औरहीबाट फेक टिकटक आईडीमा अश्लील सामग्री प्रसारण गरेको आरोपमा युवक पक्राउ

  • कार्तिक १४, २०८३ | १०७ पटक पढिएको | सीमा संदेश
alt

सामाजिक सञ्जाल टिकटकमा फेक आईडी बनाएर गाउँकै व्यक्तिहरूको फोटो तथा भिडियो अश्लील गीतमा जोडेर प्रसारण गरेको आरोपमा सिरहामा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा औरही गाउँपालिका–३ पिपरा टोलका २३ वर्षीय सञ्जयकुमार यादव रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार परिवारका सदस्य तथा अन्य व्यक्तिहरूको फोटो प्रयोग गरी नक्कली टिकटक आईडी बनाइएको थियो । उक्त आईडीबाट अश्लील गीतमा फोटो तथा भिडियो जोडेर सामाजिक सञ्जालमा प्रसारण गरी चरित्रहत्या गर्नुका साथै व्यक्तिगत गोपनीयतामा आघात पुर्‍याइएको भन्दै पीडितले प्रहरीमा जाहेरी दिएपछि उनलाई पक्राउ गरिएको हो ।

जाहेरीका आधारमा अनुसन्धान अघि बढाउने क्रममा कात्तिक ११ गते बिहान यादवलाई पक्राउ गरेको प्रहरीको भनाई छ ।

प्रहरी प्रवक्ता एवं डिएसपी रमेश बहादुर पालका अनुसार प्रारम्भिक सोधपुछका क्रममा यादवले आफ्नै मोबाइलबाट उक्त फेक टिकटक आईडी बनाई फोटो तथा भिडियोहरू अश्लील गीतमा जोडेर प्रसारण गरेको स्वीकार गरेका छन् । उनलाई साइबर अपराधसम्बन्धी कसुरमा नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय सिरहामा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

गोलबजार नगरपालिकाबाटै करदाता सेवा शुरु

सिरहाको गोलबजार नगरपालिकाबाटै प्यान तथा भ्याट दर्ता लगा ...

कार्तिक १३ गते शुक्रबार ,यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल कार्तिक १३ गते । शुक्रब ...

सिरहामा हवाई फायर गरेर लागुऔषध कारोबारी पक्राउ

सिरहामा प्रहरीले हवाई फायर गरेर लागुऔषध कारोबारीलाई पक् ...

कार्तिक १२ गते बिहीबार ,यस्तो छ तपाईंको राशिफल

वि.सं.२०८३ साल कार्तिक १२ गते । बिहीबार । ईश्वी सन् २०२ ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब