सिरहामा डेढ लाख मूल्यका पटाका नष्ट

  • कार्तिक २१, २०८३ | १५० पटक पढिएको | सीमा संदेश
alt

सिरहा प्रहरीले विभिन्न समयमा बरामद गरेका करिब डेढ लाख रुपैयाँ मूल्य बराबरका पटाकाजन्य पदार्थ नष्ट गरेको छ।

जिल्ला प्रहरी कार्यालय सिरहा तथा मातहतका प्रहरी कार्यालयहरूले विभिन्न समयमा गरेको कारबाहीका क्रममा नियन्त्रणमा लिएका पटाकाजन्य पदार्थ नष्ट गरेको जनाएको छ । प्रहरीका अनुसार करिब १ लाख ५० हजार रुपैयाँ मूल्य बराबरका पटाकाजन्य सामग्री सिरहा नगरपालिका–६ स्थित कमला नदीको किनारमा खाल्डो खनेर पुरिएको हो।

स्थानीयवासी तथा पत्रकारहरूको रोहवरमा बरामद पटाकाजन्य पदार्थ नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ। चाडपर्वका समयमा पटाकाको अवैध ओसारपसार, बिक्री वितरण तथा प्रयोगबाट आगलागी र दुर्घटनाको जोखिम बढ्ने भएकाले प्रहरीले यस्ता गतिविधि नियन्त्रणका लागि निगरानी र कारबाही गर्दै आएको जनाएको छ ।

सिरहाबाट जुवातास खेलिरहेको अवस्थामा एक भारतीयसहित

जुवातास खेलिरहेको अवस्थामा जिल्ला सदरमुकाम सिराहास्थित ...

पदभार ग्रहण गर्दै मुख्यमन्त्री यादवले भने–मधेशमा स

मधेशका मुख्यमन्त्री सरोजकुमार यादवले पद तथा गोपनीयताको ...

मंसिर ७ गते सोमबार, यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल मंसिर ७ गते । सोमबार । ...

पिडीतलाई गालीगलैज गर्ने प्रहरीलाई कारवाही

पिडीतलाई गाली गलौज गर्ने प्रहरी अधिकारीमाथि कारवाही प्र ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब