कार्तिक १३ गते शुक्रबार ,यस्तो छ तपाईंको राशिफल

  • कार्तिक १४, २०८३ | ४२ पटक पढिएको | सीमा संदेश
alt

आजको पञ्चाङ्ग

वि.सं.२०८३ साल कार्तिक १३ गते । शुक्रबार । इस्वी सन् २०२६ अक्टोबर ३० तारिख । नेपाल संवत् ११४६ । रौद्र संवत्सर । दक्षिणायन । शरद ऋतु । श्रीशाके १९४८ । कार्तिक कृष्णपक्ष । तिथि–पञ्चमी, बेलुकी ११ बजेर ४८ मिनेट उप्रान्त षष्ठी । नक्षत्र–मृगशिरा, दिउँसो १ बजेर ५८ मिनेट उप्रान्त आद्र्रा । योग–शिब, रातको २ बजेर १७ मिनेट उप्रान्त सिद्ध । करण–कौलव, दिउँसो १ बजेर ० मिनेट उप्रान्त तैतिल, बेलुकी ११ बजेर ४८ मिनेट उप्रान्त गर । आनन्दादिमा–मानस योग । चन्द्रराशि–मिथुन ।

काठमाडौँमा सूर्योदय बिहान ६ बजेर १४ मिनेट । सूर्यास्त बेलुकी ५ बजेर १९ मिनेट । दिनमान २७ घडी ४६ पला ।

आजको बार बेला ।

  • बिहान ६ बजेर १४ मिनेटसम्म चर बेला ।
  • बिहान ६ बजेर १४ मिनेटदेखि बिहान ७ बजेर ३७ मिनेटसम्म लाभ बेला ।
  • बिहान ७ बजेर ३७ मिनेटदेखि बिहान ९ बजेर ० मिनेटसम्म अमृत बेला ।
  • बिहान ९ बजेर १ मिनेटदेखि बिहान १० बजेर २३ मिनेटसम्म काल बेला ।
  • बिहान १० बजेर २४ मिनेटदेखि बिहान ११ बजेर ४७ मिनेटसम्म शुभ बेला ।
  • बिहान ११ बजेर ४८ मिनेटदेखि दिउँसो १ बजेर १० मिनेटसम्म रोग बेला ।
  • दिउँसो १ बजेर ११ मिनेटदेखि दिउँसो २ बजेर ३३ मिनेटसम्म उद्वेग बेला ।
  • दिउँसो २ बजेर ३५ मिनेटदेखि दिउँसो ३ बजेर ५७ मिनेटसम्म चर बेला ।
  • बेलुकी ३ बजेर ५८ मिनेटदेखि बेलुकी ६ बजेर ५७ मिनेटसम्म रोग बेला ।

नोट : शुभकार्य तथा यात्रा गर्दै हुनुहुन्छ भने लाभबेला र अमृत बेलाको समय पारेर गर्नुहोला  ।

राहुकाल

बिहान १० बजेर २३ मिनेटदेखि बिहान ११ बजेर ४६ मिनेटसम्म राहुकाल रहनेछ ।

नोट : राहुकालको समयमा कुनै पनि शुभ कार्य गर्नु हुन्न भन्ने शास्त्रीय मान्यता रहेको छ ।

ब्रहा मुहूर्त

बिहान ४ बजेर ३९ मिनेटदेखि बिहान ५ बजेर २६ मिनेटसम्म ब्रहा मुहूर्त रहनेछ ।

आजको राशिफल

  • मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) छोटो दुरीको रमाइलो यात्राको तय हुनेछ भने लामो समयदेखि भेट नभएका मित्र, आफन्त तथा घरपरिवारमा मानिससँग भेट हुँदा मन प्रसन्न रहनेछ । खाद्यान्न, गरगहना तथा निर्माण  सामाग्रीको व्यापारबाट मनग्गे धन लाभ हुनेछ । प्रणय सम्बन्धमा रमाउन चाहनेहरूका लागी समयले साथ दिनेछ भने जीवन साथीको सहयोगले नयाँ काम गर्न सकिनेछ । बैक तथा वित्तीय क्षेत्र वा शेयर बजारमा गरिने लगानीबाट आम्दानी हुनेछ । अध्ययनकै सवालमा यात्राको योग बन्नेछ ।
  • वृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) बिद्या तथा प्रतिस्पर्धामा प्रतिस्पर्धीहरूलाई हराउँदै अगाडी बढ्न सकिनेछ । माया प्रेममा सामिप्यता बढ्नेछ भने पति पत्नी बिच मायाको डोरो कसिलो भएर जानेछ । साथीभाइ सँगको रमाइलो बसाइँमा स्वादिष्ट भोजनका साथ समय व्यातित गर्न सकिनेछ । व्यापार व्यापार फस्टाएर जाने हुनाले थप लगानी गर्ने वातावरण बनेर जानेछ । कार्यक्षेत्रमा तपाईँको निर्णयको उच्च सम्मान गरिनेछ भने विशिष्ट व्यक्ति मार्फत सम्मान पाउने योग रहेको छ । कुटुम्बसँग मिलेर गरिने व्यापार व्यवसाय फस्टाएर जानेछ ।
  • मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) नयाँ प्रविधिको प्रयोग गरी व्यापारलाई बिस्तार गर्न सकिनेछ । पढाइ लेखाइमा सुधार भएर जानेछ भने मेहनतले गन्तव्य पहिल्याउन सहज हुनेछ । प्रेममा एक अर्कालाई बुझ्ने अवसर प्राप्त हुनेछ । नयाँ कामको खोजी गर्नेहरूले नोकरीमा प्रवेश तथा पदोन्नतिको प्रशस्त सम्भावना रहेको छ । राजनीति तथा समाजसेवामा समय लगानी गर्नेहरूले समयको सूक्ष्म व्यवस्थापन गर्न सके मान सम्मान तथा प्रतिष्ठा कमाउने समय रहेको छ ।
  • कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) समय राम्रो रहेकोले विदेशी सामानको व्यापारमा उल्लेख्य वृद्धि हुनेछ । स्वास्थ्य सामाग्री तथा औषधीजन्य व्यापारबाट लाभ लिन सकिनेछ । काम वा अध्ययनको सवालमा लामो दुरीको यात्रा हुने योग रहेको छ । विदेशी भाषा तथा परराष्ट्र सम्बन्धी कामबाट मनग्गे आम्दानी हुनेछ । आर्थिक क्षेत्र तथा पुँजी बजारमा लगानी गरी आम्दानी गर्न सकिनेछ । तर पनि गैर न्यायिक काम नगर्नुहोला दण्ड वा जरिवाना तिर्नुपर्ने हुनसक्छ ।
  • सिंह(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) घर परिवार तथा समाजमा तारिफयोग्य काम गरी नाम तथा दाम दुवै कमाउन सकिनेछ । व्यापार व्यवसाय फस्टाएर जानेछ भने आए आर्जनका स्रोतहरू फराकिला हुनेछन् । खनिज पदार्थ तथा तरल पदार्थको व्यापार व्यवसाय फस्टाएर जानेछ । पढाइ लेखाइमा भनेजस्तो नतिजा हात पार्न सकिने हुँदा स्कुल कलेजमा शिक्षक तथा आफन्तहरू खुसी हुनेछन् । नयाँ प्रेम प्रस्ताव आउनेछ ।
  • कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) सम्मानित काम गरी सबैको मन जित्न सकिनेछ भने व्यापार व्यवसायमा प्रशस्त आम्दानी गर्न सकिनेछ । नयाँ काम पाउने तथा गरिरहेको काममा बढुवा हुने योग रहेको छ । पारिवारिक माहौलमा भेला भई मिष्टान्न भोजन ग्रहण गर्न सकिनेछ । परिवारजनको सहयोगले महत्त्वपूर्ण कामहरू बन्ने हुनाले आर्थिक अवस्था सुदृढ हुनेछ । पढाइ लेखाइमा प्रतिस्पर्धीहरूभन्दा निकै नै अगाडी बढी पुरस्कार तथा प्रशंसा पत्र जित्न सकिनेछ ।
  • तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) नयाँ जिम्मेवारी प्राप्त हुनेछ भने सफलतापूर्वक जिम्मेवारी सम्पादन गर्न सकिने हुनाले नाम तथा दाम दुवै कमाउन सकिनेछ । साथीभाइ तथा आफन्तका साथ रमाइलो वातावरणमा दिन बित्नेछ । पढाइ लेखाइमा मन जाने हुनाले प्रतिस्पर्धीमा अरूभन्दा अग्र स्थानमा तपाईंको नाम आउनेछ । सरकारी क्षेत्रमा तपाईंको गतिलो उपस्थितिले समाजमा छुट्टै पहिचान बनाउन सकिनेछ ।
  • वृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) आफन्तको सहयोगले राम्रा काम गर्न सकिनेछ । अध्ययनमा मन जाने तथा भनेजस्तो नतिजा हात पार्न सकिनेछ । व्यापार व्यवसायमा वृद्धि हुनेछ भने आम्दानीका नयाँ नयाँ स्रोतहरू फेला पार्न सकिनेछ । नसोचेको धन तथा सम्पत्ति हात लागी हुने योग रहेको छ । बोलीको प्रभाव बढ्ने हुनाले बोलेरै मनग्गे धन आर्जन गर्न सकिनेछ । लामो दुरीको यात्रा हुने योग रहेको छ ।
  • धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)  व्यवसाय फस्टाएर जानेछ भने व्यापारकै सिलसिलामा यात्रा हुनेछ । पर्यटन तथा यात्रासँग सम्बन्धित क्षेत्रमा लगानी गर्दा मनग्गे लाभ मिल्नेछ । भौतिक सम्पत्तिको भरपुर प्रयोग मार्फत आम्दानी बढाउन सकिनेछ भने अरूको मन आफूतिर आकर्षित गर्न सकिनेछ । साझेदारी व्यवसायबाट मनग्गे लाभ लिन सकिनेछ । प्रेममा रमाउन चाहने जोडीहरूका लागी समयले साथ दिनेछ।
  • मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) रमाइलो यात्रा हुनेछ भने आफन्त तथा शुभचिन्तकसँगको भेटले उत्साह जगाउनेछ । प्रणय सम्बन्धमा विश्वास बढेर जाने तथा विवाह मार्फत सम्बन्धलाई लामो समय सम्म टिकाउन सकिनेछ । विवाद तथा प्रतिस्पर्धामा विपक्षहरूलाई हराउँदै अगाडी बढ्न सकिनेछ । रोग,ऋण तथा शत्रुबाट छुटकारा पाइनेछ । काम वा अध्ययनमा प्रविधिको प्रयोग दैनिकी सहज बनाउन सकिनेछ ।
  • कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) मेहनतले प्रतिष्ठित काम गर्ने अवसर जुराउनेछ । पढाइ लेखाइमा उत्कृष्ट नतिजाका साथ तपाईँको नाम एक कदम अगाडी आउनेछ । सन्तान तथा छोराछोरीले प्रगति गर्ने हुनाले मन प्रसन्न रहनेछ । बैङ्किङ क्षेत्रमा गरेको लगानीबाट भनेजस्तो आम्दानी हुनेछ । माया प्रेमको गाँठो कसिलो भएर जानेछ भने जीवन साथीले तपाईँको काममा सहयोग गर्ने हुँदा समयमा नै काम सकाउन सकिनेछ ।
  • मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) समय राम्रो रहेकोले अध्ययनमा मन जाने तथा शैक्षिक क्षेत्रमा राम्रो प्रगति गर्न सकिनेछ । व्यापार व्यवसाय फस्टाएर जाने हुनाले आर्थिक रूपमा सम्पन्न हुन सकिनेछ । कृषि तथा पशुपालन व्यवसायलाई समय सापेक्ष आधुनिकीकरण गरी भनेजस्तो आम्दानी गर्न सकिनेछ । माया प्रेममा रमाउन चाहनेहरूका लागि समयले साथ दिनेछ भने जीवन साथीको सहयोग रहनेछ ।

तपाईँको दिन शुभ रहोस् ।

गोलबजार नगरपालिकाबाटै करदाता सेवा शुरु

सिरहाको गोलबजार नगरपालिकाबाटै प्यान तथा भ्याट दर्ता लगा ...

औरहीबाट फेक टिकटक आईडीमा अश्लील सामग्री प्रसारण गर

सामाजिक सञ्जाल टिकटकमा फेक आईडी बनाएर गाउँकै व्यक्तिहरू ...

सिरहामा हवाई फायर गरेर लागुऔषध कारोबारी पक्राउ

सिरहामा प्रहरीले हवाई फायर गरेर लागुऔषध कारोबारीलाई पक् ...

कार्तिक १२ गते बिहीबार ,यस्तो छ तपाईंको राशिफल

वि.सं.२०८३ साल कार्तिक १२ गते । बिहीबार । ईश्वी सन् २०२ ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब