खाल्डो लुकाइएको २३१ किलोभन्दा बढी गाँजा बरामद

  • कार्तिक २६, २०८३ | १४२ पटक पढिएको | सीमा संदेश
alt

सिरहा । सप्तरीको बलान बिहुल गाउँपालिका–४ स्थित बलान खोलामा खाल्डो खनेर लुकाइएको २३१ किलो ८०० ग्राम गाँजा प्रहरीले बरामद गरेको छ ।

सिरहा र सप्तरी जिल्लाको सिमानामा पर्ने बलान खोलाको बीचमा गाँजा लुकाइएको विशेष सूचना पाएपछि प्रहरीले आज राति करिब १ बजे खानतलासी गरेको थियो । सो क्रममा खाल्डोमा लुकाएर राखिएको गाँजाजस्तो देखिने पदार्थ फेला परेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

प्रहरीका अनुसार गाँजा लुकाइएको स्थानमा कुनै पनि व्यक्ति फेला परेका छैनन् । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

सिरहाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक वासुदेव पाठकका अनुसार जिल्लाका विभिन्न नदी तथा खोलाको बाटो प्रयोग गरी गाँजा भारततर्फ तस्करी गर्ने गरेको पाइएको छ ।

नदी तथा खोलाका दुर्गम क्षेत्रलाई तस्करहरूले लागूऔषध ओसारपसारको माध्यम बनाउँदै आएको प्रहरीको भनाइ छ । यस्ता गतिविधि नियन्त्रण गर्न निगरानी र अनुसन्धानलाई तीव्र बनाइएको प्रहरीले जनाएको छ ।

सिरहाबाट जुवातास खेलिरहेको अवस्थामा एक भारतीयसहित

जुवातास खेलिरहेको अवस्थामा जिल्ला सदरमुकाम सिराहास्थित ...

पदभार ग्रहण गर्दै मुख्यमन्त्री यादवले भने–मधेशमा स

मधेशका मुख्यमन्त्री सरोजकुमार यादवले पद तथा गोपनीयताको ...

मंसिर ७ गते सोमबार, यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल मंसिर ७ गते । सोमबार । ...

पिडीतलाई गालीगलैज गर्ने प्रहरीलाई कारवाही

पिडीतलाई गाली गलौज गर्ने प्रहरी अधिकारीमाथि कारवाही प्र ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब