गोलबजार व्यापार संघको निर्वाचनमा दलिय प्रतिस्पर्धा

  • कार्तिक २५, २०८३ | १६५ पटक पढिएको | सीमा संदेश
alt

गोलबजार । आगामी मंसिर ४ गतको लागि घोषण  भएको गोलबजार व्यापार संघको निर्वाचनमा दलिय प्रतिस्पर्धा हुने भएको छ । संघमा उम्मेदवार घोषण गरेकाहरुले दलिय नेताहरुसँग अशिरवाद लिई मनोनय दर्ता गारउने तयारीमा जुटेको छ ।  व्यापार संघको निर्वाचन दलिय परिक्षा पनि हुने नगरवासीहरुका भनाई छन् ।

नेपाली कम्यूनिष्ट पार्टी लगायतको समर्थनमा महेश साह सुडी (कोक्वा) नेतृत्वमा प्यानलले उम्मेदवारी घोषणा गरेका छन्। उम्मेद्वार मनोनय दर्ताको अघिल्लो दिन आज (मंगलबार) राष्ट्रिय स्वतन्त्र पार्टीले तामझामकासाथ राकेश गुप्तालाई अध्यक्षका उम्मेदवारको रुपमा अगाडी सारेको छ। 

राकेश  गुप्ताले दुई कार्यकाल कार्यसमितिमा बसेर कामगरिसेकाले आफू पुनः व्यापार संघमा नजाने भन्दै आएका थिए। उनी स्थानीय तहको निर्वाचनमा भागलिने गरी तयारी गरिरहेको चर्चा चलिरहेकाले पनि उनी व्यापार संघमा नआउने धेरै व्यसायीहरुले आकलन गरेका थिए। 

तर, मंगलवार एक्कासी प्रतिनीधि सभाका सदस्य द्वय पुरुषोत्तम यादव र शिव यादवसहितका समूहले गुप्तालाई टिका खादा लगाएर व्यापार संघको अध्यक्ष पदको उम्मेद्वाको रुपमा अघि सारेको छ। पार्टीका नेता उपस्थित भएर गुप्तालाई अध्यक्ष पदमा अघि सारेसँगै गोलबजार व्यापार संघको चुनावले दलिय रङ्ग समाएको छ।  
उनीले यसअघि व्यापार संघलाई पार्टीभन्दा माथि स्वतन्त्र, निश्पक्ष र व्यवसायीहरुको साझा संगठन बनाउनु पर्छ भन्ने वकालत गर्दै आएका थिए। अहिले दलको ‘टिका’लागिसक्दा पनि आफू स्वतन्त्र उम्मेदवार भएको दावी गरिहेका छन्।

‘पार्टीको दवाव भन्दा पनि गोलबजारका समग्र व्यवसायीहरुको दवावपछिमात्र अन्तिम समयमा आएर उम्मेद्वारीको लागि राजी भएको हुँ,’ गुप्ताले भने, ‘म व्यापार संघको चुनावमा भागलिने मनसायमै थिइँन, सम्पूर्ण व्यवसायीहरुको अनुरोधपूर्ण दवावपछिमात्र उम्मेदवार हुन तयार भएको हुँ, यसमा पार्टीको संलग्नता छैन, होइन।’

गोलबजारको परिचय फराकीलो बनाउन पनि नयाँ र सक्षम नेतृत्वको आवश्यक रहेकोले गोलबजारका व्यवसायीले उम्मेद्वारीको लागि दवाव बढाएको जिकिर गरे।  तपाईं दुई–दुई कार्यकाल कार्यसमिति त्यसमा पनि पदाधिकारी भएको मान्छे कसरी नयाँ हुनुभयो भयो? भन्ने प्रश्नमा उनले भने, ‘म प्रमुख पदमा नभएकाले भने जस्तो गर्न सकिएन, अव व्यसायीहरुले मौका दियोभने अवश्य नयाँ केही गरिन्छ।’ उनले पार्टीका नेता तथा प्रतिनिधीसभा सदस्यहरु हामीलाई समग्र व्यसायीलाई समेटेर अगाडी बढ्नभनेर सल्लह दिन आएको जिकिर गरे। 

महेश साह सुडीले भने आफू सर्वसम्मत उम्मेदवार भएको दावी गरे। उनले भने, ‘म सर्वसम्मत  उम्मेदवार हुँ, हिजो सम्म धेरैले मेरै समर्थन गरिहनु भएको थियो। आज एक्कासी साथीहरु किन फेरीनु भएको हो मलाई थाहा भएन, तर अझै पनि साथीहरु मिलाउने प्रयासमा हुनुहुन्छ। चुनावसम्म सवै मिल्छ होला।’  मंसिर ४ गतेलाई तोकिएको निर्वाचनमा आज बुधबार उम्मेदवार मनोनय दर्ता हुने मिति तय गरेको छ।

271b5504-d80b-464d-82bf-0114d700d092

कमलामा अद्भूत देव मेला : धर्मसंस्कृतिप्रतिको आस्थ

विज्ञान र प्रविधिको  आधुनिक युगमा भूतप्रेत, धामीझा ...

अयोध्याबाट गुडेको रेल जनकपुर आइपुग्यो

भारतको यूपीस्थित अयोध्याबाट सोमबार दिउँसो छुटेको सरयू क ...

लोकसेवा तयारी कक्षाका लागि सरकारले खोल्यो आवेदन, छ

सरकारले लोकसेवा तयारी कक्षा नि:शुल्क पढाउनका लागि आवेदन ...

मंसिर ८ गते मंगलबार, यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल मंसिर ८ गते । मंगलबार । ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब