रुस–युक्रेन युद्ध अन्त्य हुँदै छ ?

  • कार्तिक १९, २०८३ | ८५ पटक पढिएको | सीमा संदेश
alt

रुस र युक्रेनबीच जारी युद्ध अन्त्य गर्ने कूटनीतिक प्रयास तीव्र पारिएको छ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बुधबार युक्रेन, अमेरिका र रुसका अधिकारीहरूबीच एक साताभित्र त्रिपक्षीय वार्ता हुन सक्ने बताएका छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत स्टिभ विटकफ र जेरेड कुशनरसँगको भेटपछि जेलेन्स्कीले यस्तो जानकारी दिएका हुन् । दुवै अमेरिकी प्रतिनिधिसँग करिब डेढ घण्टा विस्तृत छलफल भएको उनले बताएका छन् ।

एक साताभित्र त्रिपक्षीय वार्ताको तयारी
सामाजिक सञ्जाल एक्समार्फत जानकारी दिँदै जेलेन्स्कीले युक्रेन, अमेरिका र रुसका प्रतिनिधिमण्डलबीच त्रिपक्षीय वार्ताको तयारी भइरहेको बताएका छन् । उक्त वार्ता एक साताभन्दा कम समयभित्र हुन सक्ने उनको भनाइ छ ।

ब्रसेल्समा युक्रेनको पुनर्निर्माणबारे छलफल
जेलेन्स्कीका अनुसार ब्रसेल्समा युक्रेनको युद्धपछिको पुनर्निर्माणबारे पनि महत्त्वपूर्ण बैठक भएको छ । बैठकमा युक्रेन, अमेरिका, युरोपेली संघ (ईयू), फ्रान्स, बेलायत, जर्मनी, नेटो, विश्व बैंक र अन्तर्राष्ट्रिय व्यावसायिक क्षेत्रका प्रतिनिधि सहभागी थिए ।

उनले शुक्रबार ब्रसेल्समा अर्को बैठक प्रस्ताव गरिएको जानकारी दिँदै त्यसमा युक्रेनको सुरक्षा प्रत्याभूतिसम्बन्धी विषयमा छलफल हुने बताए ।

युद्ध अन्त्यका लागि कूटनीतिक प्रयास तीव्र बनाउनुपर्नेमा जोड दिँदै जेलेन्स्कीले युक्रेन वार्तामार्फत समाधान खोज्न तयार रहेको र आफ्ना प्रस्ताव अमेरिकी पक्षलाई स्पष्ट रूपमा प्रस्तुत गरिसकेको बताएका छन् ।

प्याट्रियट मिसाइल प्रणालीका इन्टरसेप्टर आवश्यक
जेलेन्स्कीले अमेरिकासँगको छलफलमा हवाई सुरक्षालाई प्रमुख प्राथमिकताका रूपमा उठाएका छन् । रुसी आक्रमणबाट नागरिकको ज्यान जोगाउन प्याट्रियट हवाई रक्षा प्रणालीका इन्टरसेप्टर मिसाइल तत्काल आवश्यक रहेको उनले बताएका छन् ।

उनले अमेरिकासँग द्विपक्षीय सहकार्य निरन्तर अघि बढाउने र प्रस्तावित ड्रोन सम्झौताअन्तर्गत सहयोग विस्तार गर्ने विषयमा पनि जोड दिएका छन् । युक्रेनको सार्वभौमिकता र कूटनीतिक प्रयासमा अमेरिकी समर्थनप्रति उनले आभार व्यक्त गरेका छन् ।

युद्ध अन्त्यसँगै त्यसपछि युक्रेनको सुरक्षा सुनिश्चित गर्ने बलियो प्रत्याभूति आवश्यक रहेको उनको भनाइ छ ।

यद्यपी, कूटनीतिक प्रयास भइरहँदा युक्रेनका विभिन्न क्षेत्रमा रुसी आक्रमण जारी छ । नोभेम्बर ३ मा राष्ट्रपति जेलेन्स्कीले रुसी सेनाले रातभर गरेको ठूलो आक्रमणमा कम्तीमा २९ जनाको मृत्यु भएको र दर्जनौँ घाइते भएको दाबी गरेका थिए ।

उनका अनुसार रुसी सेनाले २८९ आक्रमणकारी ड्रोन, १७ ब्यालिस्टिक मिसाइल र ५९ क्रुज मिसाइल प्रहार गरेको थियो । आक्रमणको मुख्य निशाना ऊर्जा पूर्वाधार थिए । विद्युत् उत्पादन केन्द्र र सबस्टेसनमा समेत क्षति पुगेको थियो ।

यसअघि अमेरिकी विशेष दूत स्टिभ विटकफले वासिङ्टनले रुस र युक्रेनबीच अधिकारीस्तरको वार्ता गराउन मध्यस्थता गर्ने बताएका थिए । त्यसका लागि नोभेम्बर १० र ११ मा संयुक्त अरब इमिरेट्सको आबुधाबीमा वार्ता गर्ने प्रस्ताव अघि सारिएको छ ।

प्रस्तावित वार्तामा युद्धपछिको सुरक्षा व्यवस्था, तनाव न्यूनीकरण, मानवीय सहायता र शान्ति सम्झौताका लागि चाल्नुपर्ने कदमबारे छलफल हुने अपेक्षा गरिएको छ ।

यद्यपि, त्रिपक्षीय वार्ताको तयारी र आबुधाबीमा प्रस्तावित बैठकले युद्ध अन्त्य गर्ने ठोस सहमति जुटाउने निश्चित भइसकेको छैन । एएनआई

सिरहाबाट जुवातास खेलिरहेको अवस्थामा एक भारतीयसहित

जुवातास खेलिरहेको अवस्थामा जिल्ला सदरमुकाम सिराहास्थित ...

पदभार ग्रहण गर्दै मुख्यमन्त्री यादवले भने–मधेशमा स

मधेशका मुख्यमन्त्री सरोजकुमार यादवले पद तथा गोपनीयताको ...

मंसिर ७ गते सोमबार, यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल मंसिर ७ गते । सोमबार । ...

पिडीतलाई गालीगलैज गर्ने प्रहरीलाई कारवाही

पिडीतलाई गाली गलौज गर्ने प्रहरी अधिकारीमाथि कारवाही प्र ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब