोइनसहित दुईजना

सिरहा प्रहरीले प्रतिवन्धित लागु पदार्थ ब्राउनसुगरसहित द ...

नेपालमा प्रियागोल्ड बिस्कुट प्रतिबन्ध

भारतमा खाद्य सुरक्षा तथा स्वच्छतासम्बन्धी मापदण्ड गम्भी ...

गोलबजार नगरपालिकाका वडाध्यक्ष सोहेब अनवर पक्राउ

सिरहा । सिरहाको गोलबजार नगरपालिका वडानम्बर ११ का वडाध्य ...

कार्तिक ९ गते सोमबार, यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल कार्तिक ९ गते । सोमबार ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब